Saturday, January 18, 2020

न्हाय् मरु किपूमि


न्हाय् मरु किपूमि          
रजनीमिला, नयाँ पत्रिका,
२०७६ पौष २६ शनिबार १०:४१:००
युद्धमा कीर्तिपुरेले आत्मसमर्पण गरिसकेपछि पनि वीरताका साथ लडेर मृत्युवरण गरेकी महिलाका विषयमा कीर्तिपुर बागभैरववरिपरि बसोवास भएका अमात्य र काजी खलकबाट आफूले सुनेका कुरा लेखक वासुपासाले ‘कीर्तिपुर’ पुस्तकमा उठाएका छन् नाम थाहा नभएकी ती वीरंगनाले पुरुष भेषमा कीर्तिपुरको त्यतिवेलाको क्वाथःच्व अर्थात् हाल क्वाःच्वःमा अवस्थित उमामहेश्वर मन्दिरको प्रांगणबाट वाणले हान्दै युद्ध गरेको प्रसंग अझै पनि त्यस क्षेत्रका मानिसले सुनाउने गर्छन् यसैलाई आधार बनाएर वासुपासाले ‘कीर्तिलक्ष्मी’ नामक उपन्यास लेखे
चतुर रणनीतिक र युद्ध कौशल मानिएका पृथ्वीनारायण शाहलाई दुईपटक नराम्ररी हराएका त्यो वेलाका कीर्तिपुरका जनताको वीरताको गाथा राजतन्त्रकालमा के लेखिन्थ्यो र! पृथ्वीनारायणले कीर्तिपुरलाई आफ्नो नियन्त्रणमा लिइसकेपछि त्यहाँका प्रमुख पद सम्हालेर बसेका मानिसलाई झुन्ड्याएर मार्ने तथा १२ वर्षमाथिका आठ सय ६५ जनाको नाक ुख काटेको इतिहास लेखिनु कुनै बौद्धिकता होइन
पृथ्वीनारायणका प्रधानसेनापति कालु पाण्डेलाई युद्धकै क्रममा मारिएको र आफ्ना भाइ शूरप्रताप शाहको आँखा फोडिदिएकाले प्रतिशोधस्वरूप आत्मसमर्पण गरिसकेका कीर्तिपुरका जनतामाथि बर्बरता मच्चाएको इतिहास भाषा वंशावलीका साथै फादर गुस्सेपे, कर्क पाट्रिकलगायत पृथ्वीनारायण शाहकै दरबारियाहरूका समकालीन कवि ललितबल्लभ तथा उनको यशोगान गरेर नथाक्ने नेवाः पण्डित सुन्दरानन्द बाँडाले पनि उठान गरेका छन् आठ सय ६५ मानिस भनिएकोमा तीमध्ये कति महिला पनि परेका थिए भन्ने अनुमान गर्न सकिन्छ 
कीर्तिपुरमाथिको प्रतिशोधको भावना पृथ्वीनारायण शाह जिउँदो छउन्जेल मात्रै सीमित रहेन २००७ पछिको प्रजातान्त्रिक युग पञ्चायती शासनकालका राजाहरूले पनि त्यो देखाए कोही पनि शाहवंशीय राजा कीर्तिपुर प्रवेश गरेनन् राजतन्त्रको अन्तिम राजा ज्ञानेन्द्रको शासनकालसम्म पनि राजधानीकै एउटा ऐतिहासिक नगर कीर्तिपुरलाई राज्य र प्रशासनले उपेक्षित गरेको कीर्तिपुरका जनताको मत छ
बर्बरताको पराकाष्ठा 
