Saturday, January 18, 2020

कैलाली र कञ्चनपुरमा ३८० सीमास्तम्भ गायब


कैलाली र कञ्चनपुरमा ३८० सीमास्तम्भ गायब
नयाँ पत्रिका, २०७६ मङ्सिर ५ बिहीबार ०६:१६:००
नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरमा सीमा विवाद समाधान गर्न सकेको छैन दुई देशका सरकारबीचको सहमतिमा तीन वर्षयता दुईवटा संयुक्त सर्भे टोली सीमा अद्यावधिक गर्न खटिए पनि विवाद भने उस्तै
कैलालीको फूलबारी, भजनी, खक्रौला तथा कञ्चनपुरको पुनर्वास, बेलौरी, प्याराताल, ब्रह्मदेवलगायतका ठाउँमा वर्षाैँदेखि दुई देशबीच सीमा विवाद छ यी ठाउँमा नेपाली भूमिलाई भारतीयले दाबी गरेपछि विवाद देखिएको हो 
नेपाली सर्भे टोली प्रमुख नापी अधिकृत जनकराज भट्टका अनुसार सर्वेक्षण गर्दा कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी तीन सय ८० वटा स्तम्भ हराएका पाइएको थियो कैलालीमा एक सय ३३ कञ्चनपुरमा दुई सय ४७ स्तम्भ हराएका पाइएको हो सर्भे टोलीले तीमध्ये विवाद नरहेका ठाउँमा आठवटा मुख्यसहित ४९ वटा नयाँ सीमा स्तम्भ राखेको
 विवाद नभएको ठाउँमा राखिए पिलर
सीमा विवाद समाधानका लागि खटिएको संयुक्त टोलीले विवाद नरहेका ठाउँमा हराएका केही पिलर राख्ने र जीर्ण अवस्थामा रहेका केही पिलरको मर्मत गर्ने काम गरेको छ त्यसबाहेक विवाद देखिएका ठाउँमा टोलीले काम गर्न सकेको छैन सुरुमा प्रमुख नापी अधिकृत सुदर्शन धामी र गत वर्षदेखि प्रमुख नापी अधिकृत जनकराज भट्टको नेतृत्वमा नेपाली टोली खटिएको छ
टोलीले कैलालीमा हराएका र जीर्ण भएका ४९ ठाउँमा नयाँ सीमा स्तम्भ राख्ने काम गरेको नेपाली टोली प्रमुख भट्टले बताए ‘बढी विवाद रहेका कारण कञ्चनपुरमा भने कामै सुरु हुन सकेको छैन,’ भट्टले भने, ‘कैलालीमा विवाद नरहेका ठाउँमा संयुक्त सर्भे टोलीले गत वर्ष ४९ वटा सीमा स्तम्भ राखेको छ।’
भारतीयले उपभोग गरेको जमिनमा बढी समस्या
कञ्चनपुरमा धेरै ठाउँमा सीमा स्तम्भ हराएका छन् भारतीयले सीमा स्तम्भ हटाएर नेपाली जमिनमा खेतीपाती गर्दै आएका छन् ‘त्यस्ता ठाउँमा नयाँ नापी गर्दा उपभोग गर्दै आएको जमिन फेरबदल भएकाले पनि समस्या देखियो,’ भट्टले भने, ‘विवादित क्षेत्रमा कामै गर्न सकेनौँ।’ कैलालीको फूलबारीमा नेपालीले वर्षौँदेखि उपभोग गर्दै आएको सामुदायिक वनलाई भारतले आफ्नो दाबी गरेको छ यस्तै, कञ्चनपुरको पुनर्वास, बेलौरी क्षेत्रमा पनि नेपाली भूमि भारतीयले अतिक्रमण गरेका छन्
 यस्तो छ कार्यादेश 
संयुक्त सर्भे टोलीलाई दुवै देशको नक्सा भिडाएर हराएका ठाउँमा नयाँ सीमा स्तम्भ राख्ने, भएका स्तम्भलाई मर्मत र रंगरोगन गर्ने कार्यादेश दिइएको छ हराएका स्तम्भ राख्न नसके पनि मर्मतको काम भने एक चरण सकिएको भट्टले बताए नापी विभागका अनुसार यस वर्ष पनि संयुक्त सर्भे टोली केही दिनमै कैलाली कञ्चनपुरका सीमाक्षेत्रमा खटिँदै


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...