Monday, August 26, 2019

अंग्रेजलाई हराएको दिनको सम्झनामा विजयोत्सव


अंग्रेजलाई हराएको दिनको सम्झनामा विजयोत्सव
२०७६ भदौ ७ शनिबार १६:५७:००
अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा शनिबार पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरमा २०१ औँ विजयोत्सव जात्रा मनाइएको छ । जात्रा हरेक वर्ष भाद्र नवमीका दिन मनाउने चलन छ । जात्रामा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको समेत उपस्थिति रहेको थियो ।

जात्रामा नागरिक उड्यन तथा पर्यटन मन्त्रालयका सचिव केदार अधिकारी, रक्षासचिव रेश्मीराज पाण्डे, जिल्लाका केन्द्रीय तथा प्रदेश सांसद, जिल्लाका नेता, नेपाल सरकारका कर्मचारी, उद्योग वाणिज्य संघ, व्यापार संघ, विद्यार्थी, विभिन्न टोल विकास समितिका सदस्यलगायत सहभागी भएका थिए ।


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...