Tuesday, January 21, 2020

माझी नगरीमा स्वागत


तपाईंलाई माझी नगरीमा स्वागत छ’
अनिश तिवारी, कान्तीपुर, पुस ६, २०७६,
(सिन्धुपाल्चोक) — झ्याडीखोला छेउ एक ल।हरमा चिटिक्क परेका सामूहिक घर देखिन्छन् फिक्का रातो सेतो रङले पोतिएको एकैखालका आवास हेर्दा कुनै भव्य नगरीजस्तो प्रतीत हुन्छ चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडीटोलको घना जंगलबीच , यो बस्ती श्वेता फाउन्डेसनको समन्वयमा माझी परिवारका लागि ठड्याइएको ५३ घरधुरीमा पुग्ने जोकोहीले पनि फूलमालासहित माझी भाषामै न्यानो स्वागत पाइहाल्छन्— ‘ताहरूलाई नगर स्वागत आछु (तपाईंहरूलाई माझी नगरीमा स्वागत छ)’
माझी बस्ती ०७२ को भूकम्पले ध्वस्त बनायो एक वृद्धासहित दर्जनौं घाइते तीन वर्ष थोत्रो टहरामा रातदिन बिताएका माझी परिवार चार वर्षपछि एकीकृत बस्ती पाउँदा निकै हर्षित छन् चौतारा साँगाचोकगढी–१४ की मैया माझीलाई बस्ती देख्दा सपनाजस्तै लाग्छ पुरानो घरजस्तो परम्परागत बुइँगल सबै मिलेको नभए पनि भूकम्पप्रतिरोधी घर पाउँदा उनी दंग छिन् २८ रोपनी क्षेत्रफलमा बसाइएको बस्तीमा तीन आनामा एउटा घर बनेको घरपिच्छे तीन कोठा एक शौचालय ‘परम्परागत माटो–ढुंगाजत्तिकै न्यानो कहाँ हुन्थ्यो तर, हेर्दा निकै आकर्षक देखिन्छ,’ माझीले भनिन्

अभिनेत्री श्वेता खड्काले दिवंगत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेता श्री फाउन्डेसनबाट नमुना बस्ती बनाउने घोषणा गरेकी थिइन् ०७४ जेठ १५ बाट स्थानीय माझीहरूकै समितिबाट थालिएको बस्ती निर्माण आवास अनुदान, सडक अवरोधलगायत समस्याले लामो समय अलमलियो अभिनेत्री खड्काबाट ४० लाख उक्त फाउन्डेसनको २३ ाख रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने सर्तमा चालु पुँजीको रूपमा परिचालन गरिएको फाउन्डेसनका प्राविधिक निराजन सापकोटाले बताए

अहिले यहाँ बालबगैंचा, सामुदायिक भवन, वाटर फाउन्टेन, स्वास्थ्य चौकीलगायचका संरचना बनाइँदै छ ‘दायाँबायाँ पर्खाल सडक निर्माणको काम भइरहेको छ बनिसकेको बस्ती बीचबाट धमाधम कच्ची सडक छिचोलिँदै ,’ झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझीले भने उनका अनुसार केही दसैंको फूलपातीका दिन नयाँ घर सरेका छन्, कोही घरको भित्री संरचना सक्ने पर्खाइमा छन् दुई घरबाहेक अन्यको भित्री संरचना तयार भइसकेको अध्यक्ष माझीले बताए

यहाँको उपभोक्ता समितिले प्रत्येक घर बनाउने जिम्मा लिएको थियो जसमा केही गाउँलेले काम गरिरहेका छन् माटो ढुंगाको घर मन पराए पनि अहिलेको घर सुरक्षित हुने माझी परिवारको बुझाइ

किस्ता कसरी तिर्नु?
झ्याडी टोलकी चन्द्रमाया माझीलाई महिनामै सात हजार रुपैयाँ किस्ता बुझाउने कुराले पिरोल्ने गर्छ भूकम्पपीडितका सरकारले दिएको तीन लाखमा उनले चार लाख ऋण लिएर एकीकृत बस्तीको घर टुंग्याइन् ‘बस्तीमा बनेको घरको लालपुर्जा चौताराको लक्ष्मी बैंकमा राखेर ऋण निकालियो, महिनापिच्छै सात हजार तिर्न गाह्रो छ,’ उनले भनिन् श्वेता फाउन्डेसनले अगुवाइमा झ्याडीटोल सुधार समितिले ऋणको व्यवस्था मिलाएपछि आवास बनाएको उनले सुनाइन्

५३ घरमा अधिकाशंले चौतारास्थित लक्ष्मी बैंकबाट चार लाख ऋण निकालेर आवास बनाएका हुन् कतिले मासिक १० हजारसम्म किस्ता तिर्छन् माछा मार्ने, बालुवा झिक्नेजस्ता काम गरेर महिनामा सात/१० हजार जुटाउन उनीहरूलाई मुस्किल पर्छ फाउन्डेसनका अभियन्ता यज्ञराज कार्कीले माझी परिवारलाई आयआर्जनको योजना बनाएर सक्षम बनाइने दाबी गरे ‘त्यतिखेर सर्तअनुसार काम भएको हो, उहाँहरूलाई आयका कार्यक्रम बनाउने योजनमा छौं,’ उनले भने

प्रकाशित : पुस ६, २०७६ ०९:२५


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...