Thursday, February 14, 2019

देवतालाई बचाउनै मुस्किल


देवतालाई बचाउनै मुस्किल
फाल्गुन १, २०७५सुनीता साखकर्मी
भक्तपुर — ‘ओहो नानी, यहाँभित्रको मूर्तिको फोटो खिच्न पाइँदैन त! झोलाबाट क्यामेरा निकाल्दै गरेको देखेपछि दत्तात्रय मन्दिर रेखदेख गर्ने ६० वर्षीया सावित्री पुरीले सचेत गराइन् मन्दिरको भित्री मूर्ति नभई गर्भगृहमाथि तोरणमा राखिएका धातु मूर्तिहरूको फोटो खिच्ने भनेपछि उनले मञ्जुरी दिइन् 
च्यामासिंबाट भक्तपुर दरबार क्षेत्र जाने बाटामै छ, दत्तात्रय मन्दिर १९ औं शताब्दीमा निर्माण भएको यो मन्दिरमा ब्रह्मा, विष्णु र महेश्वरको एउटै स्वरूपका देवता यहाँका तोरणमा पनि स्थापित छन् तोरणका अधिकांश मूर्तिको निधारमा भने प्वाल परेको छ यसबारे जिज्ञासा राख्दा सावित्रीले भनिन्, ‘कोही भक्त आएर मूर्तिको निधारमा अबिर, केशरी, टीका, अक्षता टाँसेर जान्छन्, कोही आएर त्यही मूर्तिमा टाँसिएको अबिर उप्काएर आफ्नो निधारमा टाँस्छन् धातु हो, पातलो हुँदै गएर अहिले त प्वालै पर्‍यो !’

पुरी दम्पतीले दत्तात्रय मन्दिरमै पुजारीको काम सम्हालेको १२ वर्ष बितिसकेको दत्तात्रयको भित्री मूल मूर्ति ढुंगाको भने ढोका, तोरण, टुँडालमा धातु र काठका मूर्ति छन् भक्तजनले मन्दिरका भित्री देवतालाई छुन पाउँदैनन्, हेर्न मात्रै पाउँछन् टाढैबाट नमस्कार गर्छन् पुजारी गोपालले नै पूजासर्जाम भित्री देवतासामु रहेको मण्डलमा चढाउने गर्छन् बाहिरी ढोकामा रहेका देवताका मूर्तिहरूलाई भने जोकोहीले छुन मिल्छ भित्री मूर्तिमा कुनै प्रकारको नोक्सानी पुगेको देखिँदैन, तर बाहिरका धातुका मूर्तिहरू चिन्नै नसक्ने गरी प्वाल परिसकेका छन्

पुरी दाम्पती पुजारीका रूपमा यहाँ बस्नुपहिले उनका हजुरबा, त्यसपछि उनका दाइ बसेका थिए उनीहरू बस्न थाल्दासम्म बाहिरी मूर्तिका अनुहार मेटिइसकेका थिए बिस्तारै प्वाल पर्दै गयो

सबैतिरका देवतालाई एउटै समस्या
भक्तपुरसहित उपत्यकाका कैयौं स्थानका धातु, ढुंगा, काठका मूर्तिहरूको स्वरूप चिन्नै नसक्ने भइसकेको छ भक्तपुर दरबार क्षेत्रको स्वर्णद्वारको दायाँबायाँ रहेका मूर्तिका निधारमा प्वाल परिसकेको छ

संस्कृतिविद् ओम धौभडेलका अनुसार, पुर्खाले वास्तु लक्षण अनुसार काठ, धातु, ढुंगामा बनाएका देवीदेवताका मूर्तिहरू मानवीय आचरणकै कारण नष्ट हुन थालेका हुन् सुनैसुनले बनेको ढोका हेर्नकै लागि देश विदेशबाट पर्यटकहरू आउने गरेका छन्

