Friday, July 05, 2019

देवीका विरोधाभास


देवीका विरोधाभास
२०७५ चैत १६ शनिबार ०७:३९:०० | काठमाडाैं
देवी संवाद १
नवजातिको विकासक्रममा सबैभन्दा पहिलो तथा महत्वपूर्ण मानिने अनुकूलन ‘हन्टर–ग्यादरर’ अवधारणाको विस्तृत अध्ययन गर्दै जाँदा थाहा लाग्छ– यसका विविध आयामले महिलालाई जीवनको मात्र होइन, ज्ञानको पनि जननीका रूपमा उभ्याएको छ अन्य जनावरका भाले–पोथी दुवै सिकारका लागि जान्थे मानव मात्रै यस्तो प्रजाति हो, जसका पुरुष समकक्षी मात्र सिकार खेल्न जान्थे, महिला समकक्षी घरमै बस्थे 
जैविक विकास–सिद्धान्त अध्ययन गर्दा थाहा हुन्छ– मानव शरीरको विकास हुँदै  जाने क्रममा यस प्रजातिको कोखको आकार पनि सीधा हुँदै गयो मानवको कोख सीधा भएपछि जन्मिएका बच्चाका ३० प्रतिशत तन्त्र–कोषिकामा क्षति पुग्यो मानिसका बच्चालाई कुद्न, चल्न समय लाग्छ तर, अन्य पशुका बच्चा जन्मनेबित्तिकै कुद्ने, चल्न थाल्छन् बच्चाका तन्त्र–कोषिकामा क्षति भएर त्यस्तो भएको हो बच्चाको हेरचाह अत्यावश्यक भएकाले महिला घरमै बसेका हुन् 
आफ्ना बालबच्चाले व्यक्त गर्न खोजेका कुरा बुझ्न  र त्यसैअनुसार अअन्तर्क्रिया गर्ने क्रममा भाषाको उत्पत्ति भएको भनेर धेरै विद्वान्ले उल्लेख गरेका छन् दिनभरि सिकार गरेर बेलुका घर फर्केका आप्mना परिवारजनका उपचारका लागि मानिस आफू  वरपर सजिलै पाइने झारपात प्रयोग गर्थे हर्बल उपचार पद्धति त्यहीँबाट सुरु भएको हो  मातृत्वले भाषा जन्मायो, परिवारको मायाले औषधोपचार विधि त्यसैले हिन्दु परम्परामा देवीलाई उच्च स्थानमा राखिने चलनले मलाई अचम्भित तुल्याउँदैन 

दक्षिण एसियाली सभ्यताले देव होइन, देवीलाई विद्याकी खानीका रूपमा चित्रित गर्नुको कारण हुन सक्छ– परिवारमा बच्चाले आमाबाटै धेरै कुरा सिक्नु! त्यसैगरी सरस्वतीलाई विद्याकी देवी भनी पूजा गरिन्छ यो प्राकृतिक चेतनाले उत्पन्न गराएको सांस्कृतिक चेतना हो प्रकृति नैतिक प्रशिक्षण, धैर्य, संवेदनाका पाठ सिकाउने पहिलो गुरुआमा हुन् ‘हन्टर–ग्यादरर’कै अवधारणा हेर्ने हो भने पुरुषपक्ष सिकार खेल्न जाँदा बच्चासँग नजिक हुने भनेका तिनका आमा हुन्
०००
