Wednesday, October 16, 2019

द्यो ब्वोय्केगु


द्यो ब्वोय्केगु
आश्विन २७, २०७६लीला श्रेष्ठ
भक्तपुर — भक्तपुरको नवदुर्गा देवगण नाचको इतिहासमा पहिलोपल्ट आइतबार कोजाग्रत पूर्णिमाको अवसरमा द्यो ब्वोय्केगु (नवदुर्गा देवता प्रदर्शन) गरिएको छ बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारी नवदुर्गा देवगणको दर्शन, पूजा र प्रसाद ग्रहण गर्न आउने अवसर पारेर द्यो ब्वोय्केगु आयोजना गरेको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ 
प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन राष्ट्र प्रमुख नवदुर्गा मन्दिरमा पूजाआजाका लागि आउने प्रचलन छ सोही प्रचलनअनुसार कोजाग्रत पूर्णिमाको दिन दर्शनका लागि आउँदा राष्ट्र प्रमुखलाई द्यो ब्वोय्केगु कार्यक्रम गर्ने धेरै वर्ष अघिदेखिको प्रयास पूरा गरेको समितिका अध्यक्ष वृजेश वनमालाले बताए

द्यो ब्वोय्केगुका लागि सूर्यविनायक नगरपालिकाले १ लाख १५ हजार रुपैयाँ सहयोग गरेको समितिका सचिव रत्नमान वनमालाले बताए नवदुर्गा देवगणको द्यो ब्वोय्केगु सर्वसाधरणले आफ्नो भाकल गरेको मनोकामना पूरा भएमा इच्छाअनुसार गर्न सकिने उनले बताए द्यो ब्वोय्केगुमा नवदुर्गा देवगणलाई गच्छेअनुसार भोज चढाउने गरिन्छ

नवदुर्गा भवानीको नाच व्यवस्थापन एवं मौलिक जात्रा संरक्षणका लागि ५२ लाख १५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिने भएको छ अक्षयकोषका लागि जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलालको संयोजकत्वमा १५ लाख भक्तपुर उद्योग वाणिज्य संघको लाख १५ हजार रुपैयाँ गरी कुल २० लाख १५ हजार रुपैयाँ नवदुर्गा देवगण था मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ अक्षयकोषको उक्त रकम राष्ट्रपति विद्यादेवी भण्डारीले श्री नवदुर्गा गण तथा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी हुन् अक्षयकोषका लागि समितिले ३२ लाख रुपैयाँ संकलन गरेको समितिका सचिव वनमालाले बताए

राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति भण्डारीले पूजा तथा प्रसाद ग्रहण गरेकी छन् प्रत्येक वर्ष वडादसैंको अन्तिम दिन राष्ट्र प्रमुखद्वारा नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्ने प्रचलन राजा हुँदा राष्ट्र प्रमुखको हैसियतले राजाबाट प्रसाद ग्रहण ुन्थ्यो गणतन्त्र स्थापनापश्चात् राष्ट्रपतिबाट प्रसाद ग्रहण हुँदै आएको

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पूजारी जुलाल कर्माचार्यले नवदुर्गा भवानीको पूजा गराई टीका एवं प्रसाद प्रदान गरेका छन् राष्ट्रपति भण्डारीलाई नवदुर्गा देवगणका मूल पूजारी इन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका छन् प्रसाद ग्रहण कार्यक्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा नाच अवलोकन गरी नवदुर्गाका पूजारी, नाइके र देवगणलाई जनही १ सय ५० का दरले दक्षिणा प्रदान गरेकी छन्प्रकाशित : आश्विन २७, २०७६ ०९:१७


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...