Saturday, January 18, 2020

निर्विकल्प इतिहासको फरक व्याख्या


निर्विकल्प इतिहासको फरक व्याख्या
नेपाल एकीकरण कुनै नश्ल वा रंग विशेषविरुद्धको अभियान थिएन । प्रविधि र शिल्पप्रति सेचत पृथ्वीनारायणकाे ध्यान आधुनिक काठमाडौंको बनावटले तानिएकाे थियाे ।
पुस २८, २०७६राम गुरुङ
बर्सेनि पुस २७ गतेको अघिपछि, नेपाल निर्माता पृथ्वीनारायण शाहमाथि विविध बहस हुन्छन् राष्ट्र राष्ट्रियतामाथि औंला सोझिन्छन् उनको योगदानको पक्ष–विपक्षमा हुने बहसका आ–आफ्नै विशेषता छन् कोही अति प्रशंसा कोही निर्मम आलोचना तर अति प्रशंसा आलोचना दुवैले ऐतिहासिक घटनाको तथ्य र परिवेशलाई बुझ्न सघाउँदैन
स्वतन्त्र वस्तुगत विश्लेषण पाखा लाग्न पुग्छन् विश्लेषण पूर्वाग्रही हुन्छ यसर्थ इतिहाससँग हिसाब–किताब खोज्ने कठिन काम हो जसको यथोचित उत्तर अहिले भेटिन्न देन हुँदाहुँदै पनि मानिस इतिहासको भारीले थिचिन्छ , यसकै पुच्छर समातेर भविष्य सकार्ने प्रयास गलत र असफल हुन्छ जसले भविष्यलाई अलमल्याउँछ अर्थात् इतिहास भविष्यको सन्दर्भ वा मानक दुवैबाट चल्दैन यसका लागि इतिहासभन्दा वर्तमानको समीक्षा उपयोगले बढी अर्थ राख्छ

विश्व अर्थराजनीति नबुझी पृथ्वीनारायण र उनको एकीकरण अभियान ठम्याउन गाह्रो हुन्छ पृथ्वीनारायण यस्तो समयमा गोरखाका राजा भए, जतिखेर एकातिर युरोपियन उद्योगीहरू इष्ट इन्डिया कम्पनीमार्फत संसारभर आफ्नो उद्योगका लागि चाहिने कच्चा पदार्थ जोहो गर्न लागिपरेका थिए सँगै उत्पादित वस्तुको बजार खोज्दै भारतसम्म आइपुगेका थिए अर्कातिर काठमाडौंले निर्यात व्यापारलाई तिब्बत हिन्दुस्तानसम्म विस्तार गरेको थियो व्यापारिक कानुन प्रतिस्पर्धा नभएकाले व्यापार अत्यधिक नाफामा चल्दै थिए जसलाई इष्ट इन्डिया कम्पनीसँग सन् १७९२ मा भएको सम्झौताले खारेज गर्‍यो हिन्दुस्तानी शासक, इष्ट इन्डिया कम्पनी र गोर्खासमेत काठमाडौंले तानिएका थिए सबै काठमाडौंसँग जोडिन चाहन्थे पृथ्वीनारायण काठमाडौंलाई जोडेको नै व्यापारिक आकांक्षा स्वार्थले हो बाँकी परिघटना परिस्थितिजन्य सिलसिलाका परिणाम थिए

गोर्खाको भौगोलिक परिवेश, सामाजिक सम्बन्ध र आर्थिक यथार्थ जसले गोर्खाली राजा पृथ्वीनारायणको आर्थिक र सैन्य विस्तारको अभिष्टलाई ब्युँतायो यसबाट सैन्य संगठनमा चुस्त राजनीतिक दाउपेचमा परिपक्व पनि भए छिमेकी राज्यसँगको आर्थिक रणनीति वरपरका भौगोलिक बनावटले काठमाडौंलाई इष्ट इन्डिया कम्पनीसँग जोगाइराखेको भए पनि गोर्खा वरपरका राज्यहरूको आपसी साँठगाँठ, धन–सम्पत्तिको चुरिफुरी, गोर्खाको शासकीय क्षमता र आर्थिक हैसियतमाथि प्रश्न उठ्ने खालका थिए लमजुङ, भिरकोट, पाल्पा, मालेवन र पिउठान आदि छिमेकी राज्यले आपसी सुरक्षाका लागि गठबन्धन गर्दासमेत गोर्खालाई सोधेन जसले पृथ्वीनारायणलाई काठमाडौं पस्न थप उत्प्रेरित गर्‍यो

भारतमा दिन–प्रतिदिन बलियो हुँदै गरेको इष्ट इन्डिया कम्पनी, गोर्खा राज्य वरपरका सम्पन्न रजौटा र तिनको राजनीतिक गठबन्धन, काठमाडौं उपत्यकाको आर्थिक एवं सांस्कृतिक वैभवता र राजनीतिक असन्तुलन तथा काठमाडौं–तिब्बत व्यापार र यसले पृथ्वीनारायणमा पारेको आर्थिक र राजनीतिक प्रभावलाई नजोडी पृथ्वीनारायणको नेपाल एकीकरण अभियानको वस्तुगत बुझाइ आउँदैन जुन नेपाल निर्माणलाई पुष्ट्याउने महत्त्वपूर्ण ऐतिहासिक आर्थिक एवं राजनीतिक पक्ष हुन् जसले अति प्रशंसा वा आलोचनालाई अस्वीकार गर्छ

