Saturday, January 18, 2020

शंका गर्नु नै अप्रामाणिक हो


शंका गर्नु नै अप्रामाणिक हो
पुस २६, २०७६दिनेशराज पन्त
नेपाल प्रज्ञा प्रतिष्ठनका प्राज्ञ दिनेशराज पन्त चर्चित इतिहासविद् हुन् । २०७३ सालमा उनले ‘पृथ्वीनारायण शाहको दिव्योपदेश संक्षिप्त जीवनी’ नामक पुस्तक प्रकाशन गरेका छन् 
पृथ्वीनारायणको इतिहासबारे हुने अधिकांश बहस र छलफलको केन्द्रमा पन्त आइहाल्छन् पृथ्वी जयन्तीको छेकोमा पृथ्वीनारायण शाह दिव्योपदेशमाथि केन्द्रित भएर जनकराज सापकोटाले पन्तसँग गरेको कुराकानी :
पृथ्वीनारायण शाहबारे अहिले अलग–अलग बुझाइ छन् तपाईंको बुझाइ कस्तो छ?
पृथ्वीनारायण शाह विसं १७९९ चैत २५ गते राजा भए उनले विसं १८०० असोज १५ गते नुवाकोट जिते १८२५ सम्म उनको राजधानी नुवाकोट नै भयो उनले लगालग एकपछि अर्को राज्य विजय गरेको इतिहास छैन तर, राज्य जितेपछि पनि उनी चुप लागेर बसेको देखिन्न पश्चिम नम्बर नुवाकोटबाट काठमाडौं जम्मा साढे सात कोस हो यति नजिकको राज्य जित्न उनलाई नुवाकोट विजयपछिका २५ वर्ष लागेको देखिन्छ विसं १८२५ असोज १३ गते उनले काठमाडौं सहर जिते त्यसैले भन्न सकिन्छ, उनले सैन्य बल मात्रै प्रयोग गरेनन्, रणनीतिक योजना पनि अख्तियार गरे
अहिले पृथ्वीनारायणलाई एकातिर देवत्वकरण त अर्कातिर दानवीकरण गर्ने चलन छ हामी संशोधनमण्डल पद्धतिका मानिसले त्यसबाट टाढा बस्नुपर्छ भनेका छौं पृथ्वीनारायण देउता बनाउँदैमा ठूला, दानव बनाउँदैमा साना हुने होइनन् हामी नेपाल चाहँदैनौं नेपाली हुनुमा गौरव मान्दैनौं भने पृथ्वीनारायणलाई जुन दृष्टिले हेरे पनि भयो इतिहासले पनि त्यसै गर भन्दैन उनका जति पनि उपदेश छन्, सबै दिव्योपदेशमा आएका छन् ती उनको जीवन पद्धतिसँग मिल्न आउँछन् पनि यसैले उनको ब्यक्तित्व कस्तो थियो भन्ने बुझाउँछ
कतिपयले दिव्योपदेशकै प्रामाणिकतामाथि पनि शंका गर्छन् उनले लेखेकै होइन भन्छन् के समयक्रममा दिव्योपदेशपछि थपथाप हुँदै आएको हो?
यो प्रश्न नै अप्रामाणिक शंका हो पृथ्वीनारायणकै समयका काजी अभिमानसिंह बस्नेतका दरसन्तान बखतमानसिंह बस्नेतबाट दिव्योपदेशको मूलप्रति पाइएको हो त्यो हस्तलिखित थियो, जुन अहिले राष्ट्रिय अभिलेखालयमा छ अभिमानसिंहकहाँ त्यो कसरी आयो भन्ने प्रश्नमा त्यो उनकै कुनै कारिन्दाले पृथ्वीनारायणको कुरा सुनेर तयार पारेका हुन सक्छन् बखतमानले पनि त्यो हस्तलिखितप्रति आफ्नै कुनै कारिन्दाको घरमा भेट्टाएको बताएका थिए
पहिले दिव्योपदेश २००७ सालतिर मात्रै पाइएको हो भन्ने थियो तर, इतिहासकार बाबुराम आचार्यले त्यसअघि नै पाएको भेटियो उनले दार्जिलिङमा रहेका साहित्यकार सूर्यविक्रम ज्ञवालीलाई त्यसको केही अंश पठाइदिए विसं १९९२ मै दार्जिलिङबाट दिव्योपदेश समेटिएको पुस्तक निस्किएको पाइयो तर, आचार्यले त्यो दिव्योपदेश कहाँबाट पाए, यकिन छैन हुन सक्छ, कुनै भारदारले दिए
योगी नरहरिनाथजस्ता मान्छेले पनि दिव्योपदेशको संकलन गर्ने र जनस्तरमा पुर्‍याउने काम गर्नुभएको देखिन्छ समयक्रममा बाबुराम आचार्य पनि त्यसमा संग्लन हुनुभयो मेरा पिताजी प्राध्यापक नयनराज पन्तले त्यही दिव्योपदेशलाई नै व्याख्यानको रूपमा संस्कृतमा ३८० श्लोक र नेपालीमा ३८० श्लोक गरी निकाल्नुभयो
यतिकै आधारमा दिव्यपदेशलाई किन शंका नगर्ने त?
