Monday, August 26, 2019

सकियो २५ दिन लामो लाखेजात्रा


सकियो २५ दिन लामो लाखेजात्रा
ताप्लेजुङ — पौराणिक कथामा आधारित रहेर प्रदर्शन गरिएको श्रीकृष्ण र कंशको लीलासँगै सदरमुकाम फुङलिङमा सञ्चालित यो वर्षको लाखे जात्रा पर्व सकिएको छ
शनिबार मध्यराति फुङलिङको वीरेन्द्र चोकमा भगवान रूपधारी कृष्णले कंशको बध गरेसँगै लाखे जात्रा सकिएको हो जात्राको अन्तिम दिनभर कृष्ण र कंशबीचको द्वन्द्व सदरमुकाममा देखाइएको थियो

जात्रा हेर्न गाउँबाट सयौंको संख्यामा सदरमुकाम आउने गरेका छन् परम्परागत मान्यताअनुसार अष्टमीको दिन कृष्ण भगवान्को जन्म हुन्छ त्यो दिन कृष्ण मन्दिरमा पुजाआजा गरिन्छ कृष्ण रूपी युवकलाई त्यही जन्माइन्छ त्यसको भोलिपल्ट नवमीको दिन गर्ने कंशको बध गर्ने चलन

धर्मशास्त्रलाई आधार मानेर भगवान्को लीला प्रस्तुत गरिए पनि आधुनिक युगमा यो मनोरञ्जनको माध्यम भएको नेपाल भाषा तथा सांस्कृतिक समाजका अध्यक्ष निरोज श्रेष्ठ बताउँछन् यो सहर गाउँलाई जोड्ने सेतु भएको उनले बताए यसले एकापसमा आत्मीयता बन्धुत्व भावको विकास पनि गराएको

बर्खे खेतीबाट बाहिर निस्किएका किसानलाई सदरमुकाम निम्त्याउने र मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यस्ता पर्व सुरु भएको मानिन्छ यसले सदरमुकामको व्यापार व्यवसाय प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउने गरेको छ गठेमंगलको दिन निकालिने लाखे २५ दिनसम्म नचाइन्छ रक्षा बन्धन जनैं पुर्णिमाको दिनदेखि प्रत्येक दिन साँझ लाखे नाच देखाइन्छ

लाखे जात्राको अवसरमा फुटवल प्रतियोगिता, गाईजात्रा, रोपाईजात्रा पनि हुन्छ यो बेला नयाँ चलचित्र ल्याएर देखाउने कलाकारहरू निम्त्याएर सांस्कृतिक कार्यक्रम गर्ने चलन पनि छ शनिबार पूर्णिमाको दिन लिम्बू समुदायमा प्रचलित केलाङ यालाङ प्रस्तुत गरिएको थियो

सयौंको संख्यामा उपस्थित कलाकारले च्याब्रुङ नाचेका थिए भने धान नाच साँझ ९ बजेसम्म गरिएको थियो जात्रा सकिएसँगै तीजको रमझम सुरु हुने गरेको तिजमा ब्राह्मण नेवार, लिम्बू, राई, गुरुङ लगायतका सबै जातजातिले मनाउने गरेका छन्प्रकाशित : भाद्र ९, २०७६ १०:३३


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...