Tuesday, January 21, 2020

चोत्लुङमा लिम्बू मौलिकता


चोत्लुङमा लिम्बू मौलिकता
(तेह्रथुम) — प्रकृतिपूजक मानिने लिम्बू जातिले ढुंगा र माटोको विशेष पूजाआजा गर्छन् ढुंगालाई विशेष देवताको रूपमा पूजा गर्ने लिम्बू जातिको धेरै पुरानो संस्कार हो लिम्बू समुदायको धर्मग्रन्थको रूपमा लिइने मुन्धुममा ढुंगालाई विशेष महत्त्व दिएको जन्मँदा ा मृत्यु हुँदा लिम्बू जातिले ढुंगालाई प्रयोग गर्छन् 
लालीगुराँस नगरपालिका वसन्तपुरमा रहेको चोत्लुङ पार्कमा शनिबारदेखि शुरु किरात समुदायको उँधौली मेलामा लिम्बु समुदायको जन्म, मृत्यु, विवाह, उँभौली, उँभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित सामाग्री राखिएका छन्

मेला आयोजना स्थलमा लिम्बू जातिको जन्मदेखि मृत्यु संस्कारसम्ममा प्रयोग हुने ढुंगाहरू देशविदेशबाट संकलन गरेर राखिएको छ मेलामा यी पर्व संस्कारमा आधारित आवश्यक सामानसमेत राखिएको पार्कलाई लिम्बूहरूको चोत्लुङ (सिद्धिस्थल) को रूपमा विकास गरिएको मेला आयोजक लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले बताए

मुन्धुमका अनुसार चोत्लुङ भनेको लिम्बूहरूले चिताएको कार्य पूरा गर्ने, शिर उठाउने पवित्र ठाउँ अर्थात् पुर्ख्यौली थलो हो पार्कमा पाहुना स्वागत तथा मेजमानी घर, कुलदेवी युवाले तान बुनेर बसेको ठाउँ, युमाले तान लगाउँदा धागो टाँगिएको ठाडो ढुंगो, युमाले आफ्ना सामान बिसाएको ठाउँ, लगन गरिने संस्कारमा बेहुला–बेहुलीको आयु तौलिने ठाउँ, नुनतेल चोखिने/शुद्धि हुने ठाउँ, देवीदेवतालाई थान–थपना दिने ठाउँ, दाँत नउम्रिएका बच्चाहरूको सिद्धिस्थल जगाउने ठाउँलगायत स्थापना गरिएको छ जन्मदेखि मृत्युसम्म लिम्बू जातिको संस्कार पृथक् यो संस्कारलाई जीवित राख्न सकियो भने मात्र पनि लिम्बू संस्कार हेर्न, बुझ्न, अध्ययन र अनुसन्धान गर्न आउने देशीविदेशीहरूको संख्या बढ्ने नगर प्रमुख माबोहाङले बताए पार्कका विभिन्न स्थानमा राखिएका ढुंगामा यस्तै संस्कार झल्किने आकृति कुँदिएका छन्

गत वर्ष १४ लाख रुपैयाँको लागतमा पार्क निर्माण गरिएको नगर प्रमुख माबोहाङले बताए पार्क परिसरमा सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ सहर आयोजना कार्यालय वसन्तपुरले यस वर्ष २८ लाख रुपैयाँ खर्चेर युमा संग्रहालय बनाएको छ

संग्रहालयको शनिबार मेलाको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ (बैरागी काइँला) ले उद्घाटन गरेका हुन् संग्रहालयमा लिम्बू समुदायले प्रयोग गरेका ऐतिहासिक, धार्मिक, सांस्कृतिकलगायत महत्त्वका सामग्री राखिएका छन्

पार्क र मेलाले यस क्षेत्रमा लिम्बू जातिको जातीय संस्कारमा आधारित सांस्कृतिक पर्यटनको विकास हुने कार्यक्रमलाई सम्बोधन गर्दै बैरागी काइँलाले बताए नेपालमै पहिलो पटक निर्माण भएको लिम्बू जातिको जातीय संस्कारमा आधारित पार्क नम्बर प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने उनको भनाइ छ

पार्कमा निर्माण गर्न लागिएको संग्रहालयमा लिम्बू जातिले पूर्वमा राज्य गर्दा प्रयोग गरेका हात हतियार तथा पुरातात्त्विक समानहरू, पूर्वका माँझ किरात, वल्लो किरात र पल्लो किराँत क्षेत्रको राज्य सञ्चालनताका सीमा जोगाउन प्रयोग गरिएका ढुंगा तथा घरेलु हातहतियारसमेत राखिएका छन्

प्रकाशित : पुस ६, २०७६ ०८:३८


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...