Tuesday, January 21, 2020

लोकबाजालाई बेवास्ता, संकटमा संग्रहालय


लोकबाजालाई बेवास्तासंकटमा संग्रहालय
कान्तीपुर, पुस ६, २०७६ सुशीला तामा‌ङ
काठमाडौँ — ‘लोकबाजा हाम्रो आफ्नै मौलिक संगीत साधन हो, जसले हामीलाई नेपाली भनेर चिनाउँछ,’ केही दिनअघि त्रिपुरेश्वरस्थित लोकबाजा संग्रहालय अवलोकन गर्न आएका विद्यार्थीलाई मुर्चुङ्गाको धुन सुनाउँदै लोकबाजा अभियन्ता रामप्रसाद कँडेलले भने संग्रहालयमा आउने सबैलाई आफूले संकलन गरेको बाजा तिनको महत्त्व बुझाउँदैमा कँडेलले झन्डै दुई दशक बिताइसकेका छन् २०५४ सालमा नेपाली लोकबाजा संग्रहालयका नाममा खोलेका कँडेल अझै यसमा सक्रिय छन् 
भद्रकालीबाट सुरु गरिएको लोकबाजा संग्रहालय यतिबेला त्रिपुरेश्वरस्थित गुठी संस्थानको जग्गा भाडामा लिएर सारिएको हो स्थापनाको वर्षौं बित्दा पनि संग्रहालयलाई राज्यले व्यक्तिगत सम्पत्तिको जस्तो व्यवहार गरेकोमा संग्रहालय सञ्चालक समितिका अध्यक्ष कँडेल दु:ख व्यक्त गर्छन् ‘सम्बन्धित राज्य पक्षले संग्रहालयको सुरक्षाको जिम्मा नलिनु यसलाई केवल कँडेलको निजी सम्पत्ति होजस्तो गरिनु विडम्बना हो,’ कँडेलले कान्तिपुरसँग भने

लोकबाजाले सिंगो मुलुकभित्रको मौलिक संस्कृति, इतिहास र जातीय अस्तित्व, कला, सभ्यता बोक्ने भएकाले कँडेलले भूकम्पपछि जीर्ण बनेको गुठी संस्थानको भवनमा ६ सय ५५ थरीका लोकबाजाहरू सुरक्षित छन् व्यक्तिगत प्रयासमा थालिएको संग्रहालय अहिलेसम्म पनि निजी तबरबाट नै सञ्चालित छ सरकारी तवरबाट संचालनमा ल्याउन सके लोकबाजाको संरक्षण सम्बर्द्धन अझ प्रभावकारी हुन सक्ने तर्क गर्दै कँडेलले अझै पनि देशका विभिन्न ठाउँमा गएर लोपोन्मुख बाजा संकलन गर्ने, मर्मत गर्ने र काम नलागेका बाजाहरू संग्रहालयमा ल्याएर राख्ने काम भने जारी राखेका छन् ‘मैले मेरो गुरुको सम्मानका लागि यो कामको थालनी गरेको हुँ,’ कँडेल भन्छन्, ‘यो मेरो निजी नभई राज्यको ऐतिहासिक, सांस्कृतिक र जातीय महत्त्वको सम्पत्ति हो।’

संग्रहालयभित्र विभिन्न जाति र परिवेशअनुसारका निकै पुराना बाजा संग्रह गरेर राखिएका छन् सानो आरबाजो, धर्म डण्डी, पोङ्गा, गुज्राटी मुहाली, डोङ्छे, खिन्नाफुन्टे, ठूलो खैचडी, ‘मृदङ्गा, घोर बाँसुरी, राई ढोल, माटे घण्ट, पोथी पोङ्गा, डुगडुगी, पुङ, तुम्दा, ट्याम्की, रानी मादल, भोक्कर लगायत बाजा संग्रहालयमा छन् संग्रहालयमा कँडेलले हालै मात्र वरिष्ठ मादलवादक प्रेमदेव गिरीको नाममा नयाँ मादल ‘प्रेमदेव’ नामकरण गरी राखेका छन्

संकटमा संग्रहालय
२०७२ सालको भूकम्पसँगै संग्रहालय रहेको भवन, मन्दिर र सतलहरू जीर्ण बनेपछि गुठी संस्थानले यसको पुनर्निर्माणको जिम्मा काठमाडौं विश्वविद्यालय (केयू) लाई दिएको छ पुनर्निर्माणका लागि संस्थानले गत असारदेखि नै संग्रहालयलाई हटाई अन्य ठाउँमा सार्न आदेश दिएपछि कँडेल चिन्तित भएका हुन् लामो समय मिहिनेतमा संकलित बाजाहरूलाई अब कहाँ कुन स्तरमा राख्ने भन्ने टुंगो नलाग्दा उनको चिन्ता बढेको हो गत असार ३० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गुठी संस्थान, संस्कृति मन्त्रालय, पुरातात्त्विक विभाग, केयू र संग्रहालयका पदाधिकारीको बैठकको निर्णयअनुसार संग्रहालयको स्थान्तरणको प्रक्रिया चलिरहेको कँडेल बताउँछन्

ठेगान नभएसम्म यहीं रहने गृह मन्त्रालयको आदेशबमोजिम संग्रहालय यही छ,’ कँडेलले भने संग्रहालयले २०६४ सालदेखि गुठी संस्थानलाई नियमित भाडा बुझाउँदै निजी प्रयासमा चलाउँदै आएको संस्थानका प्रवक्ता सरोज थपलिया बताउँछन् उनका अनुसार २०७१ सालमा संग्रहालयले पाँच वर्षको समयावधि राखेर संस्थानसँग सम्झौता गरेको थियो जग्गा गुठीको भएकोले यतिबेला संग्रहालयलाई कहाँ सार्ने भन्ने पिरलो हो ‘हामीले मूर्त अमूर्त सम्पदाको संरक्षणका लागि केयूलाई नै जिम्मा दिइसकेका छौं,’ प्रवक्ता थपलिया भन्छन्, ‘संग्रहालयमा भएका बाजाहरू कहाँ र कसरी राख्ने भन्ने गुठी संस्थानले हेर्ने होइन।’ जीर्ण भएको भवनले आवतजावत गर्ने मानिसलाई समेत क्षति पुग्ने डर भएकोले छिटोभन्दा छिटो संग्रहालयमा सार्नुपर्ने बाध्यता रहेको उनले बताए

गुठीको जग्गा भाडामा लिएर व्यापार गर्न लागेको हल्ला चले पनि त्यसमा सत्यता नभएको केयू संगीत विभागका प्रमुख लोचन रिजाल भन्छन् उनका अनुसार, पुरातात्त्विक विभागको नक्साअनुरूप करिब २९ करोड रुपैयाँको लगानीमा केयूले त्रिपुरेश्वर महादेव परिसरको मल्लकालीन सम्पदा र ऐतिहासिक सभ्यतालाई जोगाउन पहल गरेको हो

संगीत विद्यालयको रूपमा परम्परागत धर्म, बाजा, संगीतलाई जोगाउने, संरक्षण गर्ने, अनुसन्धान गर्ने हामीले उद्देश्य राखेका छौं,’ उनी भन्छन् केयू, थाइल्यान्ड सरकार र त्यहाँको जनताले गरेको सहयोगले हाल मन्दिर तथा सतलहरू साविककै अवस्थामा पुनर्निर्माण कार्य भइरहेको रिजालले जानकारी दिए भन्छन्, ‘पुनर्निर्माणका लागि भए पनि लोकबाजा संग्रहालय कतै सार्नैपर्छ सलाई पछि सोही स्थानमा राख्ने या नराख्ने भन्ने निर्णय गुठी संस्थानको हो।’

राज्यको अमूल्य सम्पत्ति लोकबाजालाई राज्यको सम्बन्धित निकायले नै संरक्षण गर्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्त्व विभाग अधिकृत भीष्म बाँस्कोटा बताउँछन् उनले संग्रहालयलाई छाउनी वा अन्यत्र कतै सार्ने कुरा चलिरहे पनि निर्णय नभइसकेको बताए

प्रकाशित : पुस ६, २०७६ ०८:३६


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...