प्रमोदशमशेर राणा, राणाशासनको वृतान्तको १६औं श्रृँखला
भीमसेन थापाको कार्यकालमा अङग्रेजसंग युद्ध हुुँदा हान हुन गई नेपालले गुुमाउनुपरेको भूूभाग म फिर्ता गराउँछुु भनी काजी रणजङ्ग पाँडे निकै फूर्ती गर्थे । तर यिनले भन्दैमा अङग्रेजहरुले सो भूूभाग नेपाललाई त्यसै फिर्ता दिने कुुरा थिएन । पाँडेले केही ठोस काम गरेर देखाउन सकेनन् र केही महिना पछि अवकाश पाए । यसपछि यहाँको राजनीतिमा अस्थिरता आउन सुुरु भयो । एकपछि अर्को गरी मुुख्तियारहरु फेरिन थाले । रणजङ्ग पछिको मुख्तियार रङनाथ नौ महिना नप’दै झिकिए । यसपछि पुुष्कर शाहसमेतको संयुुक्त मन्त्रिमण्डल गठन भयो । छ महिनापछि यो संयुक्त सरकारमा रणजङ्ग पाँडे मुुख्य भए । यिनी अङग्रेजहरुको कट्टर विरोधी हुुँदा यिनलाई हटाउन अङग्रेजहरुले निकै प्रयास गरे ।
सन १८३५ मा अर्ल अफ अकल्याण्ड गभर्नर भनरल भएर भारतमा आए । यिनको कार्यकालमा अफगानिस्तानसंग अङग्रेजको ठुुलो खटपट भयो । त्यस बखत पर्सिया रुसको प्रभाव क्षेत्रमा जान लागेकाले त्यसको पूूर्वपट्टिको अफगानिस्तानमा आफनो पक्षको शासक राख्न अङग्रेजहरु चाहन्थे । यसै कारण सन १९३७ मा काबुुलमा एउटा सिन पठाएर अनीहरुले वार्ता गर्ने प्रयास गरे तर सफलता प्राप्त गर्न सकेनन् । अकल्याण्डले बल प्रयोग गरी आफना कठपुुतली शाहलाई कान्दाहारमा गद्दीमा राखे । तर सन् १८४० मा दोस्त महम्मदले यिनलाई पदच्यूुत गरी अङग्रेजहरुको विरुद्ध युद्ध शुुरु गरे । यो लडाईमा अङग्रेजहरुले हारे । झण्डै दुुई डिभिजन फौज काबुुलबाट हारेर फर्कन लाग्दा अफगान गुुरिल्लाहरुले ठाउँ ठाउँमा यिनीहरुमाथि लुुकेर आक्रमण गरी सात्तर पारे । यसरी अङग्रेजको फौज हारेर भागेको खबर काठमाण्डौ आइपुुग्यो ।
संयोगवश यसै समयमा चीन संग अफिम युद्ध पनि परेकाले अङग्रेजहरुको ठुलो फौज चीनमा पनि जानुपरेको थियो । यस्तो परिस्थितिमा कहाँ के हुने हो भनी अकल्याण्ड निकै चिन्तित थिए । नेपालको सीमाबाट पनि कदाचित खतरा उत्पन्न भएमा त्यसको समाधान गर्नुुपर्छ भनी यिनले केही फौज त्यस तर्फ पनि सतर्क गराएर राखेको थिए ।
साभारः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा