Saturday, February 02, 2019

सिमखेतमा कनकेउलो


सिमखेतमा कनकेउलो
माघ ४, २०७५मोहन शाही
डोटी — घोल्तडा गाउँका कुनै घरमा बिहीबार चुलो बलेन पानीपँधेरो कोही गएनन् खन्ने, जोत्ने र बारीमा खेतीपातीका काम कसैले गरेनन् स्कुलसमेत खुलेनन् घोल्तडा गाउँ सुनसान थियो सिरानीको भाडीखेत सिमखेतमा भने चहलपहल थियो
भाडीखेतमा लहरै १९ वटा चुला बले चुलोअघि बसेका थिए छोरीचेली गतानी मासको फाँडो, भात र डुब्का पाक्दै थिए कसैले आलु मुलाको अचार बनाउँदै थिए बालबालिका भने नाच्दै खेल्दै थिए अलिपर सिमखेतमा पनि त्यस्तै चुला थिए परिकार पाक्दै थिए झट्ट हेर्दा घोल्तडावासी वनभोज गएझंै लाग्थ्यो तर त्यहाँ छोरीचेलीको भीड थियो उनीहरू परम्परागत चलनअनुसार ‘कनकेउलो’ खाइरहेका थिए
उत्तरायणी लागेका दिन (माघ ३ गते) छोरीचेलीले बाहिर खाना पकाएर खाने/खुवाउने चलनलाई स्थानीय बोलीमा कनकेउलो भनिन्छ,’ चुलामा व्यस्त निर्मला भण्डारीले भनिन्, ‘आज कसैले पनि घरमा खाना पकाउँदैनन्, खेत वा जंगल गएर महिलाले मीठो परिकार पकाउने र परिवारका सदस्यलाई पनि खुवाउने चलन छ।’ उनका अनुसार चेली भेला भएर भोज खाने तथा आपसमा दु:खसुख साटासाट गर्ने पर्व बनेको उत्तरायणी
भोज खाँदा सामूहिक रूपमा बसे पनि प्रत्येकले बेग्लाबेग्लै चुलो बनाएर परिकार पकाउँछन्,’ कक्षा १० मा अध्यनरत गंगा भण्डारीले सुनाइन् माघेसंक्रान्तिमा माइत आएका चेली भाँडाकुँडा लगेर भोज बनाउँछन् उनीहरूसँगै मावली आइपुगेका बालबालिका नाचगान गर्छन्
डोटीको घोल्तडा, पिपल्ला, दिपायल, चिसापानी, लेकठाटा, बागठाटा, पूर्वीचौकीलगायत गाउँमा कनकेउलो खाने चलन रहेको दिपायल सिलगढी नगरपालिका ५ की गौरी आउजीले बताइन् उत्तरायणीका दिन कामकाज गर्न नहुने, गाईबस्तु तथा करेसाबारी छुन नहुने (सिन्को पनि भाँच्न नहुने) मान्यता यहाँ छ
उत्तरायणीका दिन पढ्न समेत हुँदैन भनेर सबै स्थानीय विद्यालय बन्द हुन्छन् ज्योतिष मनीराज जोशीले उत्तरायणी डोटीका चेलीबेटीको मौलिक पर्व भएको बताए प्रकाशित : माघ ४, २०७५ ०७:२०


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...