Sunday, February 03, 2019

गोसाइँकुण्ड जाँदैनन् गोले झाँक्री




शिरमा मयूर कल्की, छातीमा घण्टमाला हरेक जनैपूर्णिमाको दिन ढयाङग्रो बजाउँदै कुण्ड या पोखरीतिर नाच्दै हिँडेका देखिन्छन् झाँक्रीहरू यो दिन तामाङ समुदायको गोने ङहया पर्व हो

यही पर्व मनाउन मकवानपुर गडी गाउँपालिका–२ का सुमन लामा पाटनस्थित कुम्भेश्वर आइपुगे उनका गाउँ आसपासका धेरैजसो झाँक्रीहरू दिनहुँ लगाएर रसुवाको गोसाइँकुण्ड पुग्छन् लगनखेल बस्दै आएका उनी भने हरेक वर्ष यहीँ आउँछन्

गोसाइँकुण्ड जान त मन थियो नि,’ कुम्भेश्वरमा आइतबार पत्नीसहित भेटिएका २९ वर्षे सुमनले भने, ‘तर, गोले थरका तामाङ झाँक्री जान नहुने परम्परा तोड्न सकिनँ।’

गोने ङहयाकै अवसरमा गोसाइँकुण्डमा आइतबार झाँक्रीहरूको भीड लागेका तस्बिरहरू सामाजिक सञ्जालहरूमा पनि छाए सुमनले भने गोसाइँकुण्डलाई मनमनै सम्झे मात्रै ‘बाउबाजेदेखि नै जान हुँदैन भन्ने मान्यता रहेछ,’ उनले भने, ‘जबर्जस्ती गयो भने अशुभ हुन्छ रे !’ यसबारे रोचक मिथ उनी सुनाउन थाले

कुनै समय गोले तामाङ झाँक्री पत्नी सहित ढयाङ्ग्रो बजाउँदै गोसाइँकुण्ड यात्रामा निस्के बाटैमा पर्ने भैरव कुण्डमा नागहरूको राज थियो, जसले अति दु:ख दिन्थे गोले झाँक्रीले नागहरूसित तान्त्रिक युद्ध लड्ने निधो गरे कुण्डकै छेउ पत्नीलाई ढयांग्रो बजाउन लाएर उनी भित्र पसे जितेर आउँदा झाँक्री पत्नीले तन्त्रमन्त्र गरेको अक्षता जीउमा छर्किनुपथ्र्यो ‘तर, नागहरूलाई काँधमा राखेर बाहिर निस्कँदा पत्नी डराएर भागिछन्,’ सुमन भने, ‘जीउमा अक्षता नपरेपछि गोले झाँक्रीको शक्ति कमजोर भयो र उनी कुण्डभित्रै मरे त्यही दिनदेखि गोले झाँक्री गोसाइँकुण्ड जान छाडेको रे।’

यो विषयमा संस्कृतिविद् रवीन्द्र ग्याबा तामाङले पुस्तकै लेखेका छन् यही मिथमाथि चार वर्षअघि सेलो थिएटरले नाटक ‘म्हेन्दोमाया’ बनाएर काठमाडौंमा महिनादिन मञ्चन गरेको थियो गोसाइँकुण्ड नजानेमा सुमन मात्रै हैन, संस्कृविद् एवं लेखक रवीन्द्रका अनुसार, अहिले पनि गोले थरका कुनै पनि झाँक्रीहरू गोसाइँकुण्ड जाँदैनन् उनका अनुसार गोलेकै स्वाँगेभाइ (सहगोत्री) बल, तितुङ, दोङ, बज्यु, गाङदान, स्योङदान, गोङबा, डिम्दुङलगायतका थर भएका तामाङ झाँँक्रीहरू पनि गोसाइँकुण्ड जाँदैनन्

