Wednesday, October 16, 2019

न्हू पोखरीको पुनर्निर्माण सुरु


न्हू पोखरीको पुनर्निर्माण सुरु
भाद्र १३, २०७६सीमा तामाङ
काठमाडौँ — पोखरी तथा ढुंगेधाराको मुख्य स्रोत मानिएको लगनखेलस्थित न्हू पोखरी करिब चार दशक अगाडि सुकेको थियो पोखरीमा पानी घटेपछि जमिन अतिक्रमणमा पर्‍यो पोखरीवरिपरिको डिल भत्काएर फुटपाथ पसल, झुपटपट्टी, सवारीसाधन पार्क गर्ने थलो बन्यो 
पोखरीको पानी सुकेपछि डम्पिङ साइट, घर भत्काइएको सामान फाल्ने र सुंगुरबंगुर खेल्ने ठाउँ बनेको थियो हाल ललितपुर महानगरले न्हू पोखरी पुनर्निर्माण सुरु गरेको

करिब १० रोपनी जग्गामा फैलिएको पोखरीको छेउमा ८ फिट र बीच भागमा १५ फिट गहिरो छ अब बन्ने पोखरी बच्चादेखि वृद्धसम्मका लागि बस्न मिल्ने गरी बनाइने छ पोखरीमा पानीको फोहोर अर्थात् वाटर फाउन्टेन, बोटिङ गर्न मिल्ने, सार्वजनिक शौचालय, प्राकृतिक विपद् आइपर्दा बस्न मिल्ने ठाउँ निर्माण हुने भएको हो

ललितपुर महानगरले न्हू पोखरी निर्माणका लागि गत वर्ष ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो जुन बजेटको काम अहिले भइरहेको वडा– का वडाध्यक्ष विकासमान श्रेष्ठले बताए यस वर्ष पनि पोखरीका लागि महानगरले करोड बजेट छुट्याएको करोड लागतमा बृहत् योजनासहित पुनर्निर्माण गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष श्रेष्ठका अनुसार आवश्यक परे वडा कार्यालय भत्काइने छ वडा कार्यालय विस्तारका क्रममा नयाँ भवन निर्माण गरिएको थियो

पोखरी मााःआपा (पुरानो शैलीको ६ इन्च चौडाइ र ८ इन्च लम्बाइ भएको इँटा) र बज्र (सुर्की, बालुवा र चुना मिसाएर बनाएको), कालो माटो मिलाएर निर्माण गरिरहेको, पुनर्निर्माणको जिम्मा लिएका भक्तपुरको कृष्णप्रसाद दुमरुले बताए उनी भाजुपोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष पनि हुन् भक्तपुरको सय वर्ष पुरानो भाजुपोखरी सिद्धपोखरी पनि उनकै समूहले निर्माण गरेका छन् हाल उनकै समूहले काठमाडौंको रानीपोखरी पनि पुनर्निर्माण गरिरहेका छन्

पोखरीको पश्चिम भाग सडक विस्तारका क्रममा माथिल्लो तह नै सडकमा गाभिन गएको छ उत्तरको भाग नर्सरी दक्षिण भागमा वडा कार्यालय को भवन निर्माण भएको पोखरी उत्खनन गर्दा पोखरीभित्र जाने खुडकलो, स्लोभ वालहरू भेटिएको दुमरुले बताए

त्यस्तै पोखरीको बीच भागमा १४ फिट लम्बाइ र १४ फिट उचाइ भएको ४ फिटको काठको टुक्रा पनि फेला परेको छ तर अहिले उक्त काठ पोखरीको पानीले छोपिएको उनले सुनाए इतिहासविद्, सम्बन्धित सरोकारवालाले उक्त काठको बारेमा कुनै पनि खोजीेकार्य नगरेको उनको गुनासो छ खोजी गरे थप तथ्यहरू फेला पर्ने उनको अनुमान छ

हाल दक्षिणतर्फ पानी बस्ने ठाउँको स्लोभ वाल निर्माण गरिरहेको छ पोखरीमा भेटिएको पुरानो अवशेषका आधारमा पोखरी निर्माण भइरहेको गत वर्षको बजेटले अहिलेसम्म पोखरी उत्खनन तथा गाह्रो लगाउने काम गरे पनि केही भागसम्म अधुरो रहने उनको अनुमान

काठमाडौंको रानीपोखरीलाई पनि ‘न्हू पुखु’ भनिन्छ न्हूको अर्थ नेपालभाषामा नयाँ भन्ने बुझिन्छ तत्कालीन समयमा नयाँ भएकाले पोखरीको नाम ‘न्हू पुखु’ रहेको हुन सक्ने वडाध्यक्ष श्रेष्ठको भनाइ लगनखेलको न्हू पुखु १६औं शताब्दीमा सिद्धिनरसिंह मल्लको समयमा निर्माण भएको मानिन्छ यहाँ राजकुलोबाट पानी भरिन्थ्यो पाटनका लागि टीकाभैरव राजकुलोबाट बगेर आउने पानीले पाटनका पोखरी भरिन्थेप्रकाशित : भाद्र १३, २०७६ ०८:३७


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...