Saturday, January 18, 2020

धमिलिँदै गएको तस्बिर


धमिलिँदै गएको तस्बिर
यहाँ अरू नै कसैका सम्झनाका प्रसंगहरू छन् व्यक्ति पंक्तिकारको आमा हो जीवनकालमा उहाँले देखेर/सुनेर/पढेर पनि सहजै सेयर गर्नुभएन जे धेरथोर भए, त्यसको केही रूप यहाँ दिइएको छ
माघ ४, २०७६सौरभ
आफ्ना अर्थहीन कुराहरू पनि असंख्यलाई महत्वपूर्ण लाग्छ । तर, त्यसमा सार्वजनिक रुचि हुनुपर्छ भन्ने छैन 
सञ्चारले जति दबाब दिए पनि पंक्तिकार आफूसँग भने त्यस्ता कुनै कुरा छैनन् यसैले यहाँ अरू ै कसैका सम्झनाका प्रसंगहरू छन् व्यक्ति पंक्तिकारको आमा हो जीवनकालमा उहाँले देखेर/सुनेर/पढेर पनि सहजै सेयर गर्नुभएन जे धेरथोर भए, त्यसको केही रूप यहाँ दिइएको छ
विक्रम संवत् १९९७
रगतले पूरै भिजेको लुगा देउलाले फुकालेर बगरमा फाले, दशरथ चन्दलाई सोलामा चढाइसकेपछि तर, त्यहाँ दशरथ चन्द मेरो आफन्त हो भन्न कोही पनि आएन आएको भए देउलाले त्यो संस्कार गर्नु पर्दैनथ्यो आज दशरथलाई मेरो नातेदार भन्ने चन्दहरू त्यतिबेला कहाँ थिए? उहाँ प्रश्न गर्नुहुन्थ्यो खोलाको वारि बगरबाट सत्र वर्षको उमेरमा त्यो दृश्य देखेकी उहाँ चन्द थरलाई रुचाउनु हुन्नथ्यो गंगालाल त्यही केटो हो, जो आफ्नो काकालाई भेट्न छेत्रपाटीमा धाइरहन्थ्यो? श्रेष्ठ पक्राउ परेपछिको सनसनाहटमा उहाँको पहिलो प्रश्न थियो किनभने गंगालालका काकाको त्यो घर हाम्रै घरपारिपट्टि सडकमा थियो (हाम्रा आफ्ना दुई घरचाहिँ बहादुरशमशेर राणाले २००३ सालमा जबर्जस्ती लिइदिएका थिए आफ्ना मानिसहरू राख्न, जुन अहिले जुद्धोदय हाइस्कुलसँगै पश्चिमपट्टि सडकमै थियो)

एक्लै बस्न सक्दिनस् भने पोइल जा !’ पतिलाई ज्यान सजाय नदेऊ भन्दै आफ्नो मोटरअगाडि पसारो पर्न आएकी हसिना श्रेष्ठलाई जुद्धशमशेरले निकृष्ट दर्जाको जवाफ दिएका थिए उनका छोराहरू के गर्दै होलान् अहिले? उहाँ निरन्तर उत्तर खोजिरहनुहुन्थ्यो
शुक्रराज शास्त्रीको लास हेर्न टेकुको उत्तरी भिरालो बाटो ओर्लेर सेतै कपाल र सेतै लामो दाह्री भएका माधवराज जोशी आए झुन्ड्याइरहिएका छोरालाई हेरे र वरिपरि घुमेर नमस्कार गरे ‘तिमीजस्तो बहादुर छोरालाई सलाम ! भन्ने एक वाक्य सबैले सुन्ने गरेर बोले त्यसपछि फनक्क फर्केर उही उकालो उक्लेर हराए पछिसम्म त्यो दृश्यले विष्मित हुनुहुन्थ्यो उहाँ