म आफैँले सानो छँदा सुनेको एउटा कहावत् छ ‘न्हाय् मरु किपूमी, लज्या मरु पांगामि’ (नाक नभएका कीर्तिपुरे, लाज नभएका पांगाका बासिन्दा) यो उक्ति कहिलेदेखि चल्दै आयो, सहजै अनुमान लगाउन सकिन्छ आत्मसमर्पण गरेका कीर्तिपुरका जनताको नाक, मुख काटिसकेपछि नगरको नाम नै नसकट्टापुर राखेको तथ्य कीर्तिपुरकै पुरातत्वविद् शुक्रराज श्रेष्ठले ‘फादर गुस्सेपे’को भनाइलाई उतारेका छन् ‘न्हाय् मरु िपूमी’ अर्थात् नसकट्टापुरका बासिन्दा भन्ने उक्तिले त्यतिवेलाका कीर्तिपुरका जनता कर्क पाट्रिकले भने जस्तै नाक र ओठविना नै गुजारा चलाउनुपरेको यथार्थ झल्किन्छ 
तेस्रोपटक अर्थात् अन्तिमपटक कीर्तिपुरमाथि बडो रणकौशलपूर्वक विजय हासिल गरेको भन्दै पृथ्वीनारायणको बिरासत थामेका शासकहरू र उनको प्रशस्ति गाउने लेखक–विद्वान्हरूले उनले गरेका नृशंस हत्या र अमानवीय चरित्रलाई ढाकछोप गरे पृथ्वीनारायण शाहले कीर्तिपुर जित्नका लागि सकस हुने गरी पूर्वतयारी निकै गर्नुपरेको थियो भन्ने कुरालाई पनि वृत्तान्तले दर्साउँछ 
दोस्रोपटक पनि कीर्तिपुरको मार खाएका पृथ्वीनारायण शाहले जित्ने सम्भावना नरहेपछि भक्तपुरवरपर रहेको गौकोटमा हमला गरे त्यहाँ पनि मार खेप्नुप-यो १५ दिनसम्म चलेको त्यो युद्धमा पनि गोरखाका तीन सय ३२ जना सिपाही मरे यही आक्रोशमा युद्ध जितेपछि गौकोट सिंगै गाउँ नै जलाइएको भनिन्छ फेरि कीर्तिपुर हमला गर्ने क्रममा उनले कीर्तिपुरलाई चारैतिरबाट नाकाबन्दी गरे नाकाबन्दीताका नुन, तेलदेखि अन्न भित्र लग्न दिइएन कसैले लगेमा मारिनेछ भन्ने घोषणा गरियो गुप्त रूपमा लगेका मानिसलाई टाउको छिनाई मारेको कुरा इतिहासका पानामा भेटिन्छ 
६ महिनासम्म नाकाबन्दी गर्दा पनि कीर्तिपुरका जनताले आफ्नो शिर झुकाएनन् पृथ्वीनारायणको युद्धमोर्चा बरु थाक्यो तर, महामात्य धनवन्त सिंख्वालका छोरा अपहरणमा परेपछि भने कीर्तिपुरका जनतामा निराशा छायो यति नै वेला पृथ्वीनारायण शाहको टोलीले चारैतिरबाट ‘यदि तिमीहरूले आत्मसमर्पण गर्छौ भने आममाफी दिइनेछ’ भन्दै प्रचार ग-यो यो सुनेर महामात्य धनवन्त शत्रुहरूको फौजको शरणमा परे छोरालाई छाडिदिन अनुनय विनय गरे तर, धनवन्तले न छोराको जीवन दान पाए, न आफूले माफी पाए
महामात्य धनवन्तले छोराको जीवनदान पाउने आशाले गढ पर्खालको मूलद्वार खोलिदिएपछि भित्र पसेका गोर्खाली सैनिकमाझ कीर्तिपुरका जनताले आत्मसमर्पण गरे त्यसपछि कीर्तिपुर गोरखा राज्यको नियन्त्रणमा परेको विषयलाई देशी तथा विदेशी इतिहासकारले दर्साएका छन् त्यसपछि काजी शूरप्रताप शाहले पृथ्वीनारायण शाहको अनुमतिमा कीर्तिपुरका जनताको नाक र मुख काटेर जुन किसिमले शारीरिक यातना दिए, त्यो बर्बरता थियो
तैपनि त्यतिवेलाका प्रत्यक्षदर्शीमा फादर गुस्सेपेले शंका लागेको भरमा मान्छेलाई बाटो–बाटोमा झुन्ड्याएर मार्ने गरिराखेको आफैँले देखेको दृष्टान्त आफ्नो पुस्तक ‘एकाउन्ट अफ द किंगडम अफ् नेपाल’मा (सन् १७९९, पृष्ठ ३१८) उतारेका छन् शूरप्रताप शाहले महिला बालबालिका नभनी नाक काटेको अभिलेख पृथ्वीनारायण शासनकालको दशकको उत्तरार्धमा नेवार पण्डित सुन्दरान्द बाँडाद्वारा लिखित पुस्तक त्रिरत्न सौन्दर्यगाथाले पनि पुष्टि गरेको  
इतिहासकार त्रिलोचन श्रेष्ठका अनुसार भक्तपुर पृथ्वीनारायणको अधीनमा परिसकेपछि त्यो सहर यति सन्त्रस्त बन्यो कि भक्तपुर छाडेर त्यहाँका नागरिक अन्यत्र जिल्लामा भाग्न बाध्य बनाइए भागेका भक्तपुरका नागरिक धेरै जिल्लामा भेटिन्छन् पृथ्वीनारायण शाहले च्वःपू अर्थात् चित्रपुरमा गरिएको दमनका बारेमा फेला नपरे पनि पण्डित सुन्दरानन्द रचित त्रिरत्न सौन्दर्यगाथा (सन् १९६२, पृष्ठ १३५) मा भेट्टाएको केही अंशअनुसार च्वःपूका नेवाःहरूले पृथ्वीनारायणले नेपाल मण्डलमाथि कब्जा गरेको विरोधमा विद्रोह गर्ने हिम्मत गरेका थिए 
भक्तपुरका रोशन श्रेष्ठले आफ्ना अजाअजीले भन्नुभएको स्मृतिअनुसार च्वःपूका पुरुषलाई मात्र होइन, महिलाको चुल्ठो काटेर नांगै गाउँ घुमाउने गरिन्थ्यो उनका अजाअजीहरूले आफ्नो समयमा बाबु ठेगान नभएका बासिन्दा धेरै थिए भन्नुहुन्थ्यो सायद त्यतिवेला बलात्कार पनि भए, जसबाट जन्मेका बच्चाहरूको बाबुको पहिचान नभएको हुन सक्छ यस अनुमानलाई पुष्टि गर्ने अरू लेखोट नभएकाले यो किंवदन्तीमै सीमित भए रोशन श्रेष्ठकै अनुसार भक्तपुरको च्वःपू पृथ्वीनारायण शाहले रणजित मल्ललाई दुवै आँखा फोड्न लगाई काँशी पलायन गराइसकेपछि पनि गोर्खाली राज स्वीकार नगरी अन्तिम अवस्थासम्म आत्मसमर्पण नगरी बसेको नेवाः बस्ती हो 
लेखक जनकलाल शर्माको आफ्नो पुस्तक ‘जनकलाल शर्माका संस्मरण’मा भारतको देहरादुनको चम्बा गाउँसमेत गोरखाको अधीनस्थ राज्यको रूपमा विस्तार गरेको छ सो ठाउँका स्थानीय जनताले आजसम्म पनि गोर्खालीलाई बिर्सन नसकेको कुरा उल्लेख गर्नुभएको छ त्यहाँका जनताले त्यतिवेलादेखि गाउने गरेको लोकगीत वहाँकै पुस्तकबाट उद्धृत गरिएको हो :
राजा तेरा गोरखियाँने लुट्या पहाड
लुट्या पहाड, गोरिरा लुट्या पहाड
तिसा लुट्या वैरा लुट्या, लुट्या भान्दल कि हार
पाँगिदी पँगवालिया लुटियाँ लुटी बाँकी नार।।
दिल्ली युनिभर्सिटीका प्राध्यापक डा. वसुधा पाण्डेले आफ्नो शोधपत्र ‘डाइभर्जेन्ट हिस्टोरियोग्राफिकल टेडिसन्सः अ कम्पेरेटिभ स्टडी अफ् गोर्खा रुल इन कुमाओं एन्ड फार वेस्टर्न नेपाल विथ् पर्टिकुलर रेफ्रेन्स् टु जुम्ला एन्ड डोटी (पाना २)’ मा सन् १८१४ जेबी फ्रेजर भ्रमण गर्न आउँदा गोर्खालीले गरेको शासनको बारेमा लेखेका छन् 