तत्कालीन क्षेत्रीय अर्थराजनीतिले पृथ्वीनारायण शाहको जन्म गराएको हो उनीभन्दा अघिका धेरै शाह राजा, राजामात्र भएर अस्ताए तर उनी बडामहाराजा भएर उदाए यदि पृथ्वीनारायण जन्मिएका थिएनन् भने अर्को ृथ्वीनारायणले तत्कालीन अवस्थाको फाइदा उठाउने पक्का थियो अर्को पृथ्वीनारायण सायद नेपाल बाहिरका पनि हुन सक्थ्यो उनीभन्दा झन्डै पाँच सय वर्षअघि अर्थात् बाह्रौं शताब्दीतिरै हिन्दुस्तानी नजर काठमाडौंमा परिसकेको थियो दिल्लीका राजा मुहम्मादेनको आक्रमणले काठमाडौंमात्र होइन, यस वरपरलाई समेत पिरोलेकाले उदयपुरको राजपुत वंश पाल्पा पुगे नरभूपाल शाहको (नृभुपाल: कर्कप्याट्रिक) पहिलो रानी, पाल्पाली राजाकी छोरीले गोर्खा र पाल्पाको नातेदारी गाँसियो पाल्पाली शासकले आफ्ना नातेदार पृथ्वीनारायणलाई तत्कालीन अर्थराजनीतिक उथल–पुथलबारे बताएनन् भन्न सकिन्न जसले एकातर्फ सदैव पृथ्वीनारायणलाई इष्ट इन्डिया कम्पनीसँगसजग गरायो भने अर्कोतर्फ काठमाडौंको आर्थिक राजनीतिक महत्त्वबारे बुझायो

पृथ्वीनारायण शाहमात्र होइन, उनीभन्दा पहिल्यै, इसाको सत्रौं शताब्दीको सुरुतिरै इष्ट इन्डिया कम्पनी, काठमाडौंको आर्थिक वैभवताबारे जानकार थिए त्यतिबेलासम्म पृथ्वीनारायणले गोर्खाको शासन सम्हालेको २० वर्षभन्दा बढी भइसकेको थियो चरम आर्थिक संकट झेलिरहेका लामो शासकीय अनुभवले निखारिएका निडर एकोहोरो स्वभावका उनले तत्कालीन भूराजनीतिलाई नबुझ्ने ुरै भएन काठमाडौं एउटा राज्यमात्र नभई महत्त्वपूर्ण व्यापारिक नाका हो भन्ने उनलाई थाहा थियो तर हिन्दुस्तानीलाई भने काठमाडौं, व्यापारिक नाकाभन्दा पनि ठूलो सुनखानी भएको उपत्यका हो भन्ने भ्रम थियो काठमाडौंले विहार कलकत्तालाई सुन, तामा र फलामजस्ता धातुमात्र बेचेर वर्षको १५–१८ लाखसम्म आम्दानी गरिरहेको कारण खोतल्ने चेष्टा इष्ट इन्डिया कम्पनीले नगरेको होइन तर काठमाडौंको निषेधित व्यवहारले त्यो सम्भव भएन यतिबेलासम्म नेपाल–तिब्बत व्यापारको यकिन हिसाब फाइदाबारे कम्पनीलाई कमै जानकारी थियो यससँग पृथ्वीनारायण भने पुरै जानकार थिए (कर्कप्याट्रिक, २००७ पृ. १७४–१७६)

नेपाल एकीकरण कुनै नश्ल वा रंग विशेष वा विरुद्धको अभियान थिएन प्रविधि शील्पप्रति सचेत पृथ्वीनारायणको ध्यान आधुनिक काठमाडौंको बनावटले तानिएको थियो काठमाडौंको घर, मन्दिर र खानेपानीको व्यवस्थापन आदिमा उपयोग भएका उन्नत स्थपित ‘इन्जिनियरिङ’ तिब्बतसँग भइरहेको अत्यधिक नाफाको व्यापार, समथर तथा उब्जाउशील भौगोलिक बनावट नै काठमाडौंको पराजयको कारण हो नेमुनि ऋषिको नामबाट नेपाल बनेको काठमाडौंको वैभवता नै युद्ध पराजयको गर्भ थियो सुनखानीबारे भ्रम पालेका हिन्दुस्तानी कस्सिम खानले त काठमाडौं हडप्ने असफल प्रयास नै गरेका थिए जब उनले काठमाडौंबाट विहार कलकत्तातिर गइरहेको सुन तिब्बतबाट आइरहेको कुरा थाहा पाए, तबमात्र उनी पछि हटेका थिए जसले हिन्दुस्तानी हुँदै इष्ट इन्डिया कम्पनीको ध्यान खिचियो नै यो वैभवताले उपत्यकाका शासकलाई आपसमा मिल्नसमेत दिएन

