Saturday, August 10, 2019

ललितपुरमा पञ्चदान पर्व


ललितपुरमा पञ्चदान पर्व मनाइँदै (तस्बिर)
अन्नपूर्ण समाज  २३ साउन २०७६ १३:२५:००
काठमाडौं : बौद्ध दर्शनमा दानको महत्व दर्साउने पञ्चदान पर्व बिहीबार मनाइँदै छ। यो पर्व काठमाडौं उपत्कासहित काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत मनाइन्छ।
यस पर्वमा बौद्धमार्गी नेवारले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाइ अन्न, फलफूल र दक्षिणा दान दिन्छन्। बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी हुन्छन्।
पञ्चदानमा दीपंकर बुद्धलाई पूजा गर्ने चलन छ। यो दिन भिक्षु शाक्य वज्राचार्यलाई पञ्चदान दिइन्छ। यो विशेषत दानसँग सम्बन्धित पर्व हो। अघिल्लो दिन दिपंकर मूर्तिलाई सजाइन्छ। पञ्चदानका दिन चामल, गहुँ, केराउ, खीर, नुन आदि दान दिने गरिन्छ। दिपंकरसँगै भिक्षु तथा शाक्य, बज्राचार्यलाई नेवार बौद्ध धर्मावलम्बीले दान दिने गर्छन्। 
पञ्चदानलाई पंजदान (पंजरां) पनि भनिन्छ। धर्तीमा उब्जेको पाँच प्रकारका अन्न तथा फलफुल दान गरिने भएकोले यो पर्वलाई पञ्चदान भनिएको हो। पञ्चदानकै दिन दिपंकर बुद्धले पहिलोपटक दान ग्रहण गरेको जनविश्वास रहेको छ। दिपंकर बुद्ध शाक्यमुनि बुद्धलाई बुद्ध हुने भविष्यवाणी गर्ने बुद्ध मानिन्छ। यो पर्वमा कुमारीलाई पनि निकालेर अवलोकन गराउने प्रचलन छ । 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...