Saturday, August 10, 2019

आँधीमय दिनका स्मृति



आँधीमय दिनका स्मृति
श्रावण २५, २०७६गंगा बीसी
हिरासतमा भएकी एक युवती पत्रकारलाई बुटले हिर्काएर लडाउने, कुल्चने र अमानवीय कार्य गर्ने तत्कालीन प्रहरी अधिकृत विक्रमसिंह थापा कहाँ होलान्? हिरासतमा झएका बेला त्रूर प्रहरी अधिकृतको आँखा छलेर मानवीय व्यवहार गर्ने प्रहरी जवान कहाँ होलान्?
तत्कालीन सुरक्षाकर्मीसँग मिलेर आफ्नै साथी पक्राउ गराउने उनका सहकर्मी कहाँ होलान्? यी प्र्रश्नको उत्तर त छैन त्यो सबै भोग्ने पत्रकार भने अहिले पनि काठमाडौंका सडकमा भेटिन्छन् त्यसबेला आफूले भोगेका कठोर दिनहरू सम्झँदै हिँडिरहेकी ती आँधीमय दिनको स्मरण गर्ने पत्रकार हुन्— संगीता खड्का ‘युद्धका तीन दिन’ यसकै लिखत हो

काठमाडौं उपत्यकाको पश्चिम कुनामा जन्मिएकी ती युवतीले किन ज्यानको बाजी लगाएर युद्धको बाटो रोजिन्? किन कलमले बन्दुकलाई बल पुर्‍याइन्? यी प्रश्नको उत्तर खोज्दै खड्काले हालै ‘युद्धका ती दिन’ लेखेकी छन् इतिहास भइसकेको माओवादी सशस्त्र युद्धले सबैलाई लपेट्यो प्रत्यक्ष अप्रत्यक्ष रूपमा यसको राप, ताप र प्रभावबाट कोही बाँकी रहेनन् अझ युद्धमै सामेल भएकाहरूका भोगाइ यतिबेला कहालीलाग्दा छँदै छन्, रोचक पनि छन् राज्यविरुद्ध विद्रोह बन्दुकले मात्र होइन, कमलले पनि बोलेको थियो गीत संगीत बाजाहरूले पनि बोलेका थिए राज्यको आँखामा ती ‘आतंककारी’ भए पनि माओवादीका लागि ती ‘ती महान् योद्धा’ थिए

दसवर्षे युद्धले नेपाली राजनीतिमा ल्याएको परिवर्तन र त्यसले पारेको प्रभावबारे इतिहासमा आआफ्नो ढंगले व्याख्या, अनुसन्धान गर्ने क्रम आगामी दिनमा चलिरहनेछ यसबारे आआफ्नो भोगाइ लेख्ने काम पनि भइरहनेछ महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा भोगेको यातना सम्झदा पनि पीडा हुन्छ तर पनि उनले पुस्तकमा सम्झेकी छन् ती कठोर दिनको सम्झना नगरी उनको यात्रा अघि बढ्न सक्दैनथ्यो किनकि संकटकालमा पक्राउ पर्नु भनेको जीवन अन्तिम विन्दुमा पुग्नुजस्तै थियो मान्छे कति बेला खरानी हुन्थ्यो या बेपत्ता हुन्थ्यो कुनै लेखाजोखा हुँदैनथ्यो पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुकको त्यही महेन्द्र पुलिस क्लबको यातनाले हत्या गरेको थियो इच्छुक खड्का केही दिनको अन्तरालमा २०५९ जेठमा पक्राउ परेका थिए सँगसँगै चर्को यातना पाएका थिए इच्छुक प्रहरी हिरासतबाट फर्केनन्, संयोगले खड्का फर्केर आइन् इच्छुकलाई नमारिएको भए अहिले मर्मस्पर्शी संस्मरण लेख्थे होलान् ती अमानवीय क्रूर यातनाको सविस्तार बयान गर्थे होलान् बाँचेर आएकी संगीताले ती दिनका सम्झना गरेकी छन्

