अझै 'बहुपति' प्रथा
हिमाली जिल्ला हुम्लाका केही गाउँमा अहिले पनि
बहुपति प्रथा कायम छ । नयाँ पुस्ताले यसलाई छोड्दै गए पनि पुरानो पुस्ताका
मानिसहरू यसको पक्षमा देखिन्छन् ।
हुम्ला बरगाउँका धर्म लामाका तीन दाजुभाइकी
एउटी श्रीमती छिन् ।
धर्म, बुद्धि
र च्या-नर्बु लामा पालो मिलाएर घर बस्छन् । एउटाको भागमा चार महिना पर्छ । एक्ली श्रीमतीले तीनैजनालाई माया बाँड्न
भ्याएकी छन् ।
यो क्षेत्रमा बहुपति प्रथा स्विकार्ने यो एक्लो परिवार होइन । बाहिरी दुनियाले अनौठो मान्ने परम्परा हुम्लाका लामा समुदायमा भने अझै कायम छ । बहुपति प्रथामा दाइले जसको सिउँदोमा टाँसी (चौरीको घ्यू) लगाएर बिहे गर्छन्, भाइहरूले उनैलाई श्रीमती स्विकार्नुपर्छ । बहुपति बिहेको आफ्नै संस्कार छ । तर, अरू समुदायबीच धेरै चर्चा हुन थालेपछि पहिलेजस्तो धुमधामसँग विवाह हुन छाडेको वर्षौं भइसकेको छ । 'पढे-लेखेकाहरू सुटुक्क स्विकार्छन् । लाज मान्छन्,' बरगाउँ गाविसका पूर्वअध्यक्ष पदम लामा भन्छन्, 'आफ्नो संस्कृति मान्न किन लाज मान्नुपर्यो ।'
पहिले लामाहरू बथानका बथान भेडाबाख्रा र चौरी पाल्थे । ऊन र जडीबुटी बेच्न तिब्बत जान्थे । जडीबुटीसँग अन्न र नुन साट्न अछामका तल्लो भैसले-माथिल्लो भैसलेसम्म पुग्थे । त्यहाँ उनीहरूको लालपुर्जै भएको चरन क्षेत्र छ । एउटा भाइ तिब्बत पुग्दा अर्को भेडाबाख्रा चराउन अछाम हुन्थ्यो । दाजुभाइको भेटै हुन्थेन । व्यापार गर्ने र घर कुर्ने बेग्लै हुन्थे । त्यसैले बहुपति प्रथा सहज थियो । तर, ०४६ पछि सामुदायिक वनको अवधारणा आयो । भेडाबाख्रा चराउन मुस्किल पर्यो । सामुदायिक वनका उपभोक्ताहरूले जरिवाना गर्न थाले । ५५ वर्षीय पदम लामा भन्छन्, 'भेडाबाख्रा बेचेपछि सबै घर बस्न थाले । बेरोजगार भएपछि श्रीमती भेट्न लाइन बस्नुपर्ने भयो । त्यसैले छुट्टाछुट्टै स्वास्नी राख्ने चलन सुरु गरायो ।'
हिउँदमा भारतका श्रीनगर र कास्मिरबाट मुगा ल्याएर तिब्बत लगेर बेच्थे । पहाड र तराई झरेर अन्नसँग जडीबुुटी साट्थे । उता एउटा भाइले घर धानेर बसेको हुन्थ्यो । सबैभन्दा राम्रो पक्ष भनेको कहिल्यै आर्थिक संकट हुँदैनथ्यो । ५० वर्षअघि २४ घर रहेको बरगाउँमा अहिले ५२ घर मात्र छन्, ती पनि एकै परिवारका दुई/तीनवटा जोडेर । तर, बहुप्रथा नरहेको बाहुन-क्षत्री समुदायको त्यत्तिकै घरधुरीको बरगाउँदेखि तलको ठेहे गाउँमा ४ सय ५० घर पुगिसकेका छन् । बरगाउँ हुम्लाको सम्पन्न गाउँ हो भने ठेहे सबैभन्दा गरिब गाउँमा पर्छ ।
