Saturday, January 18, 2020

मासिन्या दस्तुर


मासिन्या दस्तुर
मलाई इतिहासदेखि नै अन्याय गरियो । मेरो समुदायलाई दबाइयो । सीमान्तकृत बनाइयो । अनि म कसरी सुन्दरता प्रस्तुत गरौँ ?’
झन नयाँ, २०७६ पौष ५ शनिबार ०९:३४:००
सन् १९५० देखि ६० को दशक, अमेरिकन सहयोगमा नेपालको तराई क्षेत्रमा औलो उन्मूलन अभियान सुरु भयो औलो उन्मूलनका लागि अमेरिकामा उत्पादित ‘डिडिटी’ नेपाल ल्याइयो दोस्रो विश्वयुद्धमा प्रयोग भएको यो विषाक्त झोलले तराईबाट औलो मात्रै उन्मूलन गरेको थियो?
डिडिटी तराईका आदिवासी थारूको अस्तित्वमाथि छरिएको घातक झोल थियो डिडिटीले लामखुट्टेसँगै थारूको वासस्थान पनि साँघुरो बनायो तराईमा औलो उन्मूलन भएसँगै पहाडबाट तराई झर्नेको लर्को लाग्यो तराईका आदिवासी थारूको जमिन बसाइँसरी आउनेले हत्याए थारूमाथि राज्यले गरेको शृंखलाबद्ध आक्रमणलाई ‘मासिन्या दस्तुर’ नाम दिएर चित्र कोरेका छन् लवकान्त चौधरीले बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा २६ वटा चित्रका ाध्यमबाट चौधरीले थारूमाथि राज्यले गरेको दमन र आक्रमणको दर्दनाक इतिहास देखाएका छन् 
इतिहासमा थारूमाथिको राज्य दमन ‘दस्तुर’बाट सुरु हुन्छ चित्र शृंखलाको सुरुवात डिडिटीबाट हुन्छ डिडिटी शृंखलाको चित्रमा मान्छेलाई लामखुट्टेकै आकारमा प्रस्तुत गरिएको ‘डिडिटीले थारूहरूलाई पनि लामखुट्टे भगाएजसरी भगायो लामखुट्टे मारेजसरी मा-यो,’ चित्र अथ्र्याउँदै चौधरी भन्छन्, ‘राज्यका लागि लामखुट्टे र थारू उस्तै भए।’ यसैकारण लामखुट्टे मान्छेको आकृति आकार समान बनाए चौधरीले ‘मान्छे बचाउने नाममा थारूहरूमाथि डिडिटी छर।’ चौधरीको चित्रकला हेरिसकेपछि विश्लेषक सिके लाल भन्छन् त्यसैले डिडिटीलाई थारूहरू ‘डेन्जर डोज टु थारू’ भन्छन्
डिडिटीले समाप्त पार्न नसकेका थारू र आदिवासीको अस्तित्वमाथि धावा बोल्ने अर्को हतियार थियो तमसुक तमसुक शृंखलामा तमसुकका प्रतिलिपिमाथि थारू अनुहार उतारेर चौधरीले तमसुक आतंकको बयान गरेका छन् नेपाली बोल्न लेख्न नजान्ने थारूमाथि नेपालीभाषीले तमसुकको आर्थिक आतंक मच्चाए ब्याजको स्याज, स्याजको प्याज गर्दै तमसुकरूपी हतियारले थारूलाई गरिब बनाउन थालियो थारूको मुख्य सम्पत्ति भूमि खोस्न तमसुक प्रयोग भयो
त्यसअगाडि राणाहरूले थारूमाथि ‘दस्तुर’को आक्रमण सुरु गरिसकेका थिए थारूका सीप कौशलमाथि राणाले दस्तुर लगाए ‘थारूले जानेका सीप कौशल राणाका लागि प्रयोग गर्नुपर्ने,’ राणाको अन्यायी चरित्र बयान गर्छन् चौधरी, ‘उनीहरूकै लागि काम गर्नुपर्ने अनि उनीहरूलाई नै दस्तुर तिर्नुपर्ने।’
दस्तुरको हतियारले थारूहरूलाई आफ्नो सीप र कौशलबाट विमुख हुनुपर्ने अवस्था सिर्जना ग¥यो धामी, झाँक्री गरेको, हात्ती पालेको, घाँस काटेको, माछा मारेको दस्तुर तिर्नु भन्दै राणाले जारी गरेका दस्तुरी कागजले थारू शिल्प र सभ्यताको विकासमा ब्रेक लगाए सिके लालले भनेजस्तै ‘अरूले जतिसुकै वर्णन गरे पनि कहाँ दुख्छ भन्ने कुरा दुख्नेलाई मात्र थाहा हुन्छ।’ चौधरीले थारूमाथि भएको राज्यको शृंखलाबद्ध अन्याय सहेका छन् 
ललितकलामा मास्टर्स गरिरहेका सर्लाही बयरवासका चौधरीको ‘मासिन्या दस्तुर’ त्यही दुखाइको चीत्कार हो पीडामिश्रित आक्रोश पनि हो चौधरी ०७२ को भूकम्पपछि भक्तपुरमा कला संकलनको काममा थिए ‘कलाकार देखेपछि एनजिओ आइएनजिओका मान्छे आउँथे, धरहराको चित्र बनाउन लगाउँथे,’ आफ्नो रूपान्तरण बिन्दुका रूपमा अथ्र्याउँदै चौधरी भन्छन्, ‘हाम्रो पीडा पनि उनीहरूलाई कला लाग्यो हाम्रो संस्कृति संस्कार पनि उनीहरूलाई कला लाग्यो खासमा त्यो हामीमाथि गरिएको मजाक थियो।’ त्यसपछि चौधरीको मनमा लाग्यो ‘त्यसरी नै हामी आदिवासीको संस्कार संस्कृतिमाथि मात्रै होइन, आदिवासीमाथि ‘मजाक’ गरिएको छ।’ 
त्यसपछि चौधरी आफ्नै समुदायको जरा खोज्न थाले जराभन्दा पहिले उनले भेटे, ‘थारूलाई जरा गाड्न नदिने शासकीय राजनीति थारूको जरा काट्ने शासकीय हतियार।’ वर्षको अनुसन्धानपछि २६ वटा चित्र बनाउन महिना लाग्यो चौधरीलाई कात्तिक ०७५ मा चौधरी उनको समूह ‘आर्ट ट्री’ले ‘विपरीत सपना : आम मान्छेमाथिको राजनीति’ शीर्षकको चित्रकला प्रदर्शनी गरेको थियो प्रदर्शनीमा चौधरीले जंगबहादुरको मुलुकी ऐनले मासिन्या जातिमा राखेको थारूमाथि गरिएको अत्याचारको नमुना प्रस्तुत गरेका थिए ‘मासिन्या’ शीर्षक दिएर थारूले झिझिँया नाचमा प्रयोग गर्ने मटकामा जंगबहादुरदेखि संविधान जारी हुँदासम्मको समय र टीकापुर घटना अनि घटनापछिका सरकारी रिपोर्टले थारूमाथि गरेको दमनको चित्र खिपेका थिए
यसपटक पनि अँध्यारो कोठामा प्रस्तुत गरिएको यो कलाले कानुन, सुव्यवस्थाका नाममा भएको कालो कर्तुत देखाउँछ थारूमाथि भएका अन्याय, थारूले भोग्नुपरेका पीडालाई कलात्मक रूप दिएर चौधरीले इतिहासमा लुकाइएका र दबाइएका घटनालाई सार्वजनिक गरेको बताउँछन् लेखक युग पाठक
पिठ्युँमा बच्चा बोकेर, हातमा कालो झन्डा समातेकी महिला चित्रको पृष्ठभूमिमा टीकापुरको नक्सा छ ‘पिपुल फ्रम ल्यान्ड अफ इनइक्वालिटी’ शीर्षक दिइएको यो चित्र हो, पार्वती चौधरीको भदौ ०७२ को टीकापुर घटनापछि थारू भएकै कारण पार्वतीका श्रीमान्लाई प्रहरीले वर्षौंसम्म बन्धक बनायो ‘पुरुषलाई बन्धक बनाएपछि कफ्र्यु लगाइएपछि थारू महिला थाल ठटाउँदै, सिटी बजाउँदै बालबच्चा बोक्दै सडकमा ओर्लिएका थिए।’ टीकापुर भ्रमणमा गएका चौधरी टीकापुरको तत्कालीन अवस्था सुनाउँछन्
८ जनाको ज्यान जाने गरी टीकापुरमा भएको घटनापछि थारूका घर जलाइए थारू समुदायमाथि अघोषित प्रतिबन्ध लगायो, राज्यले यही बर्बरतालाई चौधरीले ‘वन्स देअर वाज भिलेज’ शीर्षक दिएर श्रव्यदृश्य सामग्रीमा राखेका छन् मुक्तिका लागि गरिएका हरेक संघर्ष आन्दोलनमा सीमान्तकृतहरू झन–झन किनारामा पर्छन् थारूमाथि पनि यस्तै भएको  
राज्यसत्ता परिवर्तन गर्ने भन्दै सुरु भएको थियो माओवादी संघर्ष माओवादी संघर्षका दौरान मारिएका जोखन रत्गैँयाको डायरीलाई काठमा कुँदेका छन् चौधरीले  थारू भाषामा ‘मुत्तिक डगर’ अर्थात् मुक्तिको बाटो नाम दिएर पत्रिका प्रकाशन गर्ने भन्दै रत्गैँयाले तयार पारेको डायरीलाई काठमा कुद्नुको अर्थ सुनाउँछन् चौधरी, ‘राजा महाराजाका इतिहास त ताम्रपत्र, शिलापत्रमा लेखिन्छन् हामी त प्रकृतिपूजक हाम्रो इतिहास पनि प्रकृतिमा नै लेखिन्छ त्यसैले काठमा लेखेको हुँ।’