हामीलाई भित्ताको अलगअलग कुनामा राखिएको थियो सेन दाइलाई प्रहरीले एकहोरो पिटिरहँदा हामीलाई निकै पीडा भइरहेको थियो हातखुट्टा बाँधिएका थिए आँखामा पट्टी बाँधिएको थियो यस्तो अवस्थामा चिच्याहटबाहेक अरू विकल्प थिएन,’ खड्काले लेखेकी छन्, ‘चर्को यातनाले सेन दाइको अवस्था जटिल बन्दै गएको थियो दिउसो तीन बजेको हुँदो हो, उहाँले बान्ता गरिरहनुभएको थियो प्रहरीको टोली पुनः हलभित्र आयो भन्यो— ‘यसले हामीलाई कुनै सहयोग गरेन अब मार्न लानुपर्‍यो हिँड।’ सेन दाइले भन्नुभयो, ‘म हिँड्न सकिनँ, मलाई तान्नुस्।’ प्रहरी अधिकृतले फत्फताउँदै भनेका थिए, ‘यो त संसारमै नभएको क्रान्तिकारी रहेछ, मर्न हिँड भन्दा तानेर लानोस् पो भन्छ !’

त्यति बेलाका प्रहरी अधिकृतहरूले बयान लिने बेला न्यूनतम मानवीय व्यवहार प्रदर्शन नगरेको अनुभव खड्काको छ ‘बयान लिनेले विक्रमसिंह थापा हुँ, मेरो हातमा परेपछि जस्तोसुकै कठोर मान्छेले पनि हामीलाई सहयोग गर्छ तैंले पनि गर भने’ उनले लेखेकी छन् आफ्नो नामको घमण्ड प्रदर्शन गर्दै बयान लिने अनौठो तरिका रहेछ त्यसबेला सायद सत्ता शक्तिको उन्माद थियो तिनै प्रहरी अधिकारीको बुटको चोटलाई लेखकले यसरी सम्झेकी छन्, ‘मलाई जोडले लात्तीले हान्यो सिलिङबाट गुड्दै भुइँमा आइपुगें रिसले चुर भएर बर्बराउन थाल्यो— यी आतंककारीलाई दया गरेर हुन्छ कहीं? लैजा यसलाई जंगलमा लगेर गोली हान्दे।’

सँगै हिरासतमा रहेका कृष्ण सेन इच्छुक मारिएको खबर उनले प्रहरी हिरासतमै पाइन् हत्याको खबरले उनमा उत्पन्न गराएको अनुभूति यस्तो , ‘सेन दाइको हिरासतभित्रै हत्या भएको खबर छापिए पनि त्यो कुरा साँचो हो भनेर हाम्रो मनमस्तिष्क मान्न तयार थिएन प्रहरीले त्यति चर्को यातनामा पनि एक इन्च पनि आफ्नो आस्था नगुमाउने ती क्रान्तिकारी योद्धा साँच्चिकै सतीसाल हुनुहुन्थ्यो।’ २०५९ जेठमा सेनको हत्या भएको थियो

प्रहरी र सेनाको हिरासतमा एक सय दिन बेपत्ता अवस्थामा रहेर जेल सरुवा हुँदाको ‘सुखद’ अनुभूति पनि उनले पुस्तकमा वर्णन गरेकी छन् जेल चलान भएपछि उनी बाँचिन् बेपत्ता अवस्थाबाट पर्खालभित्रको खुला दुनियाँमा पुगेकी थिइन् वरिपरि ठूलो पर्खाल भए पनि जेल एउटा सानो संसार थियो भद्रगोल जेलमा रहेका बेला २०५९ माघमा सरकार माओवादीबीच वार्ता चल्यो त्यसैबेला संगीता अदालतको आदेशले छुटिन्
सरकार र माओवादीबीच वार्ता भंग भएपछि फेरि युद्ध चर्कियो माओवादी कार्यकर्ताको कठोर भूमिगत यात्रा सुरु भयो , सुरु भयो संगीताको भूमिगत जीवन माओवादीको सञ्चार विभागमा काम गर्ने संगीता भूमिगत रेडियो चलाउने भन्दै काभ्रेको पहाडी भूभागतिर लागिन् त्यो अवस्था हेर्दा राज्यविरुद्ध माओवादीले सशस्त्र आक्रमण मात्र होइन, सञ्चारको आक्रमण त्यत्तिकै दह्रो बनाएको मान्न सकिन्छ ओढारबाट सुरु भएको खड्काहरूको रेडियो यतिबेला भने लाइसेन्स पाएर सहरमा बजिरहेका छन् अब ओढारको रेडियो इतिहास भइसक्यो, संगीताको सम्झनाझैं