मैले आफ्नो पुस्तक ‘गडेसेज् अफ काठमान्डु भ्यालीः ग्रेस, रेज, नलेज’मा देवी स्थापना परम्परालाई पारिस्थितिक तथा नारीवादी दृष्टिकोणबाट केलाएको छु पुस्तक हेर्दा कट्टर धार्मिक पक्षको वकालत गरेजस्तो देखिन्छ तर वास्तविकता फरक पारिस्थितिक नारीवादी चेतनाले समाजले देवीलाई हेर्ने दृष्टिकोणमा के–कस्ता प्रत्यक्ष–परोक्ष प्रभाव पर्छ भन्ने विषयमा पुस्तक केन्द्रित छ देवी परम्परालाई विश्वका अन्य स्थानमा कसरी हेरिन्छ त्यो दक्षिण एसियाका तुलनामा के–कति कारणले भिन्न भनी प्रस्तुत गर्ने जमर्को हो, ‘गडेसेज् अफ काठमान्डु’ देवीहरूलाई लिएर राष्ट्रियता तथा जातीयताका डिस्कोर्समाथि पनि किताबमा र्चा गरिएको छ 
यस पुस्तकको सिक्वेलका रूपमा आउन लागेको मेरो अर्को पुस्तकमा मैले तीन देवीका प्रसंग उठाएको छु– बाराही, मातृका तथा महाविद्या देवी काठमाडौंका विभिन्न दिशामा वाराहीका पीठ तथा मन्दिर छन् उनलाई काठमाडाैंकी रक्षकका रूपमा चित्रण गर्ने गरिन्छ भक्तपुरका सन्दर्भमा हेर्ने हो भने त्यहाँ चारै दिशामा वृत्ताकार परिधिमा वाराही देवीका पीठ छन् त्यसभित्रको वृत्तमा तीनै पीठका मन्दिर छन् यी सबका बीचमा त्रिपुरा सुन्दरी तथा दश महाविद्याको मन्दिर  
सहर बुझ्न  मिथक र वास्तुकलाको अध्ययन आवश्यक छ वास्तुकलाले हाम्रा सीप देखाउँछन् भने तीसँग सम्बन्धित मिथकले हाम्रा संस्कृति तथा सभ्यताको आधार यसले सहरका मानिसको देवीप्रतिको झुकाव बुझ्न  मात्र मद्दत गर्दैन, हाम्रो संस्कृति कति विकसित छ भनी जान्नसमेत सहयोग गर्छ वाराही मातृकामध्येकी एक हुन् कला, सौन्दर्यशास्त्र, नाट्यशास्त्र अदिका सन्दर्भमा सबैले सम्झने भनेकै मातृकाहरूलाई हो
नेपालमा बसोवास गर्ने हिन्दू तथा बौद्ध धर्मावलम्बीहरू मातृकालाई आफ्ना  रक्षकका रूपमा पनि पूजा गर्छन् अष्टमातृकाका विभिन्न पीठ तथा मन्दिर काठमाडौैं उपत्यकामा मात्र नभएर बाहिर पनि बनाइएका छन् भक्तपुरको बाहिरी वृत्तका आठ दिशामा यिनका प्रतिमा स्थापित छन् आठवटै दिशाबाट यिनले भक्तपुरको संरक्षण गरिरहेको मानि“दै आएको दिक्पाल, लोकपाल तथा क्षेत्रपालका रूपमा यिनलाई हेरिने गरेको छ अर्काथरी हुन्, दश महाविद्या देवी मैले अध्ययन गरिरहेका ी तीनै प्रकारका देवी एकअर्कासँग सम्बन्धित छन् उपत्यकामा विद्याकी देवीको पूजा गर्ने परम्परा सयाैँ वर्षअघिदेखिको हो, जुन सभ्यताले विद्याकी देवीलाई यति सम्मान दिन्छ, त्यो सभ्यता कति विकसित छ भनी त्यहीँबाट थाहा हुन्छ 