क्रान्तिके कठिन घडिमे प्रिय साथ देखे टुं
दुःख कष्ट व पीडा मे आँश ना गिरैँहो टुं’ 
रत्गैँयाले अक्षर पनि चिन्न नसक्ने आफ्नी श्रीमतीका नाममा लेखेको कवितांश हो यो २९ जेठ ०५८ मा मारिएका रत्गैँयाको डायरीमा लेखिएका यस्ता कविता र लेखलाई काठमा कुदेर प्रदर्शनीमा राखेका छन् चौधरीले रत्गैँयाका बुबा धनबहादुर भाइ जगतलाई पनि तत्कालीन शाहीसेनाले मारेको थियो
रत्गैँयाको असफल क्रान्तिका पीडा कम हुन नपाउँदै छेउमा झुण्डिएका गोली देखिन्छन् काठका साना बाकसमा किरा लागेका अन्नका दानामाथि टाँसिएका छन् बन्दुकका गोली मुक्तिको सपनाको हत्या गरेका गोली हुन् यी समानताको चाहनालाई निमिट्यान्न पारेका यी गोलीले कैयौँ परिवारको अन्नपानी पनि सुकाएका छन् त्यसैले सिके लाल भन्छन, ‘तपाईं आफ्नो मुटुबाटै केही बनाउनुहुन्छ भने त्यो कला बन्छ।’ चौधरीले प्रस्तुत गरेको कलालाई मुटुबाटै बनेको कला भन्छन् उनी 
सभ्यता र खुसहालीका नाममा राज्यले थारू समुदायलाई भूमि र प्रकृतिबाट विमुख बनाएर सभ्यता खोस्यो त्यसैले चौधरीका हरेक चित्रमा भूमि (माटो) देखिन्छ प्रकृति देखिन्छ थारू समुदायको संस्कार संस्कृति देखिन्छ सिके लालको भाषामा भन्दा, चौधरीका चित्रमा, संस्कृति, जीवन, पुस्तान्तर, आर्किटेक्चर, समाजशास्त्र फेला पर्छ गोर्खाली शासनपछि थारूले बाँचेको जीवनचक्र फेला पर्छ ‘कला अब आनन्द मात्रै रहेन,’ चौधरी भन्छन्, ‘यो त विद्रोहको अर्को रूप हो इतिहासको नयाँ व्याख्या पनि हो।’ थारू समुदायलाई इतिहासमा गरिएको विभेद अन्यायलाई देखाउन उनले कलामा काठ, माटो, अन्न, नक्साजस्ता स्थानीय सामग्री नै प्रयोग गरेका छन् 
तर, पुनव्र्याख्या यतिले मात्रै पुग्दैन त्यसैले चौधरीले स्थानीयतालाई आधुनिकतासँग मिसाएका छन् जस्तोः तमसुक दस्तुर शृंखला सिसाको फ्रेममा सजाएका छन् श्रव्यदृश्य सामग्रीको पनि प्रयोग गरेका छन् त्यसैले आफ्नो चित्रकारितालाई उनी ‘मिक्स मिडिया’ भन्छन्।चौधरीको कलामा शास्त्रीय मोहकता सुन्दरता भेटिँदैनन् भन्नेलाई उनको जवाफ होइन, प्रश्न छ, ‘मलाई इतिहासदेखि नै अन्याय गरियो मेरो समुदायलाई दबाइयो सीमान्तकृत बनाइयो अनि कसरी सुन्दरता प्रस्तुत गरौँ?’ उनी भन्छन्, ‘आर्ट पिस वालमा डेकोरेट गर्ने मात्रै होइन यसले हाम्रो इतिहास देखाउनुप-यो हाम्रो व्यथा देखाउनुप- समग्रतामा यसले हाम्रो प्रतिनिधित्व गर्नुप-यो।’ 
इतिहासको गर्भमा केही कुरा लुकेका हुन्छन्,’ चौधरीका गुरु–साथी हितमान गुरुङ भन्ने गर्छन् तर, लवकान्तका चित्रकला हेरेर भन्न सकिन्छ, ‘अब इतिहासले धेरै कुरा लुकाउन सक्दैन।’ युग पाठक चौधरीको कलामाथि टिप्पणी गर्छन्, ‘इतिहास व्यक्त गर्न लवकान्तले कलात्मक माध्यम छाने तर, थारू समुदायले भोगेको पीडादायी इतिहास व्यक्त गर्न इतिहासले लवकान्तलाई चुन्यो 


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...