Wednesday, October 16, 2019

मल्लकालीन शैलीमा बन्दै थन्थु दरबार


मल्लकालीन शैलीमा बन्दै थन्थु दरबार
भाद्र १३, २०७६कान्तिपुर संवाददाता
भक्तपुर — भक्तपुर नगरपालिकाले थन्थु दरबार मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने भएको छ विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार परिसरको तलेजु भवानी, मूलचोकको पूर्व–उत्तरमा अवस्थित दरबार नगरपालिकाले फोटोलगायत प्राप्त प्रमाण र विज्ञको सुझावबमोजिम पुनर्निर्माण गर्ने तयारी गरेको नगर उप–प्रमुख रजनी जोशीले बताइन् 
इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार दरबार नेपाल सम्वत् ७९८ मा राजा जितामित्र मल्लले बनाउन लगाएका हुन् जितामित्र मल्लले सिद्वि सुन्धारा चोक गरी दुई चोकसहित दरबार निर्माण गरेको उनी बताउँछन् नेपाल सम्वत् ८०१ को विनाशकारी भूकम्पमा भत्किएपछि जितामित्र र उनका छोरा भूपतेन्द्र मल्लले सुन्दरीकरण गरी ५५झ्याले दरबारसँगै निर्माण गरेको उनले बताए

१९९० माघको भूकम्पका कारण क्षतिग्रस्त मल्लकालीन थन्थु दरबार राणाकालीन शैली (नियोक्लासिक) शैलीमा बन्यो जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्किएपछि नियोक्लासिक शैलीमा निर्माण गर्न लगाएको नगरपालिकाले जनाएको छ सोही राणाकालीन शैलीको भवन ०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भयो

क्षतिग्रस्त भवन जस्ताले छोपेर अस्थायी संरक्षण गर्ने कार्य गरिएको छ भूकम्प गएको वर्षपछि भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष ०७६/७७ मा पुनर्निर्माण थालिने गरी १ करोड रुपैयाँ विनियोजन गरेको नगर उप–प्रमुख जोशीले बताइन् नगरपालिकाले करिब १४ करोड ८० लाख रुपैयाँ लागत इस्टमेट तयार गरेको जनाएको पुनर्निर्माणका लागि नक्सा, स्केचको काम भइरहेको आर्किटेक इन्जिनियर एवं उप–प्रमुख जोशीले बताइन्

त्यसैगरी, नगरपालिकाले दरबार क्षेत्रकै तत्कालीन नक्सा तथा कानुन शाखा भवनलाई समेत पुरानै शैलीमा निर्माण गर्ने तयारी थालेको छ भवन निर्माणका लागि नगरपालिकाले करिब करोड ४६ लाख लागत इस्टिमेट गरेको भक्तपुर नगरपालिका योजना तथा सम्पदा शाखा प्रमुख इन्जिनियर रामगोविन्द श्रेष्ठले बताए

नगरपालिकाको तथ्यांकअनुसार ०७२ वैशाखको भूकम्पका कारण भक्तपुर नगरको ६७ सम्पदा पूर्ण क्षति, ४९ आंशिक क्षति गरी १ सय १६ सम्पदामा क्षति पुगेको छ जसमध्ये, ४१ मन्दिर, २६ सत्तल, ३१ पाटी, २ ढुंगेधारा, २ प्रवेशद्वार र ६ भवनमा क्षति पुगेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ आर्थिक वर्ष ०७५/७६ सम्ममा १७ मन्दिर, ६ सत्तल, ३४ पाटी, ५ ढुंगेधारा, २ प्रवेशद्वार, ४ द्यो छें, ५ पोखरी, ५ इनार र अन्य गरी ८३ सम्पदा पुनर्निर्माण भएको सम्पदा शाखा प्रमुख इन्जिनियर श्रेष्ठले बताएप्रकाशित : भाद्र १३, २०७६ ०७:३३


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...