वर्तमान सन्दर्भ 
एमाले अध्यक्ष केपी शर्मा ओलीले ९ फागुन ०७३ मा कालु पाँडेको समाधिस्थल भनिएको दहचोक पुगेर उनको वीरताको प्रशंसा गर्नुभयो प्रधानमन्त्री भइसकेपछि ०७४ ०७५ मा पनि ९ फागुनका दिन उहाँ गएर कालु पाँडेको सम्झना गर्दै ‘समाधिस्थल तीर्थस्थलजस्तै हो’ भनेको समाचार गोरखापत्रमा छापियो अचम्मलाग्दो कुरा के भने आफू प्रधानमन्त्री हुनुपूर्व कीर्तिपुरका तत्कालीन एमाले कार्यकर्तालाई ‘पृथ्वीनारायण शाहले क्रूरतापूर्वक हत्या गरेको, नाक, मुख काटेको विरुद्ध आवाज उठाउनुपर्छ’ भन्दै हिँड्ने नेता ओली प्रधानमन्त्री भइसकेपछि ‘पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक हुन्’ भन्दै राष्ट्रिय दिवस मनाउन आह्वान गर्नाले कीर्तिपुरका जनता वर्तमान शासकको उक्साउने र झुक्याउने प्रवृत्तिप्रति आक्रोशित छन् 
पृथ्वीनारायण शाहले हारबाट क्रोधित भएर कीर्तिपुरका जनतामाथि गरेको दमनको यहाँका जनताले सांकेतिक विरोध गर्दै आएका छन् कीर्तिपुरको तत्कालीन गढबाहिर अवस्थित ठूलो छ्याकःल्वहँ (छ्याके ढुंगा)मा कुनै अवसर पारेर थुक्नुपर्छ भन्दै थुक्ने गर्दै आएका छन् णतान्त्रिक नेपालका शासकले पृथ्वीनारायणको प्रशस्ति गाउन थालेपछि सरकारको त्यो कदमको भत्र्सना गर्न २७ पुसका दिन कीर्तिपुरलगायतका अन्य जातजातिले पनि कार्यक्रममा सहभागी भएर थुक्ने काम गर्न थालेका थिए 
तर, २७ पुस ०७५ मा गृह मन्त्रालयको आदेशअनुसार सुरक्षाकर्मीले उक्त छाकःल्वहँ लाई चारैतिरबाट घेरेर कार्यक्रम बिथोल्ने प्रयास गरेको थियो पृथ्वीनारायण शाहको शासनकालमा गरिएको दमन त्यसबाट आक्रान्त राजधानीमा रहेका नेवारहरूको भावनालाई ख्याल नगरी वर्तमान सरकारले दिन खोजेको सन्देश के हो?
नयाँ होस या पुरानो, बर्बरता आखिर मानव सभ्यताको अँध्यारो पक्ष नै हो। जापानी सेनाले विश्वयुद्दताका गरेको युद्ध अपराधमा जापानीहरु बर्षेनी अझै प्रायश्चित गर्छन्। नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा पनि राज्य संचालकमा पंचायती बिरासतकै निरन्तरता हुनु, हाम्रो कमजोर भाग्य मान्नु सिवाय अर्को "उपाय" पनि देखिदैन ।


खै कस्ले बनायो नेपाल?
ईतिहासले भन्छ
मन्जुश्रीले चोभारको डाँडा काटेर बनायो !
मुन्छेहरु भन्छन
गोर्खाली पृथ्वी नारायणले नेपाल खाल्डोका
किर्तिपुरेको नाक कान काटेर बनायो !
काटेर पनि केही कुरो बन्छ?
