Sunday, October 06, 2019

नाच सिक्दै सन्थाल समुदाय


नाच सिक्दै सन्थाल समुदाय
सन्थाल समुदायका युवा नवमीदेखि पूर्णिमासम्म झापाका विभिन्न स्थानमा लाग्ने दसैं मेलामा नृत्य देखाउने अभ्यासमा व्यस्त
आश्विन १९, २०७६अर्जुन राजवंशी
(बिर्तामोड) — भगन टुडुको दैनिकी अहिले व्यस्त छ दिनभर घरको काम बिहान–बेलुका गाउँभरीका युवाहरूलाई भेला गरेर नाच सिकाउने कनकाई नगरपालिका कालीमुडा गाउँका सन्थाल पुरुषहरू यतिबेला दसैं नाच सिक्न व्यस्त छन् 
कालीमुडा गाउँमा दसैंको रौनकताले भेटिसकेको छ करीब एक सय सन्थाल घरपरिवारको बसोबास रहेको कालीमुडा गाउँका ५० बढी पुरुष दसैं नृत्यको अन्तिम तयारीमा छन्

गाउँको मन्जिथान (सन्थाल जातिको थान) मा भेला भएर जातीय पोसाक र मौलिक बाजागाजासहित उनीहरू अहिले धमाधम नृत्य अभ्यास गरिरहेका छन् झापामा नवमीदेखि पूर्णिमासम्म जिल्लाका विभिन्न स्थानमा दसैं मेला लाग्ने गर्दछ ती मेलाको मुख्य आकर्षण नै सन्थाल नृत्य हुने गरेको छ

सन्थाल भाषामा दसैं नृत्यलाई ‘दसाई एनक’ भनिन्छ उनीहरूले दसैं मेलामा विशेषगरी दसाई एनक, रिन्जे एनक, धिम्सोर एनक र दङ एनक नामक् नृत्य प्रदर्शन गर्ने गर्छन् नृत्यका लागि बाजाहरू तुङ्गा, टामाट र ड्रम चाहिन्छ ५०–६० जनाको समूह एकै रंगको पोसाक शीरमा नेपालको राष्ट्रिय झण्डा

घुगुरा, पैङजन, पोट्कु, रुमाल, मुजा, टाई लगाएर सिट्टी फूक्दै लोक बाजामा सन्थाल जातिले दसैं नृत्य गर्ने गर्छन् दसैं मेलामा सन्थाल नृत्यको प्रतियोगिता नै आयोजना गरिएका हुन्छन् आकर्षक नगद पुरस्कारसहित निमन्त्रणा गरेर नृत्य गर्न बोलाइने भएकाले पछिल्लो समय सन्थाल नृत्य आकर्षक बनाउन जरुरी भएको जिल्ला समन्वय समिति सदस्य माराङ्ग हास्दाले बताए यसका लागि यतिबेला सन्थाल बस्तीहरूमा धमाधम तयारी चलिरहेको

सन्थाल नृत्य बडा दसैंको सप्तमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रदर्शन गरिन्छ जिल्लामा कालीमुडा, बाह्रदशी गाउँपालिकाको राजगढ, कमल गाउँपालिकास्थित सराङपाडाको सन्थाल नाच टोली ठूलो र आकर्षक मानिन्छ यी बाहेक अन्य डेढ दर्जन स्थानमा पनि सन्थाल नाच टोली छन्

जिल्लामा गरामनी, फूलबारी, चारआली, घैलाडुब्बा, गौरीगञ्ज, जुरोपानी, टाघनडुब्बा, राजगढ, बैंसाबारी, बनियानी, लकडीगद्दी, पाडाजुँगी, शिवगञ्ज, कुञ्जिबारी, रंगियाथान, कुमरखोदलगायतका स्थानमा ठूलो दशैं मेला लाग्ने गर्छ
गाउँमा दसैं नाचको तयारी धमाधम भइरहेको छ’ कालीमुडास्थित बिहानी सन्थाल युवा क्लबका अध्यक्ष समेत रहेका भगन टुडुले भने कालीमुडा सन्थाल नाच टोलीमा नृत्यका लागि ५० जना युवा छन् उनीहरू सबैलाई पुग्ने पोसाक ‘यो बर्ष हामी अघिल्ला बर्षमा भन्दा धेरै ठाउँमा पुरस्कार जित्ने गरी तयारीमा छौं’ टुडुले भने, ‘प्रतियोगिता र मेलाको स्तर हेरेर सहभागी हुन्छौं।’

दसैं मेलामा नृत्य गर्नुअघि फूलपातिदेखि नवमीसम्म घरघर नृत्य गर्दै हिँड्नुपर्ने चलन छ ‘दसैं मेलामा नृत्य गर्नुअघि दुर्गा भगवतीलाई जगाउन फूलपातिदेखि नवमीसम्म तीन दिन घर घरमा गई नृत्य गर्नुपर्छ’ बुधराई मुर्मुले भने,‘त्यसपछि दसैं मेलामा नृत्य गर्ने चलन छ।’ ०६८ को जनगणना अनुसार नेपालभरी यो समुदायको जनसंख्या ५१ हजार ७ सय ३५ हो सबैभन्दा धेरै जिल्लामा करीब ३५ हजारको बसोबास प्रकाशित : आश्विन १९, २०७६ ०७:२७


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...