सरस्वती मात्र विद्याकी देवी होइनन् ो विषय हामीले बुझ्न जरुरी छ त्यसो दश महाविद्या मात्र पनि होइनन् अन्य पनि छन् तर, हामीले सरस्वती मात्र देख्यौँ यी सबैले थरीथरीका ज्ञानको प्रतिनिधित्व गर्छन् सभ्यताका क्रमागत उन्नतिको इतिहास हेर्ने हो भने धेरैजसो परम्परामा देवभन्दा देवी नै हाबी न् विद्याका देवीको अध्ययन गर्दै जाने क्रममा मैले धेरै विषय थाहा पाएँ बगलामुखीको अनुहार सारसको जस्तो तर, उनी विद्याकी देवी हुन् जनावर वा चराकोजस्तो अनुहार भएकी देवीलाई किन विद्याकी देवीका रूपमा पूजा गर्ने ? यस्तो प्रश्न मेरा मनमा नआएको होइन
सहर बुझ्न मिथक र वास्तुकलाको अध्ययन आवश्यक छ । वास्तुकलाले हाम्रा सीप देखाउँछन् भने तीसँग सम्बन्धित मिथकले हाम्रा संस्कृति तथा सभ्यताको आधार । यसले सहरका मानिसको देवीप्रतिको झुकाव बुझ्न मात्र मद्दत गर्दैन, हाम्रो संस्कृति कति विकसित छ भनी जान्नसमेत सहयोग गर्छ ।
यसलाई नारीवादी चेतनासँग दाँजेर हेर्न सकिन्छ कसैको पूजा उनको रूप राम्रो हुँदैमा गरिने होइन त्यसो राम्रो नराम्रो भन्ने दृष्टिकोण पनि व्यक्तिपिच्छे फरक पर्ने कुरा हुन् सारसको जस्तो अनुहार हुनुले हाम्रो पारिस्थितिक चेतना कति उच्च भन्ने पनि देखाउँ विद्याकी देवीको अध्ययन गर्दा मैले यही ‘लिबरल इकोलोजिकल थट’ अध्ययन गरेको हुँ सामान्यतया सबैले सुन्दर भनी परिभाषित गर्ने देवी प्रशस्त छन् तीबारे थुप्रैले थुप्रै कुरा लेखेका पनि छन् विद्याकी देवीबारे पनि लेखिएका छन् तर, तुलनात्मक हिसाबले ती कम छन् ‘तान्त्रिक भिजन्स अफ डिभाइन फेमिनिन’ मा डेभिड किंग्सलेले यस विषयको मूलसम्म पुग्ने प्रयत्न गरेका छन् 
तर, यति हुँदाहुँदै पनि हाम्रा संस्कृति र सभ्यतालाई रुढिवादी भन्ने मानिस नभएका होइनन् कोही राक्षसजस्ता कोही किरा–फट्याङ्ग्राजस्ता, कोही पशुजस्ता तथा त कोही के हो भनी निक्र्योल नै गर्न नसकिने प्राणीजस्ता कुरालाई हामी भगवान् भनी पुज्छौँ केही ठूला संस्थागत धर्मका अनुयायीले समेत यिनलाई कुरीति भन्ने गरेको पाइन्छ तर, यसलाई राम्ररी बुभ्mन सक्नेले हाम्रो चेतनाको स्तर पहिलेदेखि नै कति विकसित थियो भन्ने कुराको अनुमान सजिलै लगाउन सक्छ 
हामी वायु तथा आगोलाई सम्मान दिन्छौँ प्रकृतिका विभिन्न आयामको मान गर्छौँ ती विशेषतालाई चित्रण गरेर यदि कुनै संस्कृतिले त्यसको देवत्वकरण गर्नेसम्मको सम्मान दिन्छ भने त्यो धेरै विकसित संस्कृति हो यस्तो संस्कृतिले धेरै कुरा निकै गम्भीर रूपमा बुझेको हुन्छ हाम्रा संस्कृति तथा परम्परा निर्माण भएका जगमा समाज तथा प्रकृतिका विभिन्न आयाम छन् ती सबैलाई सम्मानका साथ हेरिएको यसलाई कसरी रुढिवादी भन्न मिल्छ ?