बहुपति प्रथाका धेरै फाइदा रहेको बताउँछन्, गाविस पूर्वअध्यक्ष लामा । 'जग्गा र सम्पत्ति बाँडिन्न । घर फुट्दैन । मिलेर बस्ने संस्कृति बन्छ,' उनी भन्छन् । उनलाई सघाउँदै ५७ वर्षीया पत्नी निमा याङजुम थप्छिन्, 'लामा जातिको परिवार नियोजन भनेकै बहुपति प्रथा हो । ४/५ दाजुभाइका ४/५ छोराछोरी हुन्छन् । न सम्पत्ति अंशबन्डा गर्नुपर्छ, न झगडा हुन्छ ।'
उच्च शिक्षा लिएका र स्वरोजगार केही युवाहरूले बिद्रोह गरेर अर्को बिहे पनि गरेका छन् । तर, लामा बाहुल्य रहेका गाउँहरूमा बहुपति प्रथा रोकिएको छैन । बरगाउँका नर्बु र यामबहादुर लामाले एउटै पत्नी स्विकारेका छन् । त्यस्तै, लुन्डुप र राया लामाका पनि एउटै पत्नी छिन् । लिमी उपत्यकाका ४० वर्षीय कुन्जुक छिमी लामा भन्छन्, 'एउटा भाइ गुम्बालाई हो । अरू सबैको एउटै श्रीमती हुन्छ । सबै राम्रै चल्छ ।'
बरगाउँकै सुनाम लामाले विद्रोह गरेर अर्को बिहे गरेका छन् । त्यसो गरेबापत सुनाम परिवारबाट बहिष्कृत छन् । परम्परा तोडेर छुट्टै श्रीमती राख्नेहरूले पुख्र्यौली सम्पत्ति पाएका छैनन् । न त, पारिवारिक जमघटमा उनीहरूको सम्मान हुन्छ ।
पदम एक्ला छोरा हुन् । त्यसैले निमा याङजुमलाई बहुपति स्विकार्नुपरेन । उनीहरूका दुई छोरा छन्, गोविन्द र कार्बु । गोविन्दको बिहे भई दुई नातिसमेत भइसकेका छन् । तैपनि, पदम कान्छोछोराले भाउजूलाई श्रीमती स्विकारोस् भन्ने चाहन्छन् । 'मेरो इच्छा कान्छोले स्विकारोस् भन्ने छ । रहर गरेर बिहे गरे दुःख पाउँछ,' उनले सुनाए, 'एक हात, एक डाडु-पन्यु नभए आइमाई मिल्दैनन् । परिवार भाँडिन्छ, सम्पत्ति बाँडिन्छ ।'
'बहुपति' प्रथाबाट विद्रोह गरेर छुट्टै श्रीमती राख्नेहरू धेरैजसो गाउँबाहिर छन् । एक दर्जन त्यस्ता युवाहरू सदरमुकाम सिमकोटमा डेरा लिएर बसेका छन् । विद्रोह गर्नेमा धेरैजसो कान्छो भाइ छन् । तर, बरगाउँस्थित लिमाटाङ गाउँका रिन्जी लामा अपवाद भएका छन्, जो परिवारका जेठो सदस्य भए पनि आफैं विद्रोह गरेका छन् । परम्परागत मागी विवाह गरेर श्रीमती भित्र्याए पनि पछि उनी आफैंले विद्रोह गरे । दोस्रो विहे गरेपछि उनी घर फर्केका छैनन् । चार दाजुभाइ भए पनि बहुपति स्वीकारेकी श्रीमती अहिले माइला भाइसँग छिन् ।
शिक्षित युवतीहरू बहुपति प्रथा रुचाउँदैनन् । कतिपयले परम्परा धान्ने र घर भाँडिन नदिने भन्दै त्यही नरुचाएको विवाह स्विकारेका छन् । २२ वर्षीया छिरिङ जाङ्मु लामा बहुपति विवाह आफ्नो जातिको संस्कार भए पनि नअँगाल्ने बताउँछिन् । 'महिलालाई धेरै भार हुन्छ । घरको काम, धेरै भाइहरूको यौन तृष्णा मेटाउन गाह्रो हुन्छ,' उनी भन्छिन् । प्लस टु पढ्दै गरेकी लामा अहिले स्थानीय गैरसरकारी संस्थामा सामाजिक परिचालक छिन् ।
