Tuesday, January 21, 2020

छाउगोठ भत्काउन गाउँगाउँमा प्रहरी


छाउगोठ भत्काउन गाउँगाउँमा प्रहरी
१७ दिनमा १५ सय २० छाउगोठ भत्काइए
पुस २८, २०७६मेनुका ढुंंगाना
अछाम — सात–आठ परिवारको सामूहिक छाउगोठ खुट्टा तन्काउन नमिल्ने गोठमा झ्याल , न बलियो ढोका गाउँले मिलेर निर्माण गरेको गोठमा / महिला एकैसाथ पनि बस्छन् यो अछामको दुर्गम मानिने लयाटी गाउँको एक छाउगोठको अवस्था हो 
गत मंसिर १५ मा साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा बसेका बेला मृत्यु भएपछि गृह मन्त्रालयले छाउगोठ भत्काउन निर्देशन दिएको थियो त्यसयता जिल्ला प्रहरीको नेतृत्वमा छाउगोठ भत्काउन अभियान थालिएको

साँफेबगर नगरपालिकाले पनि छाउगोठ भत्काउने अभियान सुरु गरेपछि अन्य नौवटा स्थानीय तहले पनि चासो देखाएका छन् ।अभियान सुरु भएको १७ दिनमा जिल्लाभर १५ सय २० छाउगोठ भत्काइएका छन् १० स्थानीय तहका ९१ वडा प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान अघि बढेको हो स्थानीयस्तरमा कानुनबारे पटकपटक छलफल गर्दा पनि छाउगोठमा मृत्यु हुने क्रम नरोकिएपछि प्रहरी र प्रशासनले नेतृत्व लिनुपरेको जिल्ला प्रहरी प्रमुख डीएसपी दीपक भारतीले बताए

१० वटै स्थानीय तहका प्रमुखलगायत सरोकारवालासँग बैठक गरेका छौं माघ मसान्तसम्म सबै छाउगोठ भत्काउने निर्णय भएको ,’ डीएसपी भारतीले भने, ‘अटेर गर्नेलाई कारबाही र सेवा सुविधा रोक्न सक्ने अवस्था पनि आउने देखिन्छ।’ साबिकको महिला तथा बालबालिका कार्यालयले २०७३ मा सर्वेक्षण गर्दा त्यसबेला जिल्लाभर ३३ हजार छाउगोठ थिए

अभियानका क्रममा शनिबार प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको नेतृत्वमा प्रहरीले टोली छड्के अनुगमन गर्न लयाटी पुग्यो उक्त गाउँमा छाउ बार्न गोठमा बसेकी महिलालाई प्रहरीले किन बसेको भन्दै सोधखोज गर्न थाल्यो एकपछि अर्को गर्दै स्थानीयहरू जम्मा भए ती महिलालाई उनकै घर नजिक लगेर प्रहरीले केरकार गर्‍यो गोठमा नबस्न सम्झाइबुझाइ गर्‍यो त्यत्तिकैमा छाउ ार्न बसेकी महिला ‘गोठका भाँडाकुँडा ल्याउँछु अब बस्दिनँ’ भन्दै गोठमा गइन् त्यसपछि प्रहरीको नजिक परिनन् जम्मा भएका अरू गाउँले पनि प्रहरीको नजिक पर्न चाहेनन्

छाउगोठमा बस्नु हुँदैन भन्ने त थाहा थियो तर देवताकै डरले बाहिर बस्न बाध्य छौं,’ स्थानीय विमला शाहीले भनिन्, ‘यसरी प्रहरी नै गाउँमा आएपछि सुरक्षित घरमै बस्नुपर्छ भन्ने सबैले बुझ्न थालेका छन्,’ । जनप्रतिनिधि, प्रहरी र स्थानीयकै सक्रियतामा छाउगोठ भत्काउन थालिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ‘दुर्गम गाउँमा अनुगमनका क्रममा सम्झाइबुझाइ पनि रिरहेका छौं अटेर गरे कानुनी कारबाही अघि बढाउँछौं,’ उनले भने

प्रजिअ श्रेष्ठ र डीएसपी भारतीलगायतको टोली दुर्गम मानिने बारला गाउँ पुगेर धामीझाँक्रीसँग भेटघाट पनि गरे स्थानीयसँग छाउ बार्नेलाई घरैमा राख्न आग्रह गरे स्थानीयका समस्याका बारेमा पनि जानकारी लिए गाउँको ७० प्रतिशत भूभाग देवीदेवताको नाममा भएकाले बारलामा महिनावारी भएका बेला गोठ ओडारमा महिलाहरू बस्ने गरेको स्थानीय राधिका शाहीले बताइन् ‘छाउपडी कुप्रथा हो भन्ने सबैलाई थाहा असुरक्षित रूपमा बस्दा ज्यान जान्छ भन्ने पनि थाहा तर देवताकै ारणले गोठ र ओडारमा बस्नुपर्छ,’ उनले भनिन्, ‘छाउ बार्नेलाई कारबाही गर्ने थाहा पाएपछि सबै डराएका छन् सबैका गोठ भत्किए, धेरैले घरमा बस्न सुरु गरेका छन्।’ कारबाहीको त्रास नभएसम्म छाउ बार्न गोठ जाने चलन नरोकिने उनले बताइन्

विभिन्न खालका जनचेतनामूलक कार्यक्रम त पहिले पनि भएका हुन् घरमा बस्छु भनेकै भरमा धेरै गाविस छाउपडी गोठमुक्त घोषणासमेत भए,’ उनले भनिन्, ‘कार्यक्रममा बस्दासम्म छाउ नबार्ने भन्दै घोषणा गर्नेहरू पनि घरमा गएर गोठमा बसाउँछन् बसाउन बाध्य पार्छन्।’ उनका अनुसार जनचेतनासँगै कानुन कार्यान्वयनमा कडाइ गरे कुप्रथा न्यूनीकरण हुनेछ

कानुन कार्यान्वयन नहुनुभन्दा पहिले जति सम्झाइबुझाइ गर्दा पनि गोठमा नै बस्ने गरेका महिलाहरू ३ महिना कैद र ३ हजार जरिवाना तिर्नुपर्ने बताएपछि आफैं घरभित्र बस्न थालेको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका वडाध्यक्ष ताराप्रसाद खनालले बताए
प्रकाशित : कान्तिपुर, पुस २८, २०७६ ११:२६


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...