शंका गर्नुको एउटा कारण के भने दिव्योपदेशको हस्तलिखित मूलग्रन्थ अहिलेसम्म एक प्रति मात्रै भन्दा बढी पाइएको छैन एउटा केही बर्गबाट जानी–नजानी वा पृथ्वीका सन्तानलाई हामीले हटायौं भन्ने अहंकार वा गर्वबोधले पनि त्यस्तो कुरा आएको देखिन्छ
अढाई सय वर्षअगाडि कुपन्डोलको मान्छेले थापाथलीको ऐश्वर्य भोग गर्न पाएको थिएन थापाथलीका मान्छेले कुपन्डोलको ऐश्वर्य भोग गर्न पाएको थिएन त्यसलाई बिर्सेर पृथ्वीप्रतिको आग्रह वा दुराग्रह झल्काउने गरेको पनि देखिन्छ तर, पृथ्वीनारायण शाह त्यति मात्र होइन उनले विदेशीको नाचगानलाई रोके, हेर्नैपर्छ भने काठमाडौंका नेवारको मात्रै नाचगान हेर्नु भने भारतीयको नाच हेर्दा भारततिर जासुसी सूचना जान्छ, आफ्नो पैसा पनि जान्छ भन्ने उनले सोचे त्यसो बीचको एउटा समयमा पृथ्वीनारायण शाहको सालिक ढाल्ने देखिका अभियान पनि नेपालमा चल्यो
त्यति नै कारणले दिव्योपदेशमाथि शंका गरिहाल्नु जरुरी देखिन्न किनकि दिव्यपदेशको गुणवत्ता अहिले पनि छ दक्षिणमा भारत उत्तरमा चीन भएकाले उनले नेपाललाई दुई ढुंगाको तरुल भने इतिहासको एक समयमा नेपाल धनी हुनुको कारण भारत–तिब्बतबीचको व्यापार पनि हो त्यो कुरा अहिले पनि उत्तिकै मुनासिब देखिन्छ
केही समयअघि म नुवाकोट पुगेको थिएँ हनुमानढोकामा जस्तै पृथ्वीनारायण शाहले एक औँला ठड्याएको मूर्ति त्यहाँ देखेँ शाह राजाहरू एक से एक हुन् भन्ने भाव देखाउन गाउँ फर्क अभियानको पालामा पृथ्वीनारायण शाहको त्यस्तो मूर्ति बनाइएको थियो इतिहासका पुराना तस्बिरमा कतै पनि पृथ्वीनारायणले औँला ठड्याएको देखिन्न त्यो त एकथरी शासकको काम थियो तर, जुन बेला दिव्यपदेश निस्कियो, त्यो उनको महिमामण्डन गर्न निस्केकै होइन
दिव्योपदेशको हस्तलेखन कसको थियो भन्नेबारे केही खुल्छ?
त्यो खुल्दैन
त्यसो भए त्यसको प्रामाणिकतामाथि किन शंका नगर्ने?
प्रामाणिकताबारे जसले जति प्रश्न उठाए पनि समयक्रममा त्यसको खण्डन हुँदै आएको छ यसबारे प्रश्न गर्नेहरूले पनि गतिलो प्रश्न–प्रमाण दिन सकेका छैनन् एउटा आग्रहबाट प्रश्न उठेको दिव्योपदेश पृथ्वीनारायण शाहलाई महिमामण्डित गर्न लेखिएको होइन किनभने त्यो महिमामण्डनको युग नै थिएन
दिव्योपदेश पृथ्वीनारायण शाहको भाषणको लिखोट हो वा भाइभारदारमाझ दिएको प्रवचनको टिपोट वा भनाइको सार संक्षेप?
