Monday, August 26, 2019

पतञ्जलीको जन्म नेपालमा


पतञ्जलीको जन्म नेपालमा
प्रेमनारायण आचार्य, समाज,  ३१ जेठ २०७६ ११:०४:००
अर्घाखाँची : महर्षि पतञ्जलीको जन्म अर्घाखाँचीमा भएको पुष्टीसहित प्राध्यापक डाक्टर विष्णुराज आत्रेयद्वारा लिखित 'पतञ्जली' नामक पुस्तकको लोकार्पण गरिएको छ। 
अर्घाखाँचीको शितगंगा नगरपालिका ३ ठाडादहमा बिहीबार एक कार्यक्रमको आयोजना गरी पतञ्जली नामक पुस्तकको पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर दिनेशराज पन्थ र नेपाल प्रज्ञा प्रष्ष्ठिानका प्राज्ञ प्राध्यापक डाक्टर माधबराज गौतमले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्।
पुस्तकमा महर्षि पतञ्जलीको जन्म शितगंगा नगरपालिका-७ एैरावतीको वलारेपांग्रेमा भएको पुष्टि गरिएको छ। पतञ्जलीको जन्म भएको कारण अहिले अमराइदेखि जुकेना, जलुकेहुँदै लामाताल , ऐरावती जोड्ने सडकको नाम पनि पतञ्जली मार्ग नामांकरण भएको छ।  
पुस्तक लोकार्पण कार्यक्रममा  मन्तव्य राख्दै पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझी, नेपाल प्रज्ञा प्रष्ष्ठिानका प्राज्ञ डाक्टर दिनेशराज पन्थ र नेपाल प्रज्ञा प्रष्ष्ठिानका प्राज्ञ प्राध्यापक डाक्टर माधबराज गौतमले पतञ्जलीको जन्म भएको स्थानको प्रचार प्रसारमा सबैले ध्यान दिनुपर्ने बताए। 
कार्यक्रममा प्राध्यापक ऋषिकेस उपाध्याय, डाक्टर भीष्मकुमार भुसाल, जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने, प्राध्यापक लालमणि पाण्डे, बरिष्ठ अधिबक्ता गोपाल घिमिरे लगायतले मन्तव्य राखेका थिए। 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...