Friday, August 09, 2019

कौरा खोज्दै गुरुङ समुदाय


कौरा खोज्दै गुरुङ समुदाय
श्रावण २४, २०७६विना थापा
कास्की — पछिल्लो समयमा विभिन्न समुदायको संस्कृति हराउँदै गएसँगै जगेर्नाको प्रयास पनि थालिएको छ यसै क्रममा पोखरा–२२ तालपारी अनदु गुरुङ समाजले कौरा नृत्य लोप हुन लागेको भन्दै संरक्षण अभियान थालेको  
समूहका सदस्य डेढ घण्टा समय लगाएर पोखरा बजारमा आएर नाच सिक्न थालेका छन् गाउँमा सिकाउने कोही नभएपछि समूह पोखरा झरेर सिक्न थालेको हो

पोखरा–८ चालिसेचोकमा रहेका आदिम कला मञ्चमा पुगेर कौरा सिकेको समाजकी सदस्य मीना गुरुङ बताउँछिन् ‘हाम्रो संस्कृति कौरालाई पुनः ब्युँताएर संरक्षणका लागि सिक्न थालेका हौँ,’ उनले भनिन्, ‘नृत्य सिक्ने २६ जना छौं।’ उनीहरू तालपारीदेखि लेकसाइड तालबराहीसम्म ३० मिनेटसम्म फेवातालमा डुंगा चढेर आउँछन् त्यसपछि ४५ मिनेट जति बस चढेर मञ्चमा पुग्छन्

सानोमा कौरा नाचेको सम्झना गर्दै, बूढापाका नभएको र युवा बिदेसिएपछि नाचका लागि हामी नै अघि बढेका हौं,’ ५२ वर्षीय जगन गुरुङ भन्छन्, ‘गाउँमा नचाउने कौरा यहाँ दिने भएकाले हाम्रो सामुदायले नाच सिकेर पछिको युवालाई हस्तान्तरण गर्नुपर्छ भनेर आएका हौं।’ कौरालाई जगाए पछिको समयमा विकृतिका रूपमा आएको हिन्दी गीतहरू लगाएर नाच्ने प्रचलनलाई समेत हटाएर आफ्नै संस्कृतिभित्र पर्ने कौरालाई संरक्षण गर्ने सहयोग यसले गर्ने उनले बताए

साता दिनदेखि उनीहरूले नृत्य सिक्न लागेका हुन् एक महिनामा सिकिसक्ने उनीहरूको योजना गाउँमा फेरि कौरा नाच्न लागेको देखेर निकै खुसी लागेको नाच हेरिरहेकी ८० वर्षीया काकिरी गुरुङ बताउँछिन् युवा गाउँ बसेको भए, कौराको संरक्षण हुन्थ्यो तर सबै विदेश गएकाले पनि संरक्षण गर्न नसकिएको उनी सुनाउँछिन्

गुरुङ, मगर र दुरा समुदायका संस्कृतिभित्र पर्ने कौरा सिकाउँदै आएको कला मञ्च सञ्चालक लब्सन गुरुङले बताए कौरासंगै सोरठी, रोधीलगायत नाच यहाँ सिकाइन्छ एक दशक अवधिमा उनले १०हजार बढीलाई विभिन्न नाच सिकाइसकेका छन्प्रकाशित : श्रावण २४, २०७६ ०८:४०


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...