Thursday, August 08, 2019

गुरही पर्व


यसरी मनाइँदै छ गुरही (तस्बिहरु)
नेपालगन्ज — मुलुकभरी नागपञ्चमी मनाइरहँदा पश्चिम तराईका थारु समुदायले सोमबार साँझ गुरही पर्व मनाई रहेका छन् । उनीहरुले नाचगान गर्दै पर्व मनाएका हुन । थालभरी (गुरही) कपडाले बनाइएका पुतली र युवाहरुको हातमा लठ्ठी र (बनकास) बाबियोको कोर्रा लिएर तयारी अवस्थामा रहे । महिलाहरुले गुरही उडाए । युवाहरुले लठ्ठी र कोर्राले पिटे । गुरही असराएलगत्तै घुघरीको प्रसाद सबैले खाए । महिलाहरु रामाउँदै घर फर्किए । रोपाई सकिएपछि यो पर्व मनाइने छ । यसलाई वर्षभरीको पहिलो पर्वका रुपमा मनाइन्छ । बालीनालीमा किरा नलगोस् भनेर नै गुरही पिटिन्छ 


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...