शास्त्री परिवारसँग उहाँको पाँच–सात वर्षको उमेरदेखि नै हिमचिम थियो शास्त्रीकी बहिनी चन्द्रकान्ता मल्लसँग उनकै घर गईगई पढेकाले मल्लका निम्ति उहाँको सम्बोधन थियो ‘गुरुमा’ एउटा विशेष तस्बिर हेर्न खोज्दा नपाएपछि उहाँले दिएको जवाफ थियो, माधवराज जोशी र उनकी श्रीमती हेरेपछि तिनलाई हेर्नै पर्दैनथ्यो यसैले शुक्रराज शास्त्रीले अनुवाद गरेको ‘ब्रह्मसूत्र शांकरभाष्य’ को मुखपृष्ठमा छापिएको उनको बाबुआमाको तस्बिरलाई आफ्ना बुबाको मावलीपट्टिको जिजुबाजे–जिजुबजैको तस्बिर ठान्ने गर्छ पंक्तिकार अचेल पछि मल्लले बागबजारमा दाजुको नाममा एउटा स्कुल खोलिन् त्यतिबेलासम्म पुतलीसडक िवासी भइसकेका हाम्रो घरअगाडिबाट उनलाई हिँडिरहेको देखिन्थ्यो झ्यालको ऐनाभित्रबाट पंक्तिकारले धेरैपल्ट देखाइदियो मल्ललाई तर, किन हो उहाँले अब भेट्नचाहिँ चाहनुभएन
लीला टिप्पणी’
गालाको कोठी छोप्न लेखनाथ पौड्यालले दाह्री पालेका हुन् यस्तो भनाइ एउटा पत्रिकामा कसैले लेखेको पढेपछि पंक्तिकारले सोध्यो– साँच्चै हो त? स्वर्गद्वारी महाप्रभुमाथि ‘तरुण तपसी’ लेखेको मानिसले कोठी छोप्नकै लागि दाह्री पाल्ने कुरा उहाँलाई मान्य भएन लेखनाथको ‘बुद्धिविनोद’ लाई डा. पिनाकीप्रसाद आचार्य (शैलजाको बाबु) ले दिएको उत्तरको ुस्तक कैयनपटक दोहोर्‍याउनुभएको थियो उहाँले लेखनाथलाई धेरैपटक देखेकी उहाँले भन्नुभयो, ‘त्यति सानो कोठी छोप्न त्यति ठूलो दाह्री किन पाल्नुपर्‍यो?’
ठूला कवि हुन्, खान नपाएर ज्यामिर चुस्छन् !’ कसैले प्याच्च टिप्पणी गरेको उहाँको कानमा पर्‍यो, ज्ञानेश्वरबाट मैतीदेवी जाँदै गर्दा जहाँको एउटा खुला चउरमा लक्ष्मीप्रसाद देवकोटा भाषण गर्दै रहेछन्, त्यसैले ‘मुनामदन’ र अन्य कृतिहरू पढिसकेपछि पनि उहाँले भने देवकोटालाई चिन्ने एउटै प्रतीक थियो– ज्यामिर चुस्ने कवि
इन्डियाको पुट्टपर्तीका साईबाबा जिउँदै छँदा उनी जादुगर हुन् भन्नेमाथि चर्चा भइरहेथ्यो अब्राहम कभुरले किताबै लेखेका थिए त्यसमा घण्टौं कुरा सुनेपछि उहाँले भन्नुभयो– नेपाली चाला, बाँचुन्जेल जादुगर मरेपछि देउता !
९७ सालमा सहिदहरूलाई पोल्ने भनिएका पात्र थिए शुक्रराजका आफ्नै भाइ उसमाथि भएको चर्चा सुनेपछि भन्नुभयो– उसको नामै वाकपति, नबकेर के गरोस्?
सम्पन्न मानिस देखेमा त्यसलाई जबर्जस्ती जागिर भिडाइदिने, कमाइरहेको थाहा पाए केही वर्ष आँखा पनि चिम्लने, अनि अत्तो लगाएर निचोर्दै जाने र आफ्नो ढुकुटी भर्ने चन्द्रशमशेर नीति धनकुटाका धनाढ्य श्रीविलास दाहालबाट सुरु गर्दै आदिभक्त माथेमाहरूसम्म आइपुगेको कुरा बताउनुहुन्थ्यो उहाँ दाहाल एक पूर्वज थिए टिप्पणी थियो– मोटो बोकालाई पहिले काट्छन् !
