Thursday, August 22, 2019

राणाशासनको वृतान्त

प्रमोदशमशेर राणा, राणाशासनको वृतान्तको १७ औं श्रृँखला
सन १८४० अप्रिल महिनामा फौजदार जसबीर रानाको नेतृत्वमा एक प्लाटुनजति नेपाली फौज बेतिया जिल्लाको रामनगर गाउँमा पसेर त्यो स्थल नेपालको हो भनी दावि गर्दै अङग्रेजका कामदारहरुलाई त्यहाँबाट धपायर कब्जा गरेछन् । अङग्रेजहरुले त्यो हाम्रो हो, नेपाली दल तुरुन्तै त्यहाँबाट फर्क र हामीलाई नोक्सानी भएकाले त्यसको क्षतिपूर्ति देउ भनी रेवजडेन्ट मार्फत नेपाल दरवारमा विरोध पत्र पठायो । अङग्रेजहरुसंग झैंझगडा भक्ष्रहेकै समयमा राजधानीका करिब आठहजार जति नेपाली सैनिकहरु अघिदेखी खाइपाइ आएको तिर्जा व्यवस्था खारेज गरी नगदी तलब व्यवस्था हामीलाई मान्य हुदैन भनी विरोध गर्दै उर्लन थाले । तिर्जा व्यवस्थामा नगदी तलबभन्दा बढी मूल्यको जिन्सी बाली उठाएर लिन पाइने हुँदा ठेकिएको तलब भन्दा बढी उठीि हुन्थ्यो । यसैले यही प्रथा कायम होस् भन्दै टुँडिखेलमा कबायद खेल्न आगेको बखत फौज आक्रोसित भई उत्तेजक नारासमेत लगाउँदै हातहतियार जमिनमा मिल्काए । यति गरी सकेपछि केही सिपाहीहरुले रङनाथको घरमा गई उनका कामदारहरुलाई लछारपछार गरे । हाम्रो तलब घटाउने कामकुरा अङग्रेज रेजिडेन्टको उक्साहटमा भएको हो भन्ने हल्ला दुई चार जनाले फिँजाउँदा केही फौजी जवान अरु उत्तेजित भई लैनको ढोका सम्म पुगेर चर्को स्वरमा अब कम्पनी सरकारका हुक्म नहीं चलेगा इत्यादि नारासमेत लगाए । यसबाहेक लैनको आसपासमा कुनै अप्रिय घटना भने भएन ।
यसै विषयमा छलफल गर्न रेजिडेन्ट हगसनलाई दरवबरमा बोलाइयो । रेजिडेन्ट आफना सहायक मीर मुन्सीसहित दिउँसो दरवार पुगे । त्यहाँ उनिहरुलाई धेरैबेर अलमल्याएर राखी राती राजारानीले भेटे । त्यसपछि अनेकन बहाना गरी रातभरि दरवारमै राखे । विहान उज्यालो भएपछि मात्र अङग्रेज दल रेजिडेन्सी फक्र्यो । यसरी विना बारण रातभरि दरवारमा डल्लिनु परेकोले क्रुद्ध भएर हगसनले यो कुरा बढाई चढाई कलकत्तामा रिपोर्ट पठाए । रेजिडेन्ट संग भेटघाट भएको भोली पल्ट राजा स्वयम् टुँडिखेलमा उपस्थित भइ फौजलाई संवोधन गरी तीर्जा प्रथा यथावत रहनेछ भनेपछि विद्रो सामसुम भयो । रेवजडेन्टको प्रतिवेदन प्राप्त भएपछि लर्ड अकल्याण्ड निकै ताते र २७ अगस्ट १८४० ई. मा राजालाई सीधा सम्बोधन गरी कडा चेतावनी सहित आफनो मागपत्र पठाए । यिनको पत्रमा नेजालप् फौज आफुले मिचेको कम्पनीको भूमिबाट तुरुन्त हटनु पर्ने, भारतीय मूलका व्यापारीहरुमाथि भइरहेको जोरजुलुम तत्काल हटाइनु पर्ने र पन्जाब आदि राज्यहरुसंग राजनितिक सम्बन्ध राख्न नपाइने इत्यादि थियो ।
गभर्नर जनरलको विरोध पत्र प्राप्त भएपछि नेपाल दरवारमा त्यस विषयमा भम्भीर छलफल भयो । रामनगरबाट फौज फिर्ता भइसकेको थियो र हर्जानाबापत पाँचहजार कम्पनी रुपियाँ पनि लैनमा बुझाइसकिएको थियो, तापनि यो विराधपत्र आएपछि अङग्रेजहरुसंग कलह बढाउनु उचित हुँदैन भन्ने महस२स गरी अङग्रेजविरोधी पुष्करशाह मन्त्रिपण्डललाई हटाएर अङग्रेजसमर्थक फत्तेजंग शाहलाई मुख्तियार पद दिइयो । यसपछि पाँडेसमर्थकहरु विस्तारै हटाइए । यस्तो अवस्था आएपछि पाँडे दलकी भित्री समर्थक जेठामहारानी हताश भइन् र काशी जान्छु भनी तराईतर्फ प्रस्थान गरीन् । तर यिनलाई सदलबल काशी जान अङग्रेज सरकारले अनुमति दिदैन भन्ने बुझिएपछि महारानी हेटौडामा केही दिन विश्राम गरी लाचार भएर राजधानी फकिन् । सन् १८४१ अक्टोबर ६ का दिन यिनी परलोक भइन् । विनको मृत्यु भइपछि कान्छा महारानी राज्यलक्ष्मी सर्वेसर्वा भइन् ।
जेठा महारानीका दुई पुत्र युवराज सुरेन्द्र र साहेबज्यू उपेन्द्र र कान्छा महारानीका दुई छोरा साहेबज्यू रणेन्द्र र साहेबज्यू वीरेन्द्र थिए । गद्यीका उत्तराधिकारी सुरेन्द्र थिए र कान्छा महारानीका पुत्रहरुको रोलक्रम निकै तल थियो । तर महारानी भने जसरी भए पनि युवराज सुरेन्द्रलाई हटाएर आफनो छोरा रणेन्द्रलाई युवराज बनाउन चाहन्थिन । यस्कालागी चाँजोपाँजो मिलाउन एउटा सशक्त भारदार दल उनलाई आवश्यक परेको थियो । यो कामकालागी थापा हरु नै उपयुक्त हुनेछन् र यिनीहरुबाटै मेरो मनोकामना पूरा हुन सक्छ भन्ने यिनले विचार गरिन् । महारानीको भित्री सहयोग पाएर पाँडेहरुको मिचाइमा परेर दुलामा लुकेका थापाहरु फेरी जुर्मुराउन लागे । महारानीको हुकुमबाट थुनामा रहेका केही थापा भारदारहरु छुटे र केही थापाहरु अघि साविक खाईपाई आएको पदमै पुनः बहाल गरिए ।
साभारः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...