Monday, August 19, 2019

तानसेनमा हराउँदै बाघ जात्रा


तानसेनमा हराउँदै बाघ जात्रा
भाद्र २, २०७६माधव अर्याल
पाल्पा — सांस्कृतिक सहर तानसेनमा जनैपूर्णिमादेखि नौ दिनसम्म जात्रा चल्छ रामपुर, हार्थोक, आर्यभन्ज्याङलगायतका नेवारी बस्तीमा केही दिन जात्राको रौनक रहन्छ जात्रासँगै रथयात्रा हुन्छन्
अहिले तानसेन र ग्रामीण बजारमा काम्ले गाई डुलाउने क्रम कम भइसक्यो ाघजात्रा वर्षौंदेखि निस्कन छोडेको छ रथयात्रामा पनि स्थानीयको सहभागिता कम हुँदै गएको

अधिकांश रथयात्राका लागि घरघरबाट चन्दा संकलन गर्नुपर्छ रथयात्रासँगै हिंड्ने शास्त्रीय राग तथा तालमा आधारित भजन टोली छैनन् पाका अग्रजको निधन भइसकेको नयाँ पुस्ता यस्ता पुराना भजनमा रुचि लिँदैन यो मरि पुन्हीमा योमरि बनाउन छाडिएको होलीमा चीर गाड्न, पिचकारी खेल्न कम भएको छ लाखे पनि फाट्टफुट्ट मात्रै निकालिन्छ

संस्कृति बचाउन छाडेका केही उदाहरण हुन् यी यी बाहेक अनेकन् चाडपर्व जात्रा मनाउन छाडिएका छन् पहिले तानसेन ग्रामीण बस्तीमा नेवारहरूको बाक्लो बस्ती थियो समयक्रमसँगै धेरैजसो नेवार आफ्नो व्यापार, व्यवसाय तथा जीविकोपार्जनका लागि थाँतथलो छोडी हिंडे

जिल्लाका अधिकांश नेवार भक्तपुरबाट बसाइँ सरी आएका हुन् काठमाडौं ललितपुरका नेवार पनि आएका थिए त्यसैले पनि सांस्कृतिक सहरका रूपमा परिचित , तानसेन तानसेन मात्र होइन, यहाँका ग्रामीण बस्ती भन्ज्याङ, दोबाटामा नेवार थिए पछिल्लो समय व्यापार अन्य समुदायले पनि गर्न थाले

थातथलो छोडी नेवारहरू जिल्लाबाहिर जान थालेपछि संस्कृति पनि हराउँदै गयो,’ संस्कृतिका जानकार तथा देउराली अध्ययन प्रतिष्ठानका अध्यक्ष मदन श्रेष्ठले भने, ‘बाँकी रहेका नेवारहरूले संस्कृति बचाउन सकिरहेका छैनन्।’ स्थानीय तहको उदासीनताले पनि संस्कृति लोप हुनुको प्रमुख कारण रहेको उनको ठम्याइ

जनप्रतिनिधिविहीन अवस्थामा कर्मचारीले संस्कृति तिमीहरूको आफ्नै हो, आफैं जसरी मनाउन सक्छौ मनाऊ, हामी केही गर्न सक्दैनौं भन्ने गरेकाले पनि संस्कृति लोप हुँदै गएको हो,’ स्थानीय जात्रा पर्वको संरक्षणमा स्थानीय सरकारले पनि चासो दिनुपर्ने उनले बताए स्थानीय सरकारको दायित्व संस्कृति जात्रापर्वको महत्त्वलाई उजागर गर्दै सभ्यता र पहिचान रक्षा गर्नुपर्ने अध्यक्ष श्रेष्ठले सुनाए

संस्कृति जोगाउने चासो
बगनासकाली साहित्य परिषद् पाल्पाले शुक्रबार तानसेनमा ‘पाल्पाका जात्रा, चाडपर्व संरक्षणको चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम गर्‍यो युवा पुस्तालाई भाषा, कला, संस्कृतिबारे बुझाउन नसकिएकाले पनि संस्कृति लोप हुँदै गएको वक्ताको ठहर थियो

संस्कृतिका जानकार निर्मल श्रेष्ठले भाषा, कला, साहित्य र संस्कृतिको विकासबिना सभ्यता र पहिचान हराउने बताए ‘संस्कृति संरक्षणमा नयाँ पुस्तालाई जागरुक बनाउनुपर्छ,’ उनले भने, ‘आर्थिक अभावका कारण परम्परादेखि चल्दै आएको जात्रा लोप हुँदै गएको छ सबै स्थानीय तहले स्रोतको व्यवस्था गरी लोप भएका जात्रा, पर्वको संरक्षण गर्नुपर्छ।’

संस्कृति संरक्षणका लागि सरोकारवाला निकायले वर्षभरि मनाइने जात्रा चाडपर्वको लगत राख्नुपर्नेमा उनले जोड दिए नयाँ पुस्तालाई संस्कृति संरक्षणमा प्रेरित गर्ने संस्कृतिसम्बन्धी पुराना, नयाँ विषयवस्तुलाई संग्रहालयमा सुरक्षित गर्नुपर्ने उनको सुझाव छ स्थानीय तहमा हुने मेला महोत्सवलाई प्रशस्त मात्रामा प्रचार गर्न सकेमा लोपोन्मुख जात्रा पर्वको ंरक्षण हुने उनले बताए
बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले कला, साहित्य, संस्कृति र जात्रा, पर्वको संरक्षणमा ध्यान दिने बताए ‘हामीले बजेटलाई बाटो माटोमा मात्र नसकी आफ्नो पहिचान सभ्यता झल्किने सम्पदा संस्कृति रक्षामा समेत खर्चिने गरेका छौं,’ उनले भने, ‘समग्र जात्रा, पर्वहरूको संरक्षण गर्नमा कुनै असहमति हुन्न।’

पाल्पा साहित्यसमाजका पूर्वअध्यक्ष राजेन्द्रगोपाल सिंहले धर्म, संस्कृतिमा धनी यस जिल्लामा धार्मिक सहिष्णुताको विकास गर्नुपर्नेमा जोड दिए रणउजिरेश्वरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जात्रा, पर्व सञ्चालनको अवस्थाबारे स्थानीय सरकारले चासो लिनुपर्ने बताएप्रकाशित : भाद्र २, २०७६ ०८:२१


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...