पूजापाठ गर्नु भनेको त्यस्ता चरित्रलाई सम्मान गर्नु हो तिनको ाम राख्नु भनेको तिनलाई कुनै मानक परिचय दिनु हो यो कुरा मलाई रोचक लाग्यो , थप अध्ययन गर्ने सोच लिएँ मेरो आगामी पुस्तक यिनकै अध्ययनमा केन्द्रित कतिका बारेमा हामी अझै  अनभिज्ञ छौँ यसमा थप अध्ययन आवश्यक देख्छु यी सबै पक्षलाई मिथकका रूपमा पनि चित्रित गरेको पाइन्छ
मिथकलाई कथाका रूपमा पनि बुझिन्छ, परम्पराका रूपमा पनि बुझिन्छ तिलस्मी वा पारालौकिक तत्वका रूपमा पनि बुझिन्छ त्यही मिथका कथा, घटना, चरित्र तथा देवीदेवतालाई जुन रूपमा अहिलेको समाजले हेरिरहेको छ, त्यसमा केही समस्या पनि देखा परेका छन् धेरैले मिथका कुरालाई इतिहाससमेत मान्ने गरेका छन् जस्तैः राम मिथक चरित्र हुन् केवल कथाका पात्र हुन् पुरातत्व शास्त्र वा इतिहासले उनको उपस्थिति सावित गर्दैन तर, समाज भने उनलाई एक आदर्श चरित्रका रूपमा हेर्ने गर्छ उनी साँच्चै जन्मेका थिए, उनको सुखी घरपरिवार थियो भनी धेरैले मान्ने पनि गरेका छन् सीता पनि मिथक मात्र हुन् तर, सीता साँच्चै थिइन् भनेर जब राजनीतिक डिस्कोर्स हुन्छन्, खास समस्या त्यहाँ देखापर्छ 
मिथकलाई इतिहासका रूपमा हेरिन्छ इतिहासलाई पनि मिथ बनाइन्छ बुद्ध ऐतिहासिक मान्छे हुन्, तर उनीबारे पनि मिथक बनाइएको छ जन्मनेबित्तिकै हिँड्न सुरु गरे, हिँड्नेबित्तिकै कमलका सात फूल  फुले भन्नेजस्ता मनगढन्ते किंवदन्ती निर्माण गरिन्छन् भारतमा त्यही समस्या भइरहेको राम भारतमा जन्मिएका हुन् उनका थुप्रै मन्दिर बनाउनुपर्छ भन्नेजस्ता कुरा हुन्छन् राम जन्मेको प्रमाण खोज्न जाँदा रिसाउँछन् केहीले आक्रमण नै पनि गर्छन् अन्तर्राष्ट्रिय तत्वको संज्ञासमेत दिन्छन् हामीले देवता भनी पूजा गर्ने चरित्रलाई इतिहासका रूपमा लिँदा कुनै समस्या छैन तर, इतिहासका पात्रका रूपमा लिँदा पनि एकदम ‘कन्क्रिट’ रूपमा चित्रण गर्दा त्यहाँ ‘मास्कुलिनिटी’को सिर्जना हुन्छ राम हनुमानलाई लिएर यी हाम्रा ‘मास्कुलिन’ भगवान् हुन्, यिनले गर्न नसक्ने केही पनि छैन, पहिले पनि गरेका थिए भन्दा त्यसले विवादको रूप पक्कै लिन्छ 
महाभारतका भीमका बारेमा पनि त्यस्तै कुरा छन् धार्मिक तथा काल्पनिक कुरालाई ऐतिहासिकीकरण गर्न नहुने होइन तर, कतिपय व्यक्ति त्यतिमा मात्र रोकिँदैनन् भारतमा यस्ता विमर्शले कहिलेकाहीँ आक्रामकताको बाटो समात्ने गरेको पनि देखिएको यस्ता समस्या नेपालमा भने त्यति स्पष्ट रूपले देखिइसकेका छैनन् ‘यी हाम्रा देवता हुन् यी देवता हाम्रो