Saturday, August 10, 2019

मुस्ताङका स्कुलमा भोट भाषा पढाइ सुरु


सुन्दरकुमार थकाली, अन्नपूर्ण, समाज,  १८ साउन २०७६ १४:१४:००
मुस्ताङका स्कुलमा भोट भाषा पढाइ सुरु
मुस्ताङ : मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाले चालु शैक्षिक सत्रबाट भोट भाषा शिक्षण सुरु गरेको छ। विद्यालयमा स्थानीय भाषा नहुँदा सरकारी स्कुलमा वर्षेनी विद्यार्थी संख्या खस्कँदै गएकाले गाउँपालिकाले यस्तो नीति ल्याएको हो।
गाउँपालिकाले आर्थिक वर्ष २०७६-०७७ को वार्षिक बजेटमै भाषिक शिक्षा उत्थानका लागि बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले उल्लेख गरे। स्थानीय भोट भाषाको संरक्षण तथा संम्वर्द्धन गर्ने उद्देश्यले यस्तो नीति ल्याएको उनले बताए।
वारागुङ मूक्तिक्षेत्रमा १ मावि सहित १४ सरकारी स्कुल छन्। वारागुङले पहिलो चरणमा ३ विद्यालयमा स्थानीय शिक्षा अनिवार्य गराएको हो। गापाले १–१ जना स्थानीय भोट भाषा शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरी कागबेनीको जनशान्ति मावि, जननर्मल छुसाङ र मुक्तिनाथ आधारभुत विद्यालय झारकोटमा उक्त शिक्षा लागु गरेको हो। यस्तै वडा नं. १ को लुप्रा आधारभुत विद्यालय लुप्राले पनि निजी श्रोतमै स्थानीय भोट मातृभाषा शिक्षण संञ्चालन गरेको प्रशासकीय अधिकृत रेग्मीले जनाए।
मुस्ताङमा ५४ सरकारी स्कुल, ८ गुम्बा स्कुल र ४ निजी स्कुल छन्। जिल्लामा सरकारीभन्दा गुम्बा र निजी स्कुल राम्ररी फस्टाएका छन्। गुम्बा र निजी स्कुलले भोट मातृभाषा तथा बौद्ध धर्मसहितको शिक्षा दिएकाले सामूदायिक स्कुलमा विद्यार्थी संख्या खस्किएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बरालले उल्लेख गरे। अधिकांश बौद्ध धर्मालम्बी तथा जनजातिहरुको बाहुल्यता रहेकाले मुस्ताङमा भाषिक शिक्षाको प्रभाव परेको उनले बताए। उनले सरकारी स्कुलमा स्थानीय मातृभाषा लागु गर्न शिक्षक अभाव रहेको बताए। 


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...