बरगाउँ-७ की २१ वर्षीया छपाल लामा भने अलि फरक सोच्छिन् । बहुपति प्रथाले अरू जे जस्ता समस्या ल्याए पनि महिलालाई घरमुली बनाएकोमा उनलाई राम्रो लाग्छ रे । 'भाइ-भाइ छुट्टिनु पर्दैन । अंशबन्डा हुन्न । सबैको कमाइ एकै ठाउँ आउने हुँदा आर्थिक अवस्था सुधि्रन्छ,' उनी भन्छिन्, 'पुरानो संस्कार हो । फाइदा-बेफाइदा दुवै छन् ।' क्यामा लामा भने बहुपति प्रथाले महिला शोषणमा परेको बताउँछिन् । जेटीए अध्ययनरत उनी बहुपति विवाहले महिलालाई शारीरिक र मानसिक तनाव हुने ठान्छिन् । 'धेरै भाइहरूको चित्त बुझाउनुपर्ने बाध्यता एकातिर हुन्छ भने अर्कोतिर घर सम्हाल्नुपर्छ,' उनले भनिन्, 'आफ्नो इच्छा नलागेको मान्छेलाई पनि लोग्ने मान्नुपर्ने परम्परा युग सुहाउँदो छैन ।'
सिमकोट-८ बुरउसेकी २० वर्षीया जुम्कित लामा बहुपति विवाहलाई राम्रो मान्दिनन् । मानसरोवर उच्च माविमा कक्षा १२ मा अध्ययनरत उनी अहिले पनि बहुपति विवाह गर्नु लोभमा पर्नु भएको ठान्छिन् । 'आफ्नो इच्छाविपरीत सबै भाइहरूलाई लोग्ने मान्नुपर्ने चलन महिला अधिकारविरोधी छ । राज्यले रोक्नुपर्छ,' उनले भनिन् ।
बहुपति प्रथामा विद्रोहको सुरुवात ५० को दशकको अन्त्यतिरबाट सुरु भएको मानिन्छ । ०४८ सालको निर्वाचनमा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले ०५० सालतिर प्रेमविवाह गरे । पाँच भाइकी एक्ली श्रीमती घरमा हुँदाहुँदै एकल श्रीमती भित्र्याएका उनी एकैसाथ विवाद र चर्चामा तानिए । 'बहे गरेर पढ्न गएँ । घरकी श्रीमती भाइहरूसँगै छिन्,' लामा भन्छन्, 'म घुमिरहनुपर्ने मान्छे । बायोलोजिकल निडले पनि अर्को बिहे गर्नुपर्ने भयो ।' कान्छा भाइले पनि विद्रोह गरेर एकल बिहे गरे । त्यसयता, हुम्लामा बहुपति प्रथामा विद्रोह सुरु भएको मानिन्छ । उच्च हिमाली भेगमा रहेको 'क्याराभान' अर्थतन्त्रले बहुपति प्रथा उपयुक्त रहे पनि आधुनिकतासँगै त्यो हट्नुपर्ने उनी ठान्छन् ।
बहुपति प्रथाका शोधकर्ता खिमु केसी परम्परागत व्यापार प्रणाली र आर्थिक-सामाजिक परिस्थितिले लामा जातिभित्र बहुपति प्रथाले निरन्तरता पाएको बताउँछन् । हुम्लामा लामा समुदायको जनसंख्या २४ प्रतिशत छ । तीमध्ये झन्डै ६० प्रतिशत निरक्षर छन् । यो समुदायमा अझै पनि १५ प्रतिशत बहुपति विवाह हुने गरेको पाइएको छ । त्यसैले शिक्षा र आधुनिकीकरणले युवा पुस्ताले उक्त प्रथा नरुचाए पनि पुरानो पुस्ताको दबाबका कारण हुम्लाका लामा समुदायमा अझै केही वर्षसम्म बहुपति प्रथाको अस्तित्व रहने उनी ठान्छन् । शोधकर्ता केसी भन्छन्, 'बहुपति धेरै पुरानो संस्कृति हो । जतिसुकै परसंस्कृति ग्रहण बढ्दै गए पनि जरो गाडेको प्रथा हट्न अझै केही वर्ष लाग्न सक्छ ।'

प्रकाशित : फाल्गुन १७, २०७० १२:३९