भूमिमा जन्मिएका थिए’ जस्ता कुरा सधैँ भइरहेकै हुन्छन् हुँदाहुँदा देवीदेवतालाई जातमा लगेर जोड्ने गरेको पनि पाइन्छ ‘यी तल्ला जातका देवता हुन्, हिन्दू मानक परम्परामा यिनको स्थान छैन, यी दलितका देवता हुन्’ भन्ने पनि छन् कुनै व्यक्तिविशेषले पूजा गर्ने देवताका आधारमा उसको जातीय वर्गीकरण गर्ने चलन पनि हाम्रो समाजमा व्याप्त छ यसले राष्ट्रियतालाई छोएको थियो नै, जातीयता पनि यसबाट अछुतो छैन देवतालाई लिएर ‘आइडेन्टिटी’ का कुरा अपाच्य भइरहेका वेला ‘एग्रेसन’ का समेत कुरा आउनु सानो समस्या होइन देवदेवीका कुरा गर्दा कला, मिथक र संस्कृतिको कुरा पनि गर्न सकिन्छ, समाजवादी विवेचना पनि गर्न सकिन्छ तर, यस्ता विमर्शमा सबै कुरा सकारात्मक नै आउँछन् भन्ने पनि छैन 
हामी चण्डीपाठको कुरा गरौँ दुर्गाले महिषासुर तथा अन्य राक्षसको संहार गरेको प्रसंग हामी सबैले सुनेका छौँ एउटा घटना यस्तो पनि छ— दुर्गाले असुरहरूसँग लड्दा एक आमा चरित्रको रूप धारण गरिन् ममताले जस्तोसुकै नकारात्मक शक्तिलाई पनि परास्त पार्न सक्छ भनी उनले चालेको यो कदम विफल भइदियो किनभने असुरहरू छलकपटयुक्त रणनीतिमा निकै सिद्धहस्त थिए यस कथालाई युद्धको रणनीतिका नमुनाका रूपमा पनि हेर्न आवश्यक जति गर्दा पनि नभएपछि दुर्गाले आप्mना शरीरबाट नकारात्मक शक्ति पैदा गरिन् मातृकालगायत विभिन्न प्रकारका देवी उनको शरीरबाट निस्किए केही रगत चुस्ने देवी थिए भने केहीले कंकाल धारण गरेका थि यसले ‘ल अफ सिमिलिया’ अर्थात् उस्ताउस्तैका नियमलाई जन्म दियो जस्तो आक्रमण, त्यस्तै प्रत्याक्रमण पनि हुने भयो महिषासुर तथा अन्य असुरको संहार देवीले यसरी गरेकी हुन् भन्ने पढ्न–सुन्नमा आउने गरेका छन्
यी देवीहरूसँग सकारात्मक पक्ष त थिए नै, नकारात्मक गुणको पनि कमी भने थिएन समाजले सजिलै पूजा तथा सम्मान नगर्ने भन्न पनि सक्थ्यो, थुप्रै आधार पनि थिए त्यसैले पनि हाम्रो परम्परा गजबको परम्पराका कोही सिर्जनाकार हुँदैनन् नकारात्मक ऊर्जाले समेत ओतप्रोत त्यस्ता देवीलाई कला तथा सौन्दर्यका देवीका रूपमा धेरैले सीमित राख्न खोजे कला साहित्यका विधामा यिनलाई उभ्याइयो भने मान्छेले एक प्रकारको सम्मान दिन्छन् भनेर यिनलाई त्यता ढालियो नकारात्मक ऊर्जाले सम्मान पाउनै हुँदैन भन्ने पनि होइन यस्तो ऊर्जाको अस्तित्व पनि सत्य नै हो 