सान्चा पहलवानको उल्लेख समले ‘मेरो कविताको आराधन’ मा गरेजस्तो मात्रै लाग्छ, यकिन छैन तर, ठहिँटीका कायस्थ थर भएका ती सान्चा पहलवान उहाँको मान्यताभित्र पर्दैनथे नेवार नाम सुनिए पनि सान्चा पहलवान ठकुरी थिए पश्चिमका उहाँका भनाइमा १९९० पछि उपत्यकाबाट निकाला गरिएको कारण थियो– मान्छे होइन धेरै हलुवाई पसल कुच्याएको थियो
दरबार हत्याकाण्डपछि कोतपर्व औंल्याउँदै गरेको टिप्पणी थियो– पहिला नाति जन्मिएथ्यो, अहिले बाजे जन्मियो
हैजा, टाइफाइड र बिफरले मृत्युदर उच्च रहेको उपत्यकामा घाटे वैद्यहरूको ठूलो बजार थियो यमराजसरह कोही जुँगामुठे चापागाईंका नाकमुनि लामै घाउ दलिएको औषधि देख्नेहरूलाई उनले दिएको स्पष्टीकरण थियो– दुई दिनमा आमा बित्छिन् भनेर तैंले घोषणा गरिस्, तर अहिले आमालाई घर फर्काइयो भनेर कोही रिसाहा दुवै जुँगा मुठ्याउँदै झुन्डियो अब मैले यो काम छोडें पनि
उहाँले भन्नुभयो– तिनको ज्ञान अनुभवमा होइन, जुँगामा रहेछ (विश्वास गर्न गाह्रो मान्नेहरूलाई उदाहरण दिइन्छ पुराना पारखीहरूले आँपको बेर्ना किन्न जाने ठाउँ हो इन्डियाको यूपीमा पर्ने मलिहाबाद दिवा निद्राबाट ब्युँझेर उठ्दा दुवै घना जुँगा उखेलिएर रगतपच्छे भए त्यहाँका नबाब गद्दी नछोडेको रिसमा भतिजाले निदाएका काकाको जुँगा अजंगको गह्रौं मेचका हेन्डलमा डोरीमा बाँधिदिएको रहेछ) एउटै छोरी पनि अमेरिका बसाइ सर्ने सुनेपछि भन्नुभयो– जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !
नीलो जिल्ला भएको पातलो पुस्तक– लेखक भैरव जोशी त्यसमा लेखकले आफूले घरको भित्तामा देउता देखेको वर्णन पढेपछि भन्नुभयो– बाले भन्नुहुन्थ्यो, तराईको चर्सा (छाला) ठेक्कामा कोटा पुर्‍याउन नसकेपछि चउरमा विष छरेर थारूहरूका गाईबस्तु मराइदियो यस्तोलाई देउताले दर्शन दिए होलान्?
गाईबस्तुलाई चाहेअनुसार, विष प्रयोग गरेर मैदानी इलाकामा मार्ने चलनबारे अहिले नेटमा पढ्न पनि पाइन्छ तराईका कुरा गर्दा उहाँका तीन अविस्मरणीय थारू पात्र थिए– बलबहादुर, भोलैया र गिरिधारी यी तीनैजना उहाँको माइती मौजा पर्साको हर्पुरगाउँका बासिन्दा हुन् गिरिधारी ठ्याक्कै मोहनदास करमचन्द गान्धीजस्तै थिए उस्तै चस्मा लगाएका, उस्तै थोतो, लठ्ठी टेकेका, अनुहार, उचाइ, पहिरन, हँसाइ सबै एउटै पर्साका व्यापारी शंकर केडियाले धेरैपछि जब बारम्बार भन्न थाले– गान्धी गुजरातमा होइन, हाम्रै पर्सामा जन्मेका हुन्, उहाँ भन्नुहुन्थ्यो– त्यसले गिरिधारीलाई भन्या होला? यतिबेला अरुणा उप्रेती र क्यानडावासी नारायण घिमिरेले ममको पक्ष लिएर चाउचाउविरुद्ध धर्मयुद्ध छेडेको सामग्री पढ्न पाएको भए उहाँको टिप्पणी सम्भवतः हुने थियो– अब व्यापारीहरूले चाउचाउको नाम मम राख्नेछन्
सिर्जनाका पात्रहरू