तामाङ समाजमा यो एउटा मिथको रूपमा रहेको छ,’ रवीन्द्रले भने, ‘तर, अहिलेसम्म पनि यो परम्परा जारी रहनुले त्यति बेला ठूलै घटना भएको संकेत गर्छ।’ उनका अनुसार नेपालमा तान्त्रिक परम्परा मल्लकालमा उत्कर्षमा पुगेको मानिने भएकाले यो घटना पनि मल्लकालमै भएको हुनुपर्छ

गोने ङहया र झाँक्री नाच 
अरू बेला कुनै सांस्कृतिक झाँकी या र्‍यालीतिर मात्रै देख्न पाइने झाँक्री नाच जनैपूर्णिमाका दिन भने बाटोघाटो, कुण्ड, पोखरी या पानीको मुहानतिर त्यत्तिकै देख्न सकिन्छ आइतबार पाटन कुम्भेश्वरमा काभ्रेकी टर्केश्वरी तामाङ, पञ्च लामा, दोखला चरिकोटका कुमार तामाङको टोलीसँगै साँखुका विष्णु, हरि र शिव तामाङको टोली पनि भेटिए उनीहरू ढयांग्रो बजाउँदै एकसुरले नाच्दै थिए

विभिन्न विधिबाट पानीको पूजा गरेपछि एक नाचेर उनीहरू फर्के काभ्रेकी टर्केश्वरी अघिल्लो दिन नै काठमाडौं आएकी थिइन् आफन्तकहाँ बास बसेर उनी भोलिपल्ट कुम्भेरश्वर पुगिन् उनका अनुसार यसरी घरबाट यात्रामा निस्कँदा बाटोमा ‘छे थाप्ने’ चलन पनि ‘फर्किने बेला गाउँमा बाटोभरि मानिस सगुन राखेर बसेका हुन्छन्,’ उनले भने, ‘अनि छे (आशीर्वाद) दिनुपर्छ।’

संस्कृतिविद् रवीन्द्रका अनुसार यो बोन संस्कृतिमा आधारित प्रकृतिपूजक परम्परा हो आठौं शताब्दीमा तामाङ समुदायलाई गुरु पद्मसम्भवले बौद्ध धर्ममा बदलेको भए पनि तामाङ समाजबाट बोन संस्कृति हराएको छैन

गोने ङहयाको दिन तामाङहरू नजिकको कुण्डमा गएर ‘जलपूजा’ गर्छन् रसुवामा गोसाइँकुण्ड, सिन्धुपाल्चोकमा पाँच पोखरी, काभ्रेमा तेमाल, गोसाइँस्थान, नगरकोटको महादेव पोखरी लगायत ठुलो मेला लाग्छ आसपासका तामाङहरू उपत्यकाका विभिन्न पोखरीमा आउँछन् ‘यो प्रकृतिपूजा गर्ने आदिवासी संस्कृति पनि हो,’ उनले भने, ‘बोन परम्परा मान्नेहरूले तान्त्रिक विधि अपनाएर पानीपूजा गर्छन्, बाजा बजाएर नाच्छन् यस्तो नाच्ने शैली खुट्टाको चाल भिन्नै हुन्छ,’ उनले भने, ‘आधुनिक ज्ञानको प्रभावका कारण यो संस्कृति हराउने खतराचाहिँ बढदै छ।’

उनका अनुसार, गोसाइँकुण्ड जस्तो टाढाको यात्रा रोज्ने झाँक्रीहरूको समूहमा सयभन्दा बढी गाउँले आइमाई र केटाकेटी हुन्छन् कम्तीमा सात दिनको यात्रा गर्छन् ‘नचिन्ने झाँक्रीहरूको समूह भए पनि ठाउँठाउँ सगुन राख्ने चलन ,’ रवीन्द्रले भने, ‘गोने ङहयाको आकर्षण भनेकै झाँक्री यात्रा हो।’

प्रकाशित : भाद्र १२, २०७५ ०८:२१

प्रहरी संगठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछ

  प्रहरी संगठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछ : गृहमन्त्री लेखक   आश्विन ३० , २०८१ रासस काठमाडौँ — गृहमन्त्री रमेश लेखकले न...