Tuesday, October 01, 2019

खोकनामा सिकाली जात्रा


खोकनामा सिकाली जात्रा
आश्विन १३, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — ललितपुरको खोकनामा मंगलबारबाट विधिवत रुपमा सिकाली जात्रा सुरु हुँदैछ । यहाँका स्थानीयले दशैको सट्टा सिकाली जात्रा मनाउँछन् 
जात्रा सप्तमीसम्म चल्छ । खोकनामा मुख्य तगु, सलागु र जगु गरी तीनवटा गुठी छन् 

जात्राको पहिलो दिन तगु र सला गुठीका ४/४ जना कुमार केटा नुहाएर चोखो लुगा लगाई उपवास बस्छन् । आ–आफ्नो गुठीका मुख्य थकालीबाट पूजा सामग्री लिई बस्तीभन्दा पर सिकाली चौरस्थित सिकाली देवीलाई विधिपूर्वक नृत्य र गोप्य पूजा गर्छन् 

स्थानीय रुद्रायणी गुठीका बैदार बेखनर महर्जनका अनुसार खोकनावासीले दसैंका रुपमा जनैपूर्णिमा मनाउने गरेका छन् 

जात्राको पहिलो दिन तीनै गुठीबाट एक/एक वटा राँगा ढोकासी (टोल) चो फल्चा (पाटी) अगाडि बलि दिई बेलुका सिकाली देवीलाई प्रसाद चढाउने गरिन्छ । यस दिनलाई नेपाल भाषामा ‘छोएला बु’ आ–आफ्नो गुठीमा उत्सवन मनाउँने गर्छन् प्रकाशित : आश्विन १३, २०७६ १९:५९


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...