Wednesday, October 16, 2019

खोकनाको दसैं : जमरा राखिँदैन, टीका लगाइँदैन


खोकनाको दसैं : जमरा राखिँदैनटीका लगाइँदैन
आश्विन १७, २०७६दामोदर न्यौपाने
खोकना — नवरात्रिको सुरुवातको दिन घटस्थापनादेखि खोकना उत्सवमय छ हरेक दिन बेग्लाबेग्लै तरिकाले पर्व मनाइरहेको छ दसैंमा हरेक दिन दुर्गाको पूजा गरेर मनाएभन्दा फरक  । खोकनामा हरेक वर्ष दसैंको बेला सिकाली मेला मनाइन्छ
हामी जमरा राख्दैनौं टीका लगाउँदैनौं,’ खोकनाको प्रसिद्ध सिकाली जात्रामा जुटेका स्थानीयबासी अस्टेन्द्र महर्जन भन्छन्, ‘काठमाडौंका अरू नेवार बस्तीभन्दा पृथक पर्व मनाउँछ खोकनाले खासमा शाहवंशको स्थापना हुनु पहिला काठमाडौंका नेवारीले दसैंमा जमरा राख्ने गर्दैनथे टीका लगाउने गर्दैनथे अहिले भने अरू ठाउँकाले जमरा राख्छन् टीका लगाउँछन्

घटस्थापनामा कुमार पूजा गरेपछि खोकनाको यो उत्सव सुरु हुन्छ जना कुमारले घटस्थापनाको दिनदेखि तीन दिनसम्म घर घर गएर पूजाका सामान माग्छन् उखु बोकेका कुमारले हातमा थाली बोकेका हुन्छन् त्यही थालीमा पूजाका सामान माग्छन् थाली भरिएपछि झोलामा राख्छन्

पूजाका समानमा स्थानीय रूपमा फल्ने काँक्रा, भोगटे, उखु जस्ता फलफूल, चामल, फूललगायत हुन्छन् झोला भरिएपछि पूजाका सामान बस्तीको बीचमा रहेको रुद्रायणी मन्दिरमा लगेर थन्काउँछन् मन्दिरमा जम्मा भएको पूजा सामग्री गाउँबाट डेढ किलोमिटर पश्चिमतिर रहेको सिकाली मन्दिरमा लैजान्छन् ‘यहाँ पनि कुमार केटाको पूजा हुन्छ,’ महर्जन भन्छन्, ‘सिकालीमा पूजा गरेपछि खोकनादेखि सिकालीसम्मको देवताको बाटोमा रहेका देवतालाई पुज्दैपुज्दै आउँछन्।’

बस्तीमा दुईवटा प्रमुख बाटा छन् एउटा बाटो देवताको, अर्को बाटो शव लैजान मलामी हिँड्ने बाटो तीनवटा ढोका छन् तीन ढोकामध्ये एउटा ढोकाबाट देवताको बाटो सुरु हुन्छ एउटा ढोकाबाट शव लैजाने बाटो सुरु हुन्छ देवता हिँड्ने बाटो पनि सिकालीतिरै जान्छ शव लैजाने बाटो पनि सिकालीतिरै जान्छ दायाँतिर देवताको बाटो बायाँतिर शव लैजाने बाटो

उत्तरतिरको ढोका बस्ती छिर्ने ढोका हो यो अहिलेको बसपार्क छेउमै दक्षिणढोकाबाट देवताको बाटो सुरु हुन्छ दक्षिणढोका रुद्रायणी स्कुलबाट सुरु हुन्छ पश्चिमढोका बस्तीको पल्लो छेउमा पर्छ यही ढोकाबाट मलामी बाटो सुरु हुन्छ

देवताको बाटोमा अष्टमातृका देवी छन् घटस्थापनाको छैटौं दिनमा यही बाटो भएर रुद्रायणी देवता सिकाली लगिन्छ मन्दिरमा रहेका रुद्रायणी पनि खटमा राखेर लगिन्छ ४६ जनाको रुद्रायणी देवगण हुन्छन्

सिकालीको दोस्रो विशेष उत्सव हो छोइला बु तीन दिनसम्म कुमार पूजा भएपछि राति विशेष कार्यक्रम हुन्छ मन्दिरमा राँगा बलि दिइन्छ तीनवटा गुठीले तीनवटा राँगा बलि दिएपछि त्यसैको मासुको विशेष परिकार बनाइन्छ, जसलाई छोइला बु भनिन्छ त्यो दिन अरू परिकार नबनाई मासुको मात्र भोज हुन्छ

सबै गुठियार जम्मा भएर मनाइन्छ यो उत्सव बलिदिएका राँगाको रगतचाहिँ सिकाली मन्दिरमा चढाउने चलन छ गुठीमा छोइला बु मनाएको भोलिपल्ट घरघरमा पनि छोइला बु मनाइन्छ गुठीमा जस्तै घरमा पनि मासुको मात्र भोज खाने चलन यो दिनमा यो घटस्थापनाको चौथो दिनको विशेष कार्यक्रम हो

पाँचौं दिनको उत्सव हो भुज्या रातिको समयमा गुठियार जम्मा भएर विशेष तान्त्रिक विधिबाट छ्याङ बनाउने दिन हो यो छ्याङ बनाउँदा वीरभद्र महांकाललाई जगाएर छ्याङ बनाउने गरिन्छ अरुमान्छेले सामान्यत:१५ दिन लगाएर तयार पार्ने छ्याङ यो बेला एकै रातमा बनाइन्छ छ्याङ बनाउन यहाँको प्राचीन तीनवटा गुठीका गुठियार जम्मा हुन्छन्

यहाँ त:गुठी, सना गुठी र जगु गरी तीनवटा निजी गुठी छन् प्रत्येक गुठीबाट जनाको दरले गुठियार जम्मा हुन्छन् रुद्रायणी गुठीचाहिँ राजगुठी हो ‘यो विशेष तान्त्रिक विधिबाट तयार गरिन्छ,’ गुठीका इनामा गुरु जयराम महर्जन भन्छन्, ‘तान्त्रिक विधि गोप्य हुन्छ।’प्रकाशित : आश्विन १७, २०७६ ०८:०६


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...