Tuesday, August 20, 2019

धुमधाम ढ्वाङकुमो


धुमधाम ढ्वाङकुमो
श्रावण ३२, २०७६कान्तिपुर संवाददाता
ललितपुर — किरात वाम्बुले राईहरुले महान् चाड ढ्वाङ्कुमो राजधानीमा धुमधामसाथ मनाएका छन् । जनैपूर्णिमा तिथिमा पर्ने उक्त चाड बर्खे बालीलाई पितृ र प्रकृतिको पूजासहित मनाउने गर्दछन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको आयोजनामा विगत १९ वर्षदेखि राजधानीमा समेत मनाउँदै आएको संस्थाका महासचिव जीवन हाताचोले बताए  
यो ढ्वाङकुमो सांस्कृतिक कानुनमा आधारित महान् चाड हो,’ महासचिव हाताचो भन्छन्, ‘ढ्वाङ्कुमो लिब्जु पुर्खाको विशेष पूजासहित प्रकृति र पितृ मनाउने गरिन्छ । सामाजिक परम्पराको पालना नगर्ने व्यक्ति र परिवारलाई समाजले बहिस्करण पनि गर्ने गर्थ्यो । अहिले पनि कायमै छ ।’ चारजना कुलपूजारी (नाक्सो) को भूमिका महत्वपूर्ण हुने उनले जनाए । जसलाई सिसि नाक्सो, ढ्वाङकुर्मो नाक्सो, काउर्मो नाक्सो र बुलु नाक्सो भनेर चिनिन्छ । नाक्सो भेट्न जानका निम्ति हरेक टोलका घर–घरबाट छुट्टाछुटै रीत लिएर जाने चलन छ । थुन्सेमा एक–एक घैला रक्सी, ब्वाम्ला लिएर भेट्दछन् 

ढ्वाङ्कुमोको अर्थ प्रकृति भन्ने हुन्छ, जुन वर्षाऋतुको अन्ततिर पर्दछ,’ प्रकृति र पितृलाई आभार व्यक्त गर्ने परम्पराबारे कोशकार अविनाथ राई भन्छन्, ‘मकै, कागुनोजस्ता बर्खे अन्नबाली पाकेपछि प्रकृति र पितृको पूजा आरम्भ गर्ने महत्वपूर्ण चाड हो । संयोगले जनैपूर्णिमा तिथिमा परेको मात्र हो । मौलिक संस्कार संस्कृति हुनु महत्वपूर्ण हुन्छ । जति महत्वपूर्ण हुन्छ, त्यत्तिकै त्यसको संरक्षण, विकास र संवर्द्धन गर्दै सकुशल रुपमा पुस्तान्तरण गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।’

अन्नबालीलाई मूलदेवता लिब्जु, भुम्जु र दिभुज, देवीदेवता, सिकारीबेखारीलाई चढाउने परम्परा छ । उँबुगाउँको शिरमा रहेको अग्लो पहाड लिब्जु र दिभुजु र त्यसैको ठीक दूधकोसी पारि खोटाङतर्फको भुम्जु पहाडलाई इष्टदेवताको रुपमा पूजा गर्ने रिन्छ । किंवदन्तीअनुसार उहिले लिब्जु देवतालाई माले गोरु बलि दिइन्थ्यो । उक्त बलिको प्रसादलाई चारचौरासका सबैलाई बाँडेर ग्रहण गरिन्थ्यो । अहिले राँगाको बलि दिने चलन छ 
कुलपितृ पुर्खाहरूलाई सामूहिक थलोमा बोलाएर उनीहरूको भाग दिने, चित्त बुझाइदिने गर्दछ । नदीनाला, वनजंगल, सिकारीबेकारी सबैलाई बोलाउने गर्दछ । उनले उनीहरूको चित्त बुझाइदिने, सुखस, शान्ति, समृद्धिका निम्ति काम गर्ने गर्दछ । ढ्वाङकुम दुई दिनसम्म चल्ने चाड र मेला हो । सामूहिक पूजासँगै महिला र पुरुषले ‘चाम्दो’ परम्परागत लोकभाका गाउने र नाच प्रदर्शन गर्ने गर्दछन् । ‘प्रकृतिलाई धन्यवाद र पितृको पूजाआजा गर्ने अनि आनन्दपूर्वक छोरीचेली, माइतीचेली, बुढापाका महिला र पुरुष गाउने र नाच्ने गर्दछन् । चाम्दो नाच तथा गान दसैपूर्णिमासम्म चल्दछ 

मूलथलो ओखलढुंगा जिल्लाको दक्षिण मानेभन्ज्याङ गाउँपालिका–३ वामद्याल (उँबुगाउँ)स्थित ढ्वाङकुमटारमा मुन्धुम विधिअनुसार मनाउने गरिन्छ । यो वर्ष मूलथलोमा ढ्वाङकुमो चाडको पर्यटन प्रवर्द्धनलाई लिएर जनप्रतिनिधिहरू, किरात राई यायोक्खाका अध्यक्ष दिवस राई, ख्यातिप्राप्त गायक राजेशपायल राई, अभिनेता विल्सनविक्रम राई (तक्मेबुढा)लगायतको उपस्थितिमा भव्य सांगीतिक प्रस्तुतसमेत सम्पन्न भएको महासचिव हाताचोले बताए 

यसैगरी खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पा गाउँ, उदयपुर, सुनसरी, मोरङ तथा बेलायतमा रहेका वाम्बुले राईले शुभकामना आदान-प्रदान गरी मनाउने गरेका छन् । राष्ट्रिय जनगणना २०६८को तथ्यांकले वाम्बुले भाषा बोल्नेहरुको जनसंख्या १३ हजार ४ सय ७० देखाएको छ 
किरात वाम्बुले राईहरूको महानं चाड ढ्वाङकुमो चाडको अवसरमा राष्ट्रगानका रचयिता व्याकुल माइलाको संकलनमा रहेको तीनवटा लोकलय सार्वजनिक गरिएको छ । ओखलढुंगाको दक्षिणी भेग दुधकोसी र सुनकोसी आसपासको जनजीवनमा रहेको लोकभाका अधिया, सरुमा, सराद र ख्याली रहेका छन् । तीनवटा भाका नेपालीमा र ख्याली वाम्बुले राई भाषामा छ 
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, कोशकार अविनाथ राईले सार्वजनिक गरेका हुन् । त्यसैगरी ‘किरात राई संस्कृतिमा चिन्डा’ सांस्कृतिक पुस्तक र ‘फाइस्वाम’ (परिवर्तन) वाम्बुले भाषाको कविता कृति सार्वजनिक गरिएको छ । सांस्कृतिक पुस्तकलाई चन्द्रकुमार राई ‘हतुवाली’ र गणेश राईले लेखेका हुन् 

त्यसैगरी कविता कृति बिर्जमान राई हुन् । दुवै पुस्तक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशित गरेको हो । साथै, बाल गायिका निष्ठा राईले वाम्बुले भाषाको बालगीत गाएकी थिइन् भने अन्य बालकलाकारले नेपाली भाषामा गायन तथा नृत्य प्रस्तुत गरेका थिए प्रकाशित : श्रावण ३२, २०७६ २०:१८


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...