Tuesday, January 21, 2020

भत्काउन जरुरी मनका छाउगोठ


भत्काउन जरुरी मनका छाउगोठ
चैत्र २०, २०७५रामेश्वरी पन्त
काठमाडौँ — अस्ति फागुन २३ गते प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले ‘छाउपडी प्रथा दुई महिनाभित्र निर्मूल गर्न’ सरकारलाई निर्देशन दियो छाउपडी जस्तो अमानवीय परम्पराबारे चासो राखेर जनप्रतिनिधिहरूले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउनु सकारात्मक हो
समाजमा जरो गाडेको यस्तो कुसंस्कारलाई ‘दुई महिनाभित्र निर्मूल पार्न’ सम्भवचाहिँ होला त? छाउपडी यस्तो दीर्घरोग बनिसकेको छ, जसलाई न कुनै सरकारी आदेशले ठाउँको ठाउँ निर्मूल पार्न सक्छ, न संविधान र कानुनका ठेलीहरूले नै यसलाई ठेगान लगाउन सक्छन् छाउपडी एउटा मानसिकता हो यो दूषित मानसिकतालाई निमिट्यान्न पार्न मनो–सामाजिक शिक्षाको आवश्यकता पर्छ

प्रजनन उमेरका महिला हरेक महिना रजस्वला हुनुलाई ‘मासिक धर्म’ भनिन्छ यही मासिक धर्मलाई पाप वा अपवित्रताको संज्ञा दिई रजस्वला भएका महिलालाई अछूतको व्यवहार गरिने परम्पराको अत्यन्त निकृष्ट उदाहरण हो— छाउपडी, जुन मध्य तथा सुदूर पश्चिममा प्रचलित छ सृष्टि चक्रको महत्त्वपूर्ण प्रक्रिया महिलाको शरीरमा हुने मासिक स्रावलाई धर्म देवतासँग जोडेर डरलाग्दो अपराधका रूपमा परिभाषित गरिँदा ती क्षेत्रका महिला रजस्वलाको अवधिमा कष्टकर दिनचर्या बिताउन अभिशप्त छन्

त्यो समय घरबाट टाढाको असुरक्षित छाउगोठमा बस्न बाध्य हुनुपर्दा वर्षेनि कैयौं महिलाको मृत्यु हुने गरेको छ यस्ता घटनाले त्यो समाजलाई सचेत गराउन सकेको छैन छुई हुँदा घरभित्र पसे देउता रिसाएर अनिष्ट हुने भन्दै छाउगोठतिर हुत्याइएका छोरीबुहारी त्यहीँ निसासिएर वा सर्पले डसेर मर्दा, बलात्कारमापर्दा उनीहरूलाई अनिष्टकोआभास हुँदैन, न उनीहरूकादेउता रिसाउँछन्
नियमित जैविक प्रक्रियालाई धर्म, देउता र अनिष्टसँग जोडेर वर्षौंवर्षदेखि समाजमा थोपरिएको छाउपडी ‘क्रोनिक’ बनिसकेको छ चिकित्सा विज्ञानले हरेक रोगमा झैं यो सामाजिक–मानसिक रोगका लागि पनि अलग औषधी वा अलग उपचार पद्धतिको प्रयोग गर्नुपर्छ ‘दुई महिनाभित्र निमूल पार्नु’ भन्दैमा केही हुन्न

गलत उपचारले रोग बल्झिने मात्र नभएर झन् नराम्रो दुष्प्रभाव पर्ने सम्भावना हुन्छ सरकारले सिंहदरबारबाट आदेश दिनुको सट्टा छाउपडीग्रस्त
समाजका वडावडासँग समन्वयगरी मनोचिकित्सक वा मनोपरामर्शदाता खटाउनुपर्छ उनीहरूले घर–घर डुलेर रजस्वला वास्तवमा के हो यो अवस्थामा महिलालाई कसरी स्वस्थ,स्वच्छ र सुरक्षित राख्ने भन्नेज्ञान दिनुपर्छ अनि त्यहाँका पुरुषहरूका थिंगलबाट ‘देवता रिसाउने डर’ लाई पनि बाहिर निकालिदिने हो भने छाउपडीको कहर कम हुँदै जान्छ

सर्वप्रथम सरकारले आफूले तोकेको अवधिभित्र छाउपडीग्रस्त समाजको हरेक निकायका प्रत्येक जनप्रतिनिधिलाई उनीहरूकै घरबाट यो कुप्रथा उन्मूलनको सुरुआत गराउनुपर्छ उनीहरूले –आफ्ना घर र मनका छाउगोठ भत्काएर रजस्वला भएका महिलालाई ससम्मान घरभित्रै बस्ने अवस्थाको सिर्जना गरिदिन सके सरकारी पहल प्रभावकारी हुन सक्छ ‘देउताको डर’ बाट पहिले जनप्रतिनिधि तथा अभियन्ताहरू
नै मुक्त हुन आवश्यक छ

यसै सन्दर्भमा मलाई सुदूर पश्चिमकी एक सञ्चारकर्मी महिलाको भनाइ सम्झना हुन्छ उनले भनेकी थिइन्, ‘छाउपडी विरुद्ध अभियान थालेको वर्षौं भइसके पनि छाउगोठमा महिला मर्ने क्रम रोकिएको छैन सञ्चारकर्मीका नजरमा परेका केही घटना मात्र बाहिर आउने हुन् अभियन्ताहरू छाउगोठ यसमा मरेका महिलाको तस्बिरबाट विदेशीको ध्यानाकर्षण गर्नमात्र लागिपरे जस्तो देखिन्छ

उनीहरू जिल्ला सदरमुकाम र केही गाउँमा गएर उत्तेजक अभिव्यक्ति दिन्छन्– रजस्वला हुँदा मन्दिर पस्न हुन्छ हामीलाई रजस्वला हुँदा घरभित्र पस्न मुस्किल भएको अवस्थामा मन्दिर पस्ने भाषणले झन् अप्ठेरो पारिदिन्छ यहाँका महिलाले रजस्वला हुँदा घरभित्रको एउटा कुनामा सुरक्षित सुत्न पाए पुग्ने थियो, मन्दिर पस्न त अरु बेला छँदैछ नि ! एकातिर यस्तो भाषण दिने अभियन्ताहरू नै आफू छाउ बार्न छोड्दैनन्, अर्कोतिर जनप्रतिनिधिहरू नै छाउ बारेर बस्छन् यसो भएपछि कसरीअन्त्य हुन्छ, छाउपडी?’

छाउपडी अन्त्यका लागि राज्यले चाल्नुपर्ने अर्को महत्त्वपूर्ण कदम हो— मध्य तथा सुदूर पश्चिमको हरेक विद्यालयमा प्राथमिक तहदेखि नै रजस्वलालाई पाठ्यक्रममै समावेश गर्नु यसो हुन सके बालबालिकाले अभिभावकलाई जागरुक बनाउँदै लैजाने थिए

प्रकाशित : कान्तिपुर, चैत्र २०, २०७५ ०८:३५


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...