Tuesday, January 21, 2020

गण्डकीका धुन


गण्डकीका धुन
लोपोन्मुख नेपाली संस्कृति संरक्षणका लागि आयोजित कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्रचलनमा रहेका ९५ थरीका बाजा प्रदर्शन
कान्तिपुर, मंसिर २२, २०७६ विना थापा
(कास्की) — थारु समुदायको मौलिक संस्कृतिमा आधारित झरझरिया नाच विषेश गरी फागुपूर्णिमामा नाचिन्छ तर, शनिबार पोखरेलीले यो नाच हेर्ने अवसर पाए ‘नाच फागुपूर्णिमा मात्र नाचिने भए पनि महोत्सव विशेष अवसरमा प्रदर्शनी नाच प्रस्तुत गरिन्छ,’ पोखरामा भएको गण्डकीका धुनहरू कार्यक्रममा भेटिएका नवलपुरका पुरनराम गुरौले भने 
नेपाल संगीत–नाट्य प्रज्ञा प्रतिष्ठान र हिमाली संस्कृति परिवार कास्कीले गरेको ‘लोपोन्मुख बाजा सम्मेलन : गण्डकीका धुनहरू’ कार्यक्रममा उक्त नाच देखाइएको थियो शनिबार सकिएको दुई दिने कार्यक्रममा सहभागी हुन पाएकोमा दंग गुरौले आफूहरूको नाचको प्रवर्द्धन भएको सुनाए गुरौका अनुसार रामायण, कृष्ण लीला, विष्णु पुराण, शिव पुराणलगायतका अरु धार्मिक गीतसँगै मायाप्रीतिको गीत गाउने र नाच्ने गरिन्छ

कार्यक्रमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका विभिन्न सामुदायमा आधारित नाच मात्र नभएर सांस्कृतिक झाँकीसमेत देखाइएको थियो एक सय वटा घन्टी गलादेखि कम्मरसम्म लगाउने, रिठ्ठा, रुद्राक्षको माला, कौडा, कमलकत्ता र दुम्सीको काडा, कुखुराको प्वाँख, मजुरको प्वाँखलगायतबाट बनेको मुकुट लगाएर नाच्ने झाँक्री नाच पनि देखाइएको थियो। पोखराको रामबजारका तिलबहादुर रानाले यो नाच विभिन्न कार्यक्रममा प्रस्तुत गरिने जनाए कार्यक्रममा पोखराको बाटुलेचौरका गन्धर्वले लोपोन्मुख साराङ्गीको धुनमा गीत पनि गाएका थिए विभिन्न सामुदायका संस्कृतिले राष्ट्रियता झल्काउन सहयोग पुग्ने गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बताए यसको संरक्षणका लागि पुस्तालाई समेत सिकाउनुपर्ने, राज्यका महत्त्वपूर्ण अंग सेना, प्रहरीमा समेत समावेश गर्नुको साथै राज्यले अपनत्व दिए, सबै संस्कृतिको संरक्षण हुने उनको भनाइ थियो

हिमाली सांस्कृतिक परिवार कास्कीका सचिव श्रीजङ गुरुङका अनुसार शनिबार गण्डकी प्रदेशका विभिन्न जिल्लाका विभिन्न सामुदायमा आधारित १२ थरीका झाँकी र नाच प्रस्तुत गरिए शुक्रबार विभिन्न सामुदायमा आधारित ९५ बाजा प्रदर्शन गरिएको थियो गण्डकी प्रदेशका लोपोन्मुख नेपाली लोकबाजा संरक्षण विकासका लागि यस्तो कार्यक्रम रिएको संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले बताए । ‘यस्ता लोपोन्मुख अमूर्त संस्कृति संरक्षणमा हाम्रो विशेष चासो छ’, उनले भने, ‘हामी मौलिक नेपाली संस्कृति निर्माणको योजना बनाइरहेका छौं ।’

प्रकाशित : मंसिर २२, २०७६ ०९:४३


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...