पृथ्वीनारायण पश्चिम विजय गर्न भन्दै नुवाकोट पुगेका थिए त्यतिबेला पर्वतका राजाले नेपाली भाषामा लेखेको एउटा पत्र , जसमा उर्दू भाषामा हस्ताक्षर छ त्रमा ‘गोर्खाका राजा हामीमाथि दागा राखी पश्चिम हान्न भन्दै नुवाकोट आए तर, उनी आफैँ त्यहीँ विरामी परे’ भन्ने सार छ उनी बिरामी परे पनि धैर्य शूर नभएका मान्छे भएको भए त्यहीँ विलौना गरी समय बिताउँथे त्यही बेला उनले भाइ–भारदारलाई अगाडि राखेर केही कुरा ने यस्तो उपदेशलाई सबैले आ–आफ्नै ढंगले टिपेका हुन सक्छन्
भाइभारदारसामु भनेको कुराको टिपोट नै दिव्यपदेश हो दिव्योपदेशमा आएभन्दा अरू धेरै कुरा पृथ्वीनारायणले भनेका हुन सक्छन् अथवा टिप्ने मान्छेले आफ्नो शैलीमा पनि लेखेको हुन सक्छ
यतिकै आधारमा यसैलाई सही मान्ने त? भन्नेहरूले त ‘जित्नेको इतिहास लेखिन्छ’ भन्छन् १
जित्नेको इतिहास हुन्छ, हार्नेको हुँदैन भन्ने नै गलत छ यो अप्रामाणिक कुरा हो यहाँ जित्नेको पनि इतिहास छैन जस्तो २०६३ सम्म द्रव्य शाहकै सन्ततिको राज्य थियो नि यहाँ द्रव्य शाहकै पालाको तात्कालिक पत्र पा शिलापत्र हामीले पाउन सकेका छैनौं जबकि उनले विसं १६१६ मा शासन गरेका हुन्
पृथ्वीनारायणलाई बडामहाराजधिराजको उपाधि कसले दिएको हो?
मैले गोरखाको इतिहास तयार पार्नका लागि २०३७/३८ सालतिर परराष्ट्र मन्त्रालयका करिब अढाई लाख पुराना कागजात पढेको थिएँ राजा राजेन्द्रविक्रम शाहलिखित एक लिखोटमा उनले आफूअघिका धेरैजसो राजालाई श्री लेखेका छन् तर, पृथ्वीनारायण शाहलाई ५२ वटा श्री लेखेका छन्
त्यही बेलातिरका कैयन् पुराना पत्रमा पृथ्वीनारायणलाई ‘बडामहाराज’ लेखेको पाइन्छ रणबहादुर शाहकै शासनकालतिरका पत्रमा पनि यस्तो भेटिन्छ तर, पछाडि जोडिएको धिराज शब्द भने अधिराज शब्द सन्धि भएर आएको हो
एकथरीले पृथ्वीनारायण शाहलाई स्वीकार गर्दैनन् अर्कोथरीले महिमामण्डन गर्छन् तपाई कतातिर ढल्किनुहुन्छ?
पृथ्वीनारायण शाहले गरिबक्सियो, मौसुफ यस्तो होइबक्सन्छ, दिव्यपदेश यस्तो, पृथ्वीनारायण शाहले सम्पूर्ण राम्रो काम गरे भनेर महिमामण्डित गर्छन् एकथरी पृथ्वीनारायणको सम्झनामा सार्वजनिक बिदा दिनुपर्छ बिदा दिनु पर्दैन भन्ने पक्षको होइन तर, बिदा दिनु आवश्यक छ वा छैन यो विचारणिय कुरा हो सिन्धुलीको पौवागढीमा भएको विसं १८२४ असोज १५ गतेको नेपाल–अंग्रेज युद्धमा (यो मिति पनि मेरै अनुसन्धानबाट निस्किएको हो) पृथ्वीनारायणले किनलक नेतृत्वको अंग्रेजी सेनालाई हराउन नसकेको भए नेपालको अहिलेको अस्तित्व हुने थिएन
हामीले पृथ्वीनारायणलाई वस्तुगत ढंगले हेनुपर्छ शाहमाथि विश्वविद्यालयले र सबै अनुसन्धानकर्ताले अध्ययन गर्नु जरुरी छ उनलाई मान्नुपरेको किन हो भने त्यतिबेला पृथ्वीनारायणको अभियान सफल नभएको भए अहिलेको नेपाल सम्भव थिएन
प्रकाशित : कान्तिपुर, कोसेली, पुस २६, २०७६ ११:०५

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...