Tuesday, October 01, 2019

संकटमा सिंगारु नाँच


संकटमा सिंगारु 
आश्विन १४, २०७६हरि गौतम
(रुकुम पश्चिम) — बाँफिकोट गाउँपालिका–२ का यामबहादुर बूढा स्थानीय मेला, बिहेबारी, पर्व, कथा, रुद्रीमा प्रायः निम्त्याइन्छन् मेलापर्व तथा बिहेबारी कथा रुद्रीको मुख्य काम सकिएपछि सुरु हुने गायनको जिम्मा यी ६६ वर्षीय बूढासहित उनका साथीहरूलाई हुन्छ गीतमार्फत् नै बूढाले पछिल्लो पुस्ताप्रति गुनासो गरिरहेका हुन्छन्–
गोठैका गुवाला दाज्यु ठ्याउलीभरी नुन छ
आफ्नो छाउँली कँई देख्दैन झनै मन रुन्छ

स्थानीय मेला, पर्व, कथा, रुद्री गर्ने ठाउँमा सिंगारु गीत गाउनेको अभाव हुँदै गरेको गुनासो हो यो बुढाको सिंगारुका लागि बाजा बजाउने गीत गाउने तथा नाच्ने आफ्नै उमेर समूहका बाहेक अरू नदेख्दाको नैराश्यता उनले हरेक पटक गीतबाटै दर्साइरहन्छन् पछिल्लो पुस्ताले परम्परादेखि गाइँदै आइएको सिंगारु भाका गाउन छाडेको पीर उनले पोखेका छन् नै, सिंगारु गाउने आफ्ना सहपाठी पनि घट्दै गएको उनको चिन्ता छ ‘युवाहरूले यस्तो गीत गाउन, सुन्न मन पराउँदैनन् सुन्न मन पराउने पुस्तामा गीत गाउनेहरूको जमात पनि घटिसक्यो,’ बूढाले भने, ‘केही वर्षमा यी गीत गाउने सायदै भेटिएलान्।’ सिंगारुले गाएको एउटा गेडामा (टुक्का) सिंगो जीवनचक्र समेट्न सकिने उनी दाबी गर्छन्

गाउँघरमा यसरी सिंगारु गाउनेलाई ‘बैरागी’ भनिन्छ जिल्लामा ४० वर्ष माथिका बैरागी (सिंगारु गायक) निकै कम भेटिन्छन् त्योभन्दा कम उमेर समूहका सिंगारु गाउनेहरू भेट्टाउनै मुस्किल अहिले सुन्ने मानिस नै भेटाउन गाह्रो पर्न थालेको अर्का सिंगारु गायक लालसिङ केसीको गुनासो छ उनी गाउने मात्रै होइन वाद्यवादनमा पनि सिपालु छन् सिंगारु गीतको महत्त्वपूर्ण वाद्यवादनमध्येको मादले (मादल बजाउने) हुन् उनी

सिंगारु गीत जसले सुन्दै आउनुभएको छ, उहाँहरूलाई यसको भाव थाहा छ,’ उनले भने, ‘सुन्न पनि खुबै मन पराउनुहुन्छ, जसले यो सुन्नुभएको छैन, उहाँलाई खासै यसको वास्ता पनि हुन्न।’ पछिल्लो समय भित्रिएका वाद्यवादनका आधुनिक साधन गीतसंगीतका कारण सिंगारु लोप भएको उनको तर्क

नयाँ पुस्ताले सिंगारुलाई रेकर्ड गरेर गाउन प्रयास गरेको त छ तर त्यो मौलिक हुन सकेको छैन। गाउँघरमा गाइने जस्तै गरी एउटा मात्रै पनि सिंगारु गीत रेकर्ड भए त्यसले पछिसम्म पनि इतिहास बचाउने स्थानीय शरण बस्नेतले बताए सिंगारु भनेर गाइएका अधिकांश गीत मौलिक लयभन्दा अर्कैतिर गइरहेको बस्नेत बताउँछन्

लोक तथा दोहोरी गायक अमित परियारले आधुनिक वाद्यवादनको कारण ठेट सिंगारु गीत रेकर्ड हुन नसकिरहेको स्विकारे ‘हामीले प्रयास नगरेको होइन, धेरै प्रयास गरेका छौं,’ उनले भने, ‘सबै तयारी गरेर गीत रेकर्डकै क्रममा तयार गरिने म्युजिकले ठेट सिंगारु बनाउन नसकिएको सत्य हो।’

प्रकाशित : आश्विन १४, २०७६ ०९:३९


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...