महाविद्यामध्येकी एक छिन्नमस्तालाई नै हेरौँ उनका दुई सेवक डाकिनी वर्णिनीले एक दिन भोक लाग्यो भनी कराउँदा आफ्नै घाँटी काटेर त्यहाँबाट आएको रगत खान दिइन् उनका चित्र वा मूर्ति नै हेर्ने हो भने पनि उनले टाउको काटेको डाकिनी वर्णिनीले छेउमा बसी रगतको धार दुई दिशाबाट थापिरहेको देख्न सकिन्छ एकातिर अन्नपूर्णा देवी पनि छिन्, उनले खान दिन्छिन् यसले ज्ञानलाई वितरित ऊर्जाका रूपमा परिभाषित गर्न पनि सहयोग गर्छ
टाउको काटेर रगत निकाल्नमा मात्र छिन्नमस्तालाई आफूलाई सीमित राखेको देखिँदैन त्यस घटनापछि उनले शिवसँग सम्भोग गरेको बताइन्छ ुरुमा त उनले टाउको काटेर रगत दिइन्, शरीरका विकार निस्किएकाले असीम आनन्दको अनुभूति गरिन् अनि त्यही खुसीले उनलाई सम्भोग गर्नतर्फ  डो-यायो यौनक्रियालाई कसरी चरम सुखसँग दाँजेर हेर्ने गरिन्छ भन्ने प्रश्नको जवाफ छिन्नमस्ताको कथाले दिन्छ 
हामीमाझ परिचित अर्को उदाहरण हो, काठमाडौँका विभिन्न स्थानमा देखिने महाकालका मन्दिर तथा मूर्ति बज्रयोगिनीका पनि डरलाग्दा मूर्ति छन् तर, ती करुणाका पनि देवी हुन् महाकालको बिकराल मूर्तिमा पनि हात भने मुटुमा रहेको हुन्छ बिकरालभित्र त्रास मात्र होइन, सौन्दर्य पनि छ नेपालमा मात्र होइन, दक्षिण एसियाका अन्य राष्ट्रमा समेत बिकरालता र सौन्दर्य मिलेर बसेका छन् केही कुरा बिकराल हुँदाहुँदै पनि ज्ञान करुणाको प्रतिनिधित्व गर्छन् बिकराल हुँदैमा नराम्रो सुन्दर हुँदैमा केही कुरा राम्रो हुन्छ गलत धारणाका लागि यी कडा जवाफ हुन्। बिकराल रूपकी कालीलाई माताका रूपमा लिइन्छ, उनको पूजा गरिन्छ, उनको सम्मानमा विभिन्न चाडसमेत मनाइन्छ बिकरालमा सौन्दर्य सौन्दर्यमा बिकराल कसरी अन्तर्निहित भएर बसेका छन् भन्ने थाहा पाउन तन्त्र परम्पराको अध्ययन गर्नुपर्ने देखिन्छ त्यहीँबाट यसको जवाफ आउ“छ अहिले यसमा थप अध्ययन गर्दै छु
हाम्रा हजारौँ वर्ष पुराना योग र तन्त्रका परम्परा छन् यिनको अध्ययन गर्दा हिन्दू धर्मका मात्र होइन, बुद्ध धर्मका पनि देवीहरूबारे थाहा पाउन सकिन्छ हेर्दा डरलाग्दा देखिने देवीका हातमा पनि पुस्तक भने देखिन्छ यो समिश्रण तथा विरोधाभास निकै रोचक छ यसको कारण जान्न भने गहन अनुसन्धान नै गर्नुपर्छ केही केही कारण पक्कै छन् भन्ने थाहा तर किन छन् भन्नेमा अध्ययन गर्न खोजिरहेको छु सारसजस्तो अनुहार हुँदाहुँदै पनि विद्याकी देवी हुनु, सुँगुरजस्तो अनुहार भए पनि संरक्षण गर्ने सामथ्र्य राख्नुले नै यस विषयलाई रोचक बनाएका हुन् यी विरोधाभास नै नेपाली कला मिथका विशेषता हुन् 
कुराकानी : विभु लुइटेल 


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...