गोर्खा राज्यको भौगोलिक अर्थतन्त्र अन्य राज्यको भन्दा कमसल र व्यापारसँग अमिल्दा थिए क्षत्री तथा मगर लडाका ब्राह्मणको खेतीले गोर्खाको अर्थतन्त्र धान्न मुस्किल थियो यसभित्र कुनै फलाम, तामा र सुनजस्ता धातुका खानी नै थिए बेच्न मिल्ने कुनै उत्पादन नै हुन्थे यसले गोर्खा राज्यलाई गरिब बनाएको थियो पृथ्वीनारायणले गुज्रँदो परिस्थिति व्यापारको महत्त्वलाई राम्ररी बुझेका थिए बेच्ने कुरा नभएकाले गोरखा राज्य गरिब भयो भन्ने ज्ञान उनलाई भयो यसैले युवावस्थामा नै उनी व्यापार जमाउन, पाल्पाली राजा मुकुन्द सेनको मद्दतमा बनारस पुगे तर वाणिज्य कार्यालयका चौकीसँग (कारिन्दा) भएको झगडामा उनको कुटाइबाट चौकीवालाको मृत्यु भयो वैरागीको मद्दतले गोर्खा फर्केका उनी त्यतिखेरै गोर्खाको वैभवता ल्याउन दत्तचित्त लागे जुन नेपाल एकीकरणको परियोजना बनेर देखापर्‍यो हतियार बन्दोबस्तदेखि व्यापारको चाँजोपाँजोमा निर्भर बन्ने कोसिस गरे बनारसबाट बारुद आदि ल्याएर आफैंले फायरलक बनाए यसबाट युरोपियनसमेत इर्ष्यालु बनेका थिए इर्ष्यालु युरोपियनलाई राम्ररी बुझेका उनले आफ्ना भाइभारदारलाई युरोपियनसँग सजक रहन प्रेरित गरे (बुकानन, २००७ पृ. १७५–१८०)

काठमाडौंले आर्थिक समृद्धिको बलमा अन्य राज्यसँग सम्बन्ध गाँस्ने जाँगर देखाएन व्यापार सत्तामा अल्मलिएका यसका शासक नै काठमाडौंको सत्ता भत्किनुका कारण भए बाहिरसँगको अन्तरराज्य व्यापार तथा सुरक्षा नीति सत्ता जोगाउन अपुग थियो काठमाडौं हिन्दुस्तानसँग व्यापारले ज्यादा जोडिएको थियो अन्य सम्बन्ध कमजोर थियो यसले पृथ्वीनारायणलाई पटक–पटक हारेर पनि जित्ने ऐतिहासिक मौका दियो काठमाडौं वा कीर्तिपुर, उपत्यकाका सबै राज्य एकै पटकको प्रयासमा हात लागेका राज्य होइनन् आर्थिक वैभवता बाहेक सुरक्षाको मामलामा कमजोर, आपसी राजनीतिक गठबन्धनको विभाजन नै पृथ्वीनारायणका लागि जितको आधार बने

काठमाडौं उपत्यकाले पाल्पा, लमजुङ, मकवानपुर तथा विजयपुर जस्ता महत्त्वपूर्ण राज्यसँग राम्रो सम्बन्ध बनाउन नसक्दाको मूल्य पृथ्वीनारायणको जितमार्फत चुकायो काठमाडौंसम्मको भूगोल बाटोबारे राम्रो जानकारीसमेत नभएका इष्ट इन्डिया कम्पनी कमाण्डर किन्लकको भरोसा गर्नु नै कीर्तिपुर लगायत काठमाडौंमा तेह्र पुस्तासम्म चलेको ४४४ वर्ष लामो मल्ल शासन सकिने कारण बन्यो किन्लकले पाटन काउन्सिलको अनुरोधमा काठमाडौं आउन, क्रमशः सन् १७६७, १७६९ र १७८१ मा गरेको प्रयास वाग्मती नदी र मकवानपुरको औलोले तुहाइदियो यसले गोर्खाली अभियानलाई बल पुग्यो भने काठमाडौंलाई
निरीह बनाइदियो

काठमाडौंबासी, खासगरी कीर्तिपुरबासीको कमजोर संगठनात्मक बल, पृथ्वीनारायणले शासकीय वैधानिकता हत्याउने अर्को कारण बन्यो बोल्ट डेभिड वल्ड फिल्डका अनुसार २०० जनाब्राह्मण प्रयोग गरी फैलाइएको धार्मिक अफवाहलाई पर्गेल्नेतर्फ कीर्तिपुरबासीले सोच्न पनि भ्याएनन् नुवाकोट दरबारमा बसेर दिएको निर्देशनले कीर्तिपुरमा शासन स्थापित गर्न सफल भए निरन्तर सात वर्षसम्म पृथ्वीनारायणको सत्तालाई प्रतिरोध गरे पनि आपसी राजनीतिक खिचातानी वैमनश्यताको परिणाम काठमाडौं उपत्यकाका नेवारले भोग्नुपर्‍यो।
प्रकाशित :कान्तिपुर,  पुस २८, २०७६ ०९:२१


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...