रत्नदास प्रकाश गीत गाउन त ल्याइए, तर उनी माथिल्लो तलामा उक्लन अनकनाए उनले भने– साही हुँ त्यसपछि भेषनाथ दाइले (उतिबेलाका नाम चलेका तर रेकर्ड हुनुअगावै बितेका गायक भेषनाथ अर्याल) हाम्रोमा त्यस्तो बारना छैन भनेर भर्‍याङ उकाल्नुभयो तैपनि सतरन्जा पल्टाएर बसे रत्नदास झन्डै तीन घण्टा गीतहरू सुनाए।’ —यस्ता अनेक प्रसंग थिए प्रकाशबारे दाजुका कारणले देखे–सुनेका त्यतिबेलाका गायक–गायिकाहरू हरिप्रसाद रिमाल, बटुकृष्ण ज्वाला, किशोरीदेवी र पछि आफ्नै घरमा एकताका भाडामा बसेका बच्चुकैलाश, पुष्प नेपालीदेखि त्यहाँ गफ गर्न आइरहने किशोरी वयकी तारादेवीबारे उहाँका सम्झनाहरू अनेक थिए
जीवनका अन्तिम क्षणतिर प्रकाशबारे डकुमेन्ट्री बनाएको थियो एनटीभीले त्यो देखाउँदा उहाँ भन्नुहुन्थ्यो– कहिल्यै बूढो हुँदैनरहेछ एल्भिस प्रिस्ले बराबरको लोकप्रियता थियो रत्नदासको उहाँको अभिव्यक्तिलाई सार दिनुपर्दा, सुपरस्टार थिए उनी आफ्नो समयका त्यस्तो स्थान नारायणगोपालले कहिल्यै पाएनन्
तर, कृष्णप्रसाद कोइराला, सोमनाथ सिग्देल, भजनप्रसाद गौतम, मृगेन्द्रशमशेर राणाप्रति राम्रो धारणा थिएन प्युखास्थित आफ्नो माइतघरमा धेरैधेरैपल्ट कोइरालालाई देखेको, उनले गरेको संवादहरू सुनेको, प्रसिद्ध जुवाडे दिव्यदेव पन्तको घरमा कोइराला परिवार बस्दा नलिनी, इन्दिरा, गिरिजाप्रसाद कोइरालाहरूसँग खेलेको, खोइरोले कपाल झारेकाले चिन्डेसमेत भन्ने गरेको, विश्वेश्वरप्रसाद कोइराला भूमिगत अवस्थामा मध्यरातजस्तो खान आएको हेरेको र मातृकाप्रसाद कोइरालाले आफ्नो बाबुको कोट माग्दै लगाउँदै धेरैपल्ट गरेको जस्ता सयौं–हजारौं प्रसंग उहाँसँग भए पनि उनका परिवारबाहेक अन्य सर्वसाधारणले गरेको पिताजी सम्बोधनप्रति उहाँ ओठ नै लेब्य्राउनुहुन्थ्यो
१९९२ सालमा त्रिचन्द्र कलेजले आयोजना गरेको निबन्ध प्रतियोगितामा अंग्रेजीतर्फ सोमेन्द्रनाथ अर्याल र नेपालीतर्फ यदुनाथ खनाल पहिलो भए यो त्यही सोमन्द्रनाथको कुरा हो
नौ कक्षाको परीक्षाफलमा आफू दोस्रो भएपछि सोमेन्द्र स्कुल गएनन् शक्ति भन्दैमा नम्बर बढी दिन मिल्छ? भनेर उनले सम्भवतः त्यो बेलाका प्रिन्सिपल बटुकृष्ण मैत्रेयलाई भने तर, मैत्रेय गलेनन् आखिर घोडा चढेर प्रथम भएका विद्यार्थी मृगेन्द्रशमशेर राणा स्वयं बोलाउन आए अब पहिलोको नम्बर घटाइयो दोस्रोको बढाइयो उहाँले भन्नुभयो– त्यसपछि सोमेन्द्र दाइ स्कुल गए

तर, अमृत भाइलाई पहिलो हुँदा पनि शिक्षाका डाइरेक्टर भइसकेका तिनै मृगेन्द्रशमशेरले कलकत्ता पढ्ने छात्रवृत्ति उपलब्ध गराएनन् धेरै आग्रहपछि उनले एउटा पत्र थमाएर कलकत्ता पठाए तर, विश्वविद्यालयको प्रिन्सिपलले आँखा कमजोर छ भन्ने बहानामा इन्जिनियरिङमा भर्ना लिएनन् बहाना हो भन्ने बुझेपछि काठमाडौंमा गएर प्रतिवाद उठाउँदिनँ, कसैलाई भन्दिनँ भन्ने कबुल अमृतनाथले गरे प्रिन्सिपलले कारण खोल्यो– यो विद्यार्थीलाई जसरी भए पनि भर्ना नलिई पठाइदिनू भन्ने ेखेको छ (यदुनाथ खनाललाई पनि बिनाकारण छात्रवृत्तिमा मृगेन्द्रशमशेरले अन्याय गरे– पेज १४ यदुनाथ खनाल : जीवनी विचार) लैनसिंह बाङ्देलले ‘छ महान् कलाकार’ शीर्षकको आफ्नो पुस्तकमा