माया प्रेमलाई कुनै युद्ध वा भूगोलले छेक्दैन भन्ने भनाइ सही हो माओवादी युद्धका बेला सयौ युवायुवती माया प्रेममा परे, विवाहमा बाँधिए तीमध्ये एक हुन्— लेखक संगीता जुन कुरा उनले पुस्तकमा सरल तरिकाले लखेकी छन् ‘२०६० पुस गते शैलेन्द्र घिमिरे (राजन) रेडियो टिममा आइपुग्नु भयो भौगोलिक विकटता सम्पर्कको माध्यम नहुँदा हामीबीच महिनौँसम्म सम्पर्क भएको थिएन मनभित्र रोपिएको प्रेमलाई हामी दुवैले टाढैबाट हुर्काइरहेका थियौं।’ युद्धमै प्रेम विवाह गरेको यो जोडीको यात्रा जारी रेडियो सञ्चालन गर्दा सेनाको घेराबन्दीलगायत ोगेका र देखेका जटिलताको सविस्तार व्याख्या पुस्तकमा छ

काभ्रेबाट आधा महिना हिँडेर स्याङ्जा, पाल्पा पुगेको मार्चका कथा यो पुस्तकमा छन् माओवादीले शाही शासनका बेला ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीति लिएपछि बुटवल क्षेत्रमा युद्धमा प्रत्यक्ष सहभागी भएर ‘वार िपोर्टिङ’ गरेको अनुभव यसमा समेटिएको छ २०६२ मा रुकुम पूर्वको चुनबाङ बैठकको प्रभाव उनको जीवनमा पर्‍यो गाउँतिर भूमिगत भएको जीवन जन्मथलो काठमाडौं फर्कन पाउनु व्यक्तिगत राजनीतिक दृष्टिकोणले अर्को प्रस्थान विन्दु थियो माओवादीले बहुदलीय प्रतिस्पर्धात्मक ाजनीतिक कार्यदिशा लिएपछि यो अवस्थामा आइपुग्यो स्याङ्जा, पोखरा हुँदै उनको ‘वार जर्नालिज्म’ सहर पस्यो भूमिगत जीवन खुल्दै गयो, उनको पत्रकारिता पनि सहर केन्द्रित हुन थाल्यो

२०६२ मंसिरमा माओवादी र कांग्रेस, एमालेलगायत दलसँग १२ बुँदे समझदारी भएपछि शाही शासनविरुद्ध आन्दोलन चर्कियो जसले संसद् पुनःस्थापना हुँदै राजाका अधिकार कटौती गर्दै संविधानसभातिर लग्यो संगीता खड्कालाई पनि त्यो राजनीतिक आन्दोलनले सहरतिर तान्दै लग्यो हाल उनी सहरमै केन्द्रित छन् जसरी पूर्वमाओवादी पनि सहरमै कन्द्रित

युद्धका ती दिन’ का लेखक खड्का मिसन बोकेकी पत्रकार हुन् विगतमा उनले माओवादी युद्धको सहयोगीका रूपमा ‘युद्ध पत्रकारिता’ गरिन् यो एक मिसन लिएर हिँडेकी पत्रकारको भोगाइ हो यो पढ्दा थाहा हुन्छ, सहरमा हुर्केकी उनको जीवन दुर्गम गाउँ, जंगलमा अभ्यस्त हुन अर्को युद्ध लड्नुपरेको छ प्रहरी सैनिक हिरासतमा पाएको यातना अकल्पनीय बरु मर्न तयार, आस्थालाई बन्धकी नराख्ने अठोट किताबमा झल्किन्छ खड्कालाई चिन्नेहरूलाई थाहा हुन्छ, उनी जस्तो लवजमा बोल्छिन्, लेखाइ पनि त्यस्तै छ— सीधा उनको यो यात्रामा प्रत्यक्ष गाँसिएका दर्जनौं पात्रलाई उनले भुलेकी छन् उनीहरूलाई किताबमा सँगसँगै हिँडाउन सकेको भए किताब जीवन्त हुने थियो।अब उनी त्यो युद्धमा फर्कने छैनन् युद्धका दिन भोग्नुपर्ने छैन खालि सामुन्नेमा एउटै प्रश्न खडा छ— के युद्धमा देखेको उनको सपना पूरा भयो?
प्रकाशित : श्रावण २५, २०७६ ११:२५

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...