स्वर्णद्वार बनाउन भक्तपुरका मल्ल राजाका तीन पुस्ताले कुर्नुपरेको इतिहास रहेको उल्लेख गर्दै धौभडेलले थपे, ‘राजा जगत्प्रसाद मल्लले नै यो ढोका बनाउँछु भनेर लागेका थिए, तर प्रशस्त सुन नपाएपछि उनका छोरा जितामित्र मल्ल र उनका पनि छोरा भूपतीन्द्र मल्लले थोरैथोरै काम गर्दै लगे नेपाल संवत् ८७४ मा आएर राजा रणजित मल्लको पालामा मात्रै यो ढोकाको निर्माण सम्पन्न भयो।’

धौभडेलका अनुसार, स्वर्णदारलाई पहिले ‘नेपाल ध्वाखा’ कै रूप मानिन्थ्यो यसमा सुनैले बनेकी महिषासुरमर्दिनी भगवतीको प्रतिमा छ भने वरिपरि विम्बहरू कुँदिएका छन् तर श्रद्धालुले भित्रबाहिर गर्दा ढोकामा रहेका गणेश र भैरवका मूर्तिलाई छोएर पूजा गर्न थालेपछि २०/२५ वर्षयता मूर्ति नै प्वाल परेर कुरूप बनेको छ सुनको जलप उडिसकेको छ

कसरी बनाउने दुरुस्त?
मूर्तिकार सूर्य केसीका अनुसार, राजधानीकै मैतीदेवीमा रहेको मन्दिर वरपरका सरस्वती, राधाकृष्ण, गणेशका मूर्तिहरूका अनुहारमा खाल्डा परिसकेका छन् अबिरले छोपिएर मूर्ति चिन्नै नसकिने भएका छन् उनले चितवनको गणेशधाममा भेटिएको मूर्ति पनि उस्तै भइसकेको देखेका छन् ‘सामान्य गणेशको मूर्ति भन्नेसम्म चिनिन्छ, अरू मेटिइसकेको छ,’ उनले भने

कलारकारले धातु वा ढुंगामा वास्तु लक्षणअनुसार नै मूर्ति तयार गर्छन् सामान्य मूर्तिको मोडलिङ गर्न मात्रै एक महिना लाग्ने र त्यसलाई मूर्तता दिन तीन–चार महिना लाग्ने गरेको केसीले बताए स्थान, परिवेश, दिशा र शासनकालअनुसार मूर्ति बनाउने शैली र त्यसको भावभंगिमा, मुद्रा फरक हुन्छ यी शैलीहरू पुस्तान्तरण हुँदै आउँदा कतिपय मौलिक शिल्पहरू नासिएर वा विकास भइसकेकाले अहिलेकाले त्यस्तै मूर्ति हत्तपत्त बनाउन नसक्ने उनले बताए

संस्कृतिविद् धौभडेलका अनुसार, पाटनको भीमसेन मन्दिरमा मूर्ति तत्कालीन समयमा राजा श्रीनिवास मल्लले बनाउन लगाएका थिए ‘देशभरिकै कुनै कलाकारले पनि उनले सोचेअनुरूप बनाउन सकेनन् त्यसपछि एक कलाकारलाई हतियारले कुट्न खोज्दा शिल्पकारले राजाको रिसाहा स्वरूपलाई नै मनमा राखेर मूर्तिमा उतारेछन्,’ उनले भने, ‘त्यो राजालाई मन पर्‍यो।’

यसले मूर्तिकारहरूको कला कति निखारिएको हुनुपर्छ भन्ने पुष्टि गर्ने धौभडेलले दाबी गरे
पहिले मूर्तिकारहरूले खानीबाट निकालिएका कालो रंगको ढुंगा प्रयोग गरेर मूर्ति बनाउने गरेको मूर्तिकार केसीले बताए अहिले भने सतहमा पाइने ढुंगाबाटै मूर्ति बनाउने गरिन्छ यस्ता ढुंगामा केही वर्षमै पत्रपत्र छुट्टिने समस्या हुने उनले सुनाए

पहिलेका ढुंगाका मूर्ति दुई हजार वर्ष पुरानो भएर पनि उस्तै देखिन्छन्,’ उनले भने, ‘त्यस्ता मूर्तिको मुखमा मानिसले लड्डु, मिठाई, फलफूल कोचेर, केमिकलयुक्त अबिर रगडिदिएर बिगार्दै लगेका छन् