Wednesday, October 16, 2019

गुँला पर्वमा पोखिं ताल


गुँला पर्वमा पोखिं ताल
भाद्र १६, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — गुँला पर्व महिनाभर स्वयम्भूलगायत मन्दिरमा पुगेर विभिन्न तालमा दाफा (भजन) गाउने बारे प्रायलाई थाहा होला ललितपुरको ठेचोमा गाउने दाफा भजन अर्न्तगत कै ‘पोखिं’ तालका बारेमा भने कमैलाई मात्र जानकारी होला भन्दा फरक नपर्ला
यो ताल प्रत्येक वर्ष एक पटक मात्र बजाइन्छ त्यो पनि बाबुको मुख हेर्ने भाद्रकृष्ण औंसीको राती

विशेष किसिमको यो ताल बजाएपछि सम्मानस्वरूप नृत्य नाथ गुरु स्वंयम उपस्थित भई नृत्य गर्न बाध्य हुने नेवार समुदायमा विश्वास छ

शुक्रबार औसीको राती गोदावरी नगरपालिका–१२ स्थित न्हेछेँ दाफा खलक मिलेर यो ताल बजाए खलःका कजी (व्यवस्थापक) ५९ वर्षीय जीतगोविन्द्र महर्जन भन्छन्, ‘पोखिं विभिन्न तालमध्ये प्रमुख हो यसमा नाथ गुरुको आहवान गरिन्छ नेपाल भाषामा ‘द्यः
ह्याकीगु’ भनी बाजामार्फत देवता साधना गरिन्छ।’

उनका अनुसार ताल बजाउन सुरु गरिसकेपछि देवता आउने विश्वासले बाजा खलकहरू कुराकानी हिंडडुल गर्न मिल्दैन ‘ताल बजाउँदै जाने क्रममा ब्रम्हायणी देवीको शिरमा सजाइएको फूल भुईँमा झरेपछि देवता आएको विश्वास गरिन्छ,’ उनले भने, ‘पुर्खाले बजाउँदै आएको चार शताब्दी बित्यो अहिलेसम्म प्रत्येक वर्ष फूल खस्दै आएको छ।’

यो ताल बजाइसकेपछि रातभरि जाग्रम बसेर अष्टमात्रिका, नवदुर्गा गरेर ३३ कोटी देवताका परम्परागत गीत गाउने प्रचलन छ खलक मिलेर शुक्रबार करिब बजेबाट गाउन सुरु गरेको गीत शनिबार बिहान मात्र समापन भयो दाफा ठेचो तल्लो लाछी टोलस्थित ब्रम्हायणी मन्दिर गाउने गरिन्थ्यो मन्दिर समयमा पुनर्निर्माण सम्पन्न नभएकाले नजिकैको सत्तलमा बसेर गाएका थिए बाजामा खिं, ताः, झ्याली, धाः, भुस्यालगायत छन् तालमा चो, जती, प्र, ग्रह, पलिमालगायत छन्

प्रत्येक तालमा महिनाअनुसार गीत र लय फरक फरक हुन्छन् दसैमा दुर्गा भवानी, जनैपूर्णिमा गोसाइकुण्डको शिलु तीर्थ, इन्द्रजात्रामा इन्द्र, असारमा रोपाइको गीत गाइन्छ यी बाहेक स्वयम्भु, बौद्ध, पशुपति, भैरव, बज्रबाराहीलगायतका गीत छन् न्हेछेँ दाफा खलःका गुरु ६६ वर्षीय दशलाल महर्जन भन्छन्, ‘दाफा हिन्दु र बौद्ध दर्शन अनुसार अत्यन्त महत्वपूर्ण भजन हो दाफाको ग्रन्थ राख्ने झोला गाथा छालाको

भित्री पृष्ठमा नेपाली कागज जस्तो छ ग्रन्थमा मिति उल्लेख छैन गीतको बोलका आधारमा सय वर्ष पुरानो भन्न सकिन्छ।’ उनका अनुसार ‘पोखिं’ बजाउनु बाजा मार्फत देवता साधना गर्नु हो ‘यो ताल जाउन सकेपछि ब्रम्हायणी देवीको विधिवत पुजा गरिन्छ ‘खलःमा ५३ परिवार आवद्ध छन्।एक पटक दाफा गाउदा कम्तीमा१५ देखि ३० मिनेट लाग्छ २५ जना गुठीयार चाहिन्छ।’

दाफाका अर्का गुरुमा ८६ वर्षीय हरिगोविन्द महर्जन छन् बाजा नियमति चलाउन चित्या (भान्छे) ७७ वर्षीय श्रीराम महर्जन, व्यवस्थपनमा ४९ वर्षीय जगतबहादुर महर्जन र लेखापालमा ५५ वर्षीय बेखाराम महर्जन सक्रिय छन् नेवारहरू बाह्रै महिना सांस्कृतिक चाडपर्व मनाउँछन् ऋतु अनुसार मनाइने विभिन्न पर्वमध्ये साउन शुल्क प्रतिपदादेखि भाद्र शुल्क पतिपदा एक महिनासम्म मनाइने गुँला शनिबार सकिएको छ

अन्तिम दिन उपत्यकाबासी स्वयम्भुस्थित गो श्रृंग पर्वतमा पुगेर प्रथना पूजा गरेर खुसी मनाएका छन् त्यहाँ बुद्धको स्तोत्र पाठ बाजा बजाउनेको भीड लागेको थियो प्रा. सुर्वण शाक्य भन्छन्, ‘विक्रम सम्वतमा नयाँ वर्ष वैशाख भनेजस्तै नेवारहरूले कछला महिनालाई नयाँ वर्षको रूपमा मान्छन् गुँला भनेको ऋतुअनुसार मनाइने १२ औं महिनामध्ये औं महिना हो गुँ अर्थ नौ ‘ला’ को महिना भन्ने बुझिन्छ गुँला महिनालाई सम्पूर्ण गुणयुक्त महिनाको रूपमा लिइन्छ।’

उनका अनुसार गुन्हुला शब्द अपभ्रंश भएर गुनुला हुँदै गुँला भएको हो ‘मानिसहरूले ११ महिनासम्म व्यवहार बस्दा चाहेर वा नचाहेर झुठ बोलेको, पाप गरेका हुन सक्छन् यसलाई पखाल्न यो महिना व्रत बस्ने, दुष्कर्म छोडेर सुकर्मतिर लाग्ने र पुण्य सञ्चय गर्ने गर्छन्,’ उनले भने, ‘जाँडरक्सी, माछामासु र बलि पनि चढाइँदैन दान दिने गर्छन्प्रकाशित : भाद्र १६, २०७६ ०७:५७


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...