यस्तै प्रसंग लेखेका छन्– ‘लास्ट सपर’ चित्रको निम्ति भिन्सीले महिनौं कुरेपछि क्राइस्टको चित्र बनाउन लायक मोडल भेट्छन् तर त्यसको कैयन् वर्षसम्म जुडासको अनुहार बनाउन लायक पात्र भेट्दैनन् वर्षौंपछि त्यही मोडमा जुन पात्र भेटेर स्टुडियो लान्छन् उसले पहिले पनि आफू त्यहाँ आइसकेको सम्झना गर्छ अर्थात् सोमेन्द्रकालका क्राइस्टजस्ता मृगेन्द्र अमृतकालमा जुडास भइसकेका छन् फ्रेस्को भनिने यो भित्ताभरिको विशाल चित्रकला मिलानको एउटा गिर्जाघरमा आज पनि पंक्तिकारले आफैंले हेरेको पनि
पंक्तिकार पुग्नुको एउटा कारण भिन्सीको मोडल मृगेन्द्रशमशेर हो भन्ने अवचेतन मनमा रहेको छापले होला अमृतनाथलाई मृगेन्द्रशमशेरले पन्छाएको कारण भने स्पष्टै छ– मुड तर, २००७ सालपछि अमृतनाथले त्यो अन्यायको कारण मृगेन्द्रशमशेरसँग सोध्दा उनले दिएको जवाफ थियो– त्यो बेला त्यस्तै चलन थियो
माथि आएका यी दुई प्रखर पात्रहरू भेषनाथ र सोमेन्द्रनाथको अकालमै मृत्यु एउटै महिलाले गर्दा भयो, उहाँ भन्नुहुन्थ्यो– ती हामी सबैकी भाउजू हुन् उनी क्षयरोगी थिइन्, जो आफूभन्दा स–सानाहरूलाई समय बिताउने नाममा तास खेल्न निम्त्याइरहन्थिन्, दिनभर तास चलिरहन्थ्यो यो एउटा सगोल परिवारको ४०–५० जना किशोरकिशोरी झुन्डको विशाल समाज थियो मानौं, श्वेतश्याम बंगाली सिनेमाको यस्तो एउटा विशाल ‘बाडी घर’ थियो, जसको चोकबाहिरको ढोकामा अहिले प्युखाको ‘स्यान्डी सप’ छ
सन् १९४९ मा क्षयरोगको औषधि आयो , सन् १९५१ मा टोखा स्यानिटोरियम खुल्यो पनि तर, त्योसँग डर कस्तो भने, १९८० पछि पनि काठमाडौंको एउटा पानपसलबाट हामीले कहिल्यै पान किनेनौं, त्यो परिवारका सदस्यलाई क्षयरोग छ भन्ने सुनेर एक महिला विशेषको निधन ‘बिकुलाई’ ले भएको हो भन्नुभयो एक दिन कहिले नसुनेको त्यो शब्दप्रति उदेक लाग्यो कालान्तरमा त्यो शब्द शरद्चन्द्र चट्टोपाध्यायको जीवनी ‘आवारा मसिहा’ मा भेटेपछि थाहा भयो– बंगालमा पढेर आएको कुनै डक्टरको उच्चारण रहेछ, क्षयरोगको कीटाणु ब्यासिलस बुझाउने
दिगम्बरा र विषप्रौढा
दिगम्बरा बस्थिन् गौशालाबाट पशुपति जाँदाको देब्रे भीरमा सम्भवतः यही भीर हो, जहाँबाट एउटा वर्ष हिसिला यमी र उनका साथीहरूले ऐश्वर्यको मोटरमा ढुंगा बर्साएका थिए सन् १९७० को दशकको सुरुसुरुतिर एउटी निर्वस्त्र पश्चिमा महिला झोंछेबाट पुरानो नगरपालिका भवनको बाटोमा बढिरहिछन् भन्ने सुनेपछि जनसेवा प्रहरी चौकीका प्रहरीहरू रुमाल र तन्ना बोकेर दौडिएका थिए र तिनलाई बेरेर चौकी लगेका थिए त्यसअघि कोही साध्वी त्यस रूपमा थिइन् भन्ने थाहा थिएन उहाँ भन्नुहुन्थ्यो– विशाल जटाधारी, चिनियाँजस्तो देखिने, कपडाले छेकिएर बस्ने तिनले अनेक सात्विक अनुष्ठानपछि मन्त्र पनि दिने गर्थिन् जो सही साबित भयो पनि थोरै समयपछि ती कहिल्यै देखिइनन्
अत्यन्त सुनसानका बेला भीर तल र माथि देब्रेपट्टिबाट सर्दै नृत्य गरिरहेको पनि देखिन्थ्यो विषप्रौढाको घर भने थियो गणबहालमा ती ब्राह्मणी नै थिइन् तर, केही महिनामै पति फेरिन्थे कुनैबेला जटाधारी पनि रहेकी तिनबाट त्यस्तो घटना किन घटिरहन्छ भनेर त्यसबेला समाजको ठूलो ध्यान भने गएन जीवित पात्र थिए– टर्नेल बोधविक्रम अधिकारीको दन्त्यकथाकी एउटी रानी, जसको नाकबाट निस्कने दुई सर्पले प्रत्येक रात नयाँ राजालाई ठुङ्थ्यो– यही घटनाबाट लिइएको रहेछ कि भनेर लाग्ने
पाल्पाका पुरानो भारदारी परिवारका मनमोहनप्रसाद श्रेष्ठले ९१ वर्षभन्दा बढी उमेरमा यो प्रसंग एकाएक निकाले आफूले पनि सुनेको हुँदा चासो भयो उनले त्यो घर देखाउन लगे खिरखिरे हरियो झ्याल भएको त्यो र मल्लहरूको घरहरूको चेपमा विलीन भइसकेको थियो यद्यपि श्रेष्ठ सायद अझै धेरै जानकारी राख्थे ‘नरेन्द्र दाइ’ ‘तीन घुम्ती’ का प्लटहरू काठमाडौंमा यत्रतत्र थिए
माग्ने र गाई
यत्रतत्र थिए गुरूप्रसाद मैनालीको ‘नासो’ का प्लटहरू दुइटा यहाँ दिइन्छ ताहाचलको ाईबाच्छा पाटीको अर्को कुनामा एक रात अर्को माग्ने बस्न आयो त्यसपछि दुवै जना माग्ने सँगसँगै माग्न जान थाले एक महिनापछि अर्को माग्ने मर्‍यो पहिलो माग्नेले उसको सदगति मात्रै गरेन, गाईजात्रामा आफैं गाई भएर हिँड्यो वर्षदिनसम्म शोक बारेर लुगा फेरेपछि मात्रै त्यसले पाटी छोड्यो– छेत्रपाटी र पुतलीसडकबीचको ट्रान्जिटकालमा त्यहाँ बसेका बेला उहाँले कौशीबाट देखेको दृश्य थियो त्यो
१९९० सालको भुइँचालोपछि उहाँका बाको परिवारले मैतीदेवीका निम्ति प्युखा छोड्यो तर, गोठको गाई छोडेपछि फर्किएन बाटो पहिल्याउँदै दर्जनौंपल्ट प्युखा नै पुग्यो विडम्बना, प्युखा नछोडेको परिवारले त्यसलाई गोठमा पस्न दिएनन् त्यो त्यहाँको ढोकामै उभिइरह्यो, बसिरह्यो दर्जनौंपटक यसो भएपछि नजिकै बस्ने एक नातेदारले भने– मलाई दिए दूध खान्थें तर, तिनले त्यसका निम्ति कहिल्यै गोठ बनाएनन्, घाँस हालेनन्, पानी दिएनन् असन चरेर रात परेपछि त्यो त्यहीँ पेटीमा जीवनभर बस्यो, दूध दिइरह्यो एक दिन कुनै ज्यापूले हानेको खुकुरीको मार खाएर फर्केको त्यो त्यहीँ पेटीमा थलियो, तिनले घाउमा बेसारसमेत लगाइदिएनन्, त्यो त्यहीँ मर्‍यो र स्थानीय मानिसहरूले उठाएर लगे पुरानो युगका मानिसहरू भयावह रूपमा निर्दयी थिए– उहाँको निर्क्योल थियो
कण्ठस्थ क्रम
मुकुन्द–इन्दिरा’ नाटकको मञ्चन भयो, सम्भवतः १९९० को दशकको सुरुतिर लेखक–निर्देशक बालकृष्ण सम हुन् तर, उहाँलाई २०६० सालसम्म पनि त्यस नाटकको पहिलो प्रदर्शनमा कुन पात्रको भूमिका कसले निर्वाह गरेको थियो भन्ने कण्ठस्थ थियो बरु प्रचण्ड मल्ललाई होला कि नहोला? कारण थियो– त्यसका एक अभिनयकर्ता गोपीनाथ अर्याल, सोमेन्द्रका भाइ नै थिए अर्थात् त्यसका यावत् अभिनयकर्ता त्यो सानो काठमाडौंका घर छिमेकहरू नै थिए
अर्को कण्ठस्थ सामग्री थियो– २००७ सालको तिहारमा महावीरशमशेर राणाको हिमालय एभिएसनले छरेको पर्चाको कवितारूपी राजनीतिक सन्देश बरु त्यो पर्चा नै पनि कसैको संकलनमा अहिले होला कि नहोला?
२० वर्षअघि फाखेल, फर्पिङका एक तामाङले २०१५ सालको चुनावमा कंग्रेसविरुद्ध गोरखा परिषद्ले घन्काएको कवितात्मक नारालाई यसरी सुनाएका थिए, मानौं सिर्जनशीलतामा देवकोटाबाहेक त्यतिबेला प्रखर अरू पनि थिए कि जस्तो लाग्थ्यो उहाँपछि त्यो स्मरणशक्ति यी तामाङमा मात्रै भेटेको पंक्तिकारले
रुद्रराज पाण्डेको ‘रूपमती’ र भीमनिधि तिवारीको ‘बयासी गजल’का पंक्तिपंक्ति याद थिए काठमाडौंका महिलाविशेषले लेखेका वा महिलाविशेषमाथि लेखिएका पुस्तकहरू उहाँका प्रिय थिए जस्तो : बुलु शर्माको जीवन : आनन्दको पीडाको, शोभा भट्टराईको अन्तहीन अन्त अन्तिम पुस्तक सायद ‘दरबारबाहिरकी महारानी’ थियो
कक्षबहादुर र भजनप्रसाद
कक्षबहादुर काण्डबारे एक–दुई पंक्ति कतै पढेजस्तो पनि लाग्छ तर, उहाँले सुनाएको प्रसंग यस्तो थियो– कुनै ठूलो दरबारबाट भारीका भारी नोट र सुनका भाँडाकुँडा चोरी भयो राणा सरकारले पत्ता लगाउन सकेन बरु झ्याली पिटायो– चोर चिनेका छौं, छिट्टै पक्रन्छौं आफैं हाजिर हुन्छौ भने क्षमा पाउँछौ यो जालमा फँसेर धेरै घरका झ्यालबाट रातको अन्धकारमा झाडीतिर सुनका भाँडाकुँडाहरू फाल्नसम्म फालिए कक्षबहादुर उसको टोलीले नोट बालेर भात पकाएर खाएको थियो
यो नोट बालेर भात पकाएको कुरा थाहा पाउनुको सूत्र रहेछ– धेरै परबाट कक्षबहादुरको परिवार परिचित रहेछ मुखमुखै हुँदै उहाँकहाँ आयो २०४६ पछि अर्को कक्षबहादुर काण्ड घट्यो, जब मालेका केही सक्रिय कार्यकर्ताहरूले एमालेमा पुनः फर्किने निर्णय गरेपछि केही अन्तरंग साथीहरूसँग भने– त्यो फुटेको बेला के मात्रै गरिएन, नोटमाथि सुतिएन कि नोट ओढिएन? भात पकाउन मात्रै बाँकी थियो !
दुइटा सुनका बाला झोंछेतिरको कुनै बाँडाले (धेरै सम्भावना अष्टलक्ष्मी शाक्यको पुर्खा) बेच्ने उद्देश्यले जुद्धशमशेर राणाकहाँ पुर्‍यायो उनले आफ्नो दाहिने हातलाई सोधे– मैले तिमीलाई दिएको बाला मैलाई बेच्न भनेर कसरी आइपुग्यो? ती पात्रले आफ्नी पत्नीलाई सोधे– त्यो उपहार बाँडाकहाँ कसरी पुग्यो? पत्नीले जवाफ दिइन्– मैले त कुनै ‘भजनप्रसाद’ लाई उपहार चढाएथें
संस्कृत साहित्य पढ्नेहरूले राजा भतृहरिको कथा अवश्य सम्झनेछन् पंक्तिकारले अनुवाद मात्रै पढेको हो उहाँका अनुसार, प्रशस्त राणाहरूका घर, मध्यमवर्गीय ब्राह्मण–क्षत्रीहरूका घर उजाडिएका थिए वनकालीको रूखमा वर्षमा आठ–दसवटा मानिस आफैं फल्न पुग्नुको स्रोतकेन्द्र खोज्दै गयो भने एउटै ठाउँमा पुग्थ्यो अधबैंसे महिलाहरूले पन्छाउने अनेक प्रयास गरे पनि सम्मोहन मन्त्र फुकिएको दहीले युवा उमेरका महिलाहरूलाई छ्याप्ने चलनको प्रसंग काठमाडौंमा व्यापक थियो
यज्ञराज र सोमनाथ
संगीत शिरोमणि यज्ञराज अर्याललाई अत्यन्तै सरल, हदैसम्मको सोझो र सज्जन मान्नुहुन्थ्यो उहाँ भगवती दी (अर्यालपत्नी) ले मैतीदेवीको घर कुनै हालतमा बेच्न लगाउनुहुन्नथ्यो भन्नुहुन्थ्यो उहाँका भनाइमा त्यो समयमा अर्यालको घरजस्तो सुन्दर, समकालीन सुविधाहरूले भरिएको, बोटबिरुवाले सजिएको, अझ अहिलेको भाषामा भन्नुपर्दा लक्जरियसचाहिँ होइन, सारै कम्फर्टेबल घर त्यो इलाकामा थिएन
