Tuesday, August 20, 2019

कहीँ नहुने जात्रा खोकनामा


कहीँ नहुने जात्रा खोकनामा
ललितपुर — गाईजात्रादेखि लगातार तीन दिन खोकनामा फरक दृश्य देखियो कोही नेवारी परम्परागत बाजा खिँ (मादलजस्तै) बजाउँदै थिए, कोही नाच्दै सेतो पोसाक लाएका केही मान्छे भने खँड्कुलोमा गाग्री, करुवा, कलशलगायतका सामग्री डोहोर्‍याउँदै थिए
एकै दिनमा सुरु हुने भएकाले धेरैले यसलाई गाईजात्रा नै माने स्थानीयबासी भने यो जात्रालाई ‘धँज्या’ भन्छन् परम्परागत कृषि प्रणालीसँग जोडिएको धँज्याकै दिनदेखि यहाँका किसानहरू आराम गर्छन्

धँज्याको अर्थ नै आराम गर्नु भन्ने लाग्छ,’ स्थानीय संस्कृतिका ज्ञाता अशोक महर्जनले भने, ‘असार र साउन महिनाभरि लगातार काम गरेपछि यही दिनदेखि किसानहरू आराम गर्न थाल्छन् दसैंसम्म काम हुँदैन दसैंको बेला ‘मुँज्या’ पर्व सुरु भएपछि फेरि कामको अर्को सिजन सुरु हुन्छ किसानहरू धान–मकै भित्र्याउन हिउँदेबाली लगाउनतिर लाग्छन्।’

किराँत समुदायमा प्रचलित ‘उँधौली र उँभौली’ जस्तै खोकनामा पनि मुख्य गरी पर्वहरू ‘धँज्या र मुँज्या’ दुई पक्षमा बाँडिएको उनले बताए यी दुवै पर्व खेतीपाती कृषि प्रणालीमा आधारित छन् ‘यहाँको संस्कृतिको भित्री पाटो नबुझ्नेहरूले धँज्यालाई गाईजात्रा मान्छन् यहाँ आउँछन्, तस्बिर खिच्छन् र बाहिरिया चस्माले हेरेर यहाँको संस्कृति व्याख्या गर्छन्,’ नेपाल सांस्कृतिक पुनर्जागरण केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका अशोकले गुनासो गरे, ‘खासमा यस्ता जात्रा खोकना र भक्तपुरको नगदेशबाहेक कहीँ पनि हुँदैन गाईजात्रा झन्डै चार सय वर्ष अगाडि प्रताप मल्लले चलाएका हुन् तर खोकनाको संस्कृति गोपाल वंशको पालादेखिकै देखिन्छ।’

नेवार समुदायको पर्व ‘सापारु’ को दिन पारेर प्रताप मल्लले जात्राको घोषणा गरेको भएर मानिस झुक्किन पुगेको उनले दाबी गरे त्यसअघि नै कृषि सभ्यता अनुरूप उपत्यकामा गाई पाल्ने गोपालहरूले ‘सापु’ पर्व चलाएका थिए ‘‘सापारु’ को अर्थ गाईलाई मान्ने पहिलो दिन हुन्छ, यही दिनदेखि पर्व सुरु भएर पन्ध्रौं दिनमा गाईको पूजा गर्ने चलन खोकनामा छ

यो गोपाल वंशको पर्व हो,’ उनले भने, ‘त्यही भएर खोकनालाई नेवार परम्पराकै आदि थलो मानिन्छ यहाँ पन्ध्रौं दिनमा हुने गाईको पूजा पनि अन्त कतै प्रचलनमा छैन।’ खँड्कुलोमा भाँडाकुँडा राखेर डोहोर्‍याउने चलन पनि ‘मृतआत्मको स्वर्ग बास’ सँग नजोडिएको उनले बताए ‘खोकनाका स्थानीयबासीमा यस्तो विश्वास नै छैन,’ उनले भने, ‘यो विशुद्ध कृषि सभ्यतासँग जोडिएको आराम गर्ने पर्व हो।’

यसरी डोहोर्‍याउँदै लाने भाँडाकुँडाचाहिँ खोबहाल (इन्द्रायणी मन्दिर) मुनि रहेको नासद्यौमा लगेर पूजा गरी घरघरमा भित्र्याइन्छ यही बेला विभिन्न नेवारी बाजागाजा बजाउँदै दाफा खलः (गीत गाउने समूह) गुँला पुजा गर्न खोबहाल आउँछन्, अहिले यो जारी नै छ वडा अध्यक्ष रवीन्द्र महर्जनले पनि खोकनाको जात्रा पर्व संस्कृति बाहिरी नेवार समुदायसित नमिल्ने बताए उनका अनुसार ‘धँज्या’ पर्व पहिलेपहिले दिनसम्म हुन्थ्यो अहिले तीन िनमा झरेको छ

यो बेला विभिन्न समूहले ख्यालः (नाटक) निकाल्ने परम्परा पनि थियो अहिले यो हरायो ‘खोकनाको मौलिकतामा माथि गम्भीर अध्ययन गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘संस्कृति र परम्पराको हिसाबले उपत्यकाकै पुरानो सभ्यता यहाँबाट सुरु भएको देखिन्छ ऐतिहासिक दस्तावेजहरू पनि त्यस्तै बताउँछ तर, बाहिरी संस्कृतिको प्रभावले मौलिक परम्परा गुम्दै गइरहेको छ।’

वडाले पनि यसपटक संस्कृति संरक्षण र सर्म्वद्धनको योजनालाई प्राथमिकतामा राखेको उनले बताए ‘हामीसँग रहेको नेपाल सम्वत् ६१० को दस्तावेजले सहकारीमूलक कृषि प्रणाली उतिबेलै खोकनामा सुरु भएको बताउँछ,’ अशोकले भने, ‘त्यस हिसाबले संसारमै पहिलोपटक सहकारी मोडल यहाँबाट सुरु भएको देखिन्छ तर, खोकनाको संस्कृतिको खासै प्रचारप्रसार भएन।’

मुँज्या पर्वचाहिँ घटस्थापनाको पाँचौं दिनदेखि सुरु हुन्छ यसको अर्थ हुन्छ, मुख्य काम गर्ने नौ दिन मुँज्या पर्व मनाएपछि यहाँका किसान खेतमा पस्छन्, धान र मकै भित्र्याउन मुलुकभर दसैं मानिरहेको बेला खोकनामा भने जमरा राखिन्छ टीका नै ‘यहाँ दसैं नै मनाइँदैन,’ अशोकलेभने, ‘यो कुरा पनि बाहिरी दुनियाँलाई थाहा छैन।’प्रकाशित : भाद्र ३, २०७६ ०८:२८


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...