डाँडा काटेर बस्ती बन्छ??
नाक कान काटेर देश बन्छ??
पृथ्वी नारान मरिसक्दा हाम्रा सतौँकोटे पुर्खाहरु
बहादुर शाहका फौजलाई आँधिखोलामा काट्दै थिए !
तिन्का चौथो पुस्ता सम्म लिम्बुवान खुम्बुवान मा लड्दै थिए !
तिनका पाँच पुस्ता सम्म उत्तर तिर लड्दै थिए !
ती मरेका मान्छे पृथ्वी नारायण शाहले
ढुंङ्गाले गारो हाली बनाए?
कि सिमेन्टले ढलाई गरि बनाए नेपाल??
तिन्ले एकीकरण नगरिदेको भए के हुन्थ्यो?
फुर्ती हान्छन केही !
हैन गिर्वाणका पालामा आधा नेपालमा
अंग्रेजले चित्त नबुझाएको भए के हुन्थ्यो??
अरुका जमिन खोस्नु तिनलाई दास बनाउनु
र तिनका सभ्यता निमिट्यान्न पार्नु
एकीकरण हो भने !
भारतले अहिले सिमा मिच्दै आएको एकिकरणलाई
स्वागत गरौं !
त्यही एकता हो भने !
कालापानी मिचिएको दिन !
नेपाल-भारत एकता दिवस मनाऔँ !
हिमाल तिरका लाई भोटे
मधेस तिरका लाई बिहारी
भन्ने उहीँ पृथ्वि नारायणका पालाको
च्यातिएका मान्सिकताले
बिभेदै विभेद को मंच माथी
एकताको नौटंकी बन्द गरौँ !
समानता र समान अधिकार
तिन्लाई पनि चाहिएको छ !
जस्का पुर्खाले
आलमदेवि देखि टिष्टा अनि केरुङ्ग
सम्म लडे !
जस्ले वास्तव मै नेपाल एकीकरण गरे !
काल्पनिक पृथ्वी नारन हैन !
वास्तविक वीर नेपालीलाई सम्मान गरौँ !
तिनका ईतिहास पढौं !
उपत्यकाका अादिवासी ,तामाङ ,किराँती, थारु मधेसी लगायत ले पृथ्वी जयन्ती बहिष्कार गर्नुु पर्छ । यी हत्यारा, लुटेरा हुन् । यिनको गिद्दे दृष्टि ले ३०० बर्ष अगाडिको स्वर्ग जस्तो धनी नेपा भुमि अाज बिश्व कै गरीब मुलुकमा दरिएछ ।
हुन​ त​ जे भ​यो इतिहास​ भैस​क्यो भ​नि थानेको थिएँ मैले त​र​ इतिहास मेटाउँदै जित्ने को ज​य​ज​य​कार मात्र​ ग​र्न​ खोज्छ​ भ​ने त्य​स​को विरुद्ध​मा आफु ख​डा हुन​ स​क्नु प​र्छ​। अहिले कुनै मान्छे अन्याय​ मा प​रेको छ​ भ​ने त्यो अन्याय​ ग​र्ने मान्छे र उस​को साखास​न्तान​लाई पिडीत​ प​क्ष​को साखास​न्तान​ले कस​रि हेर्ने ग​रिन्छ​? त्य​स​रि नै शाह​ वंश​लाई हेर्दै आई र​हेको मा आहिले झ​नै शाह्बंश को अगुवाको गुन​गान केहिले ग​र्न​ थालेको ले निको भै स​केको घाउलाइ फेरि कोतारे ज​स्तो लाज्ञो। जे होस मान्ने ले मानिर​हेकै हुन्छ​न भ​ने घ्रिणा ग​र्नेले घ्रिणा ग​रिर​ह​न्छ​न र​ शाय​द स​त्य​ त​थ्य​ बुझ्दै र​ बुझाउन्दै जाने हो भ​ने घ्रिण​ ग​र्नेह​रुको स​न्ख्या झ​नै ब​ध्दै जाने छ​न।


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...