(एउटा यस्तै अभिव्यक्ति लगभग ३० वर्षअघि वासुदेव ढुंगानाको मुखबाट सुनेको थियो पंक्तिकारले अहिलेको शीतलनिवासको दक्षिण पश्चिमको एउटा घरबारे) उनको भनाइमा त्यो जति सुन्दर घर थिएन काठमाडौंमा
संगीत शिरोमणिसँग यही सम्बन्धले पनि होला, दुई–चारपटक गफ गर्ने मौका मिलेको छ पंक्तिकारलाई पनि उहाँ साझा प्रकाशनले आफ्ना पुस्तकहरूको रोयल्टी नदिएको गुनासो गरिररहनुहुन्थ्यो प्रज्ञामा लखरलखर हिँडिरहेको देख्दा दुःख पनि लाग्थ्यो
आदर्श पुस्तकहरूले तोकेको मर्यादा पालन नगर्ने कारणहरूले होला, कालिकास्थानस्थित नेसनल मेडिकल कलेज रहेको ठाउँको उहाँको त्यो पछिल्लो घरमा दसैंको टीका लगाउन हामी आमा–छोरा जाँदा बूढी फुपूले पनि जीवनभर टाँसिनुपरेको तर आदर र श्रद्धा नभएको आफ्नो श्रीमान्सँग टीका लगाउने आग्रह गर्नुभएन आमाले पनि टीका लगाउन खोज्नुभएन अहिले पनि वाल्मीकि क्याम्पसमा पस्नुपरेको बेला पस्दा वा निस्कँदा उनको शालिकलाई पंक्तिकारले देब्रे नै पार्ने गरेको
यद्यपि संस्कृतका विद्वान्हरू उनको ‘आदर्श राघव’ लाई देवकोटाका कुनै पनि कृतिभन्दा सर्वोत्कृष्ट मान्छन् भलै ‘कश्यप संहिता’ को भूमिका, जसले हेमराज पाण्डेलाई विद्वान्मा स्थापित गरायो त्योचाहिँ हल्ला भएअनुसार सिग्देलले लेखेको होइन, पाण्डेकै मौलिक हो भनेर ज्ञानमणि नेपालबाट पंक्तिकारले सुनेको हो (यसको हिन्दी अनुवाद प्रकाश राजले वाल्मीकि क्याम्पसको पुस्तकालयलाई उपहार दिएका छन् रुचि राख्नेहरूले पढ्न सक्नेछन्)
पुछारमा
अनुहार डढेर चिन्नै नसकिने बनाइएका तर शरीर साबुत रहेका पाँच–सातवटा, लासहरू वाग्मती, विष्णुमतीका घाटमा हरेक बिहानजस्तो देखिन थालेका थिए, २००७ को ठ्याक्कै अगाडि बिचरा काठमाडौं पढ्न बसेका कताकताका पहाडिया केटाहरू होलान् विद्रोहमा लागे, त्यो गति भयो तिनका बाबुआमाले कति खोजे होलान्? –यो आफूले कहीँ पढ्न नपाएको प्रसंग पनि बारम्बार भन्ने गर्नुहुन्थ्यो सम्भवतः बुबाले दिएको चाहिँ जानकारी हो
जेलको निर्घात चुटाइले धोतीभित्र देखिएको घाउ नै घाउले भरिएका शुक्रराज शास्त्री र कृष्णप्रसाद कोइरालाका गोडाहरूको दृश्यले पनि उहाँलाई पछिसम्म सताउन छोडेन
२०६१ सालको दसैंमा छोराछोरीलाई टीका लगाइदिँदा उहाँले आशीर्वादका ठाउँमा भनेको वाक्य यस्तो थियो– मूर्ख पहाडियाहरू आफैंआफैं लडेर मर्छन्, त्यो खाली ठाउँ अर्कोले भर्छ गणेशराज शर्मालाई अन्तिम बिदाइ दिन बारका परिचित मित्र वकिलहरू पनि झुम्मिएका रहेछन् शर्मासँग धोबीधारा उनको साँखुको ‘हिल स्टेसन’ मा गफ भएको पनि हो तर, त्यो रात पाँच मिटर परसम्म अघि बढ्ने मन पनि भएन पंक्तिकारलाई उनको बिदाइपछि त्यो भकारी रातभर खाली नै रह्यो त्यसैमा आखिर कात्तिक २०७२ को बिहानपख उहाँलाई बिसाइयो ९३ वर्षको उमेरमा उहाँको नाम ‘लीला’ अहिलेलाई यत्ति नै
प्रकाशित : माघ ४, २०७६ १०:३२

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...