Wednesday, February 06, 2019

टुँडिखेलमा तामाङको सोनाम ल्होछार


टुँडिखेलमा तामाङको सोनाम ल्होछार
काठमाडौँ — देश-विदेशमा रहेका तामाङहरुले मंगलबार सोनाम ल्होछार अर्थात् नयाँ वर्ष मनाइरहेका छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात् ख्रेला छेपा गिकका दिन सोनाम ल्होछार मनाउने गरिन्छ । ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङको संयोजकत्वमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ 

बिहान ११ बजेपछि शान्तिवाटिका रत्नपार्कबाट झाँकिसहित निस्केको र्‍याली टुँडिखेलमा जम्मा भएका छन् । समारोहमा प्रधानमन्त्री केपी ओली सहभागी हुने ल्होछार मूल समारोह समितिले जनाए पनि उनी उपस्थित छैनन् ।
वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणालीअनुसार गणना गरिने प्राचिन पद्धति हो । 


नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात् सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइन्छ ।

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...