Friday, February 01, 2019

नेटुवा नाच


नेटुवा नाच
मंसिर २०, २०७५पवन यादव
सिमरा — बाराको जिनादबाबा मन्दिर परिसर बुधबार भरिभराउ थियो गाउँदेखि नेटुवा नाच गर्दै आएका भक्तजनले मन्दिरमा भाकेका प्रसाद पनि ल्याएका थिए प्रसिद्ध गढीमाई मन्दिर बरियारपुर, सहजनाथ महादेव मन्दिर काटघाटलगायत शक्तिपीठमा भाकलको चलन छ
प्रसौनी गाउँपालिका–५ प्रस्टोकामा अवस्थित जिनादबाबा मन्दिरमा कलैया, मोतिसरकी अनिता मण्डल नेटुवाको नाच नचाउँदै पैदल आइपुगेकी थिइन्

बिरामी दुई वर्षीय जुम्लाहा छोरा राम र श्यामलाई निको पार्न उनले भाकल गरेकी थिइन् छोरा जन्मेको खुसी बाँड्न आउनेमा कलैया उपमहानगरपालिका–२३ कोइरियाटोलाकी विन्दु मण्डल पनि थिइन् ‘साढे महिने छोरा आयुशको जन्म भयो,’ उनले भनिन्, ‘मन्दिर नआउँदासम्म बच्चा बस्न सकेको थिएन।’ उनले एक पाकेट मिठाई, पाँचवटा नरिवल चढाउन आएकी थिइन् महागढीमाई नगरपालिका–१ बरियारपुरकी २३ वर्षीया अर्चना कुशवाह दुईमहिने शिशु आदित्यराजलाई काखमा च्यापेर आएकी थिइन्

छोरीको महिनावारी बिग्रेको थियो,’ आमा उमरावतीले भनिन्, ‘जति औषधि उपचार गर्दा पनि महिनावारी सुध्रिएन।’ मन्दिर आएर पूजा गर्दा महिनावारी सुध्रेर छोरीको गर्भ बसेको उनले बताइन् भाकल पूरा हुनेहरूले मन्दिरमा आएर झन्डै ० क्विन्टलभन्दा बढी मिठाई चढाएको मन्दिरका निर्माणकर्ता स्थानीय लुकेश सिंहले बताए ‘जिनादबाबामाथि सबैको आस्था ,’ उनले भने, ‘मनले चिताएको कुरा पूरा हुन थालेपछि यहाँ पूजा गर्न आउनेको संख्या बर्सेनि बढ्दै गएको छ
प्रकाशित : मंसिर २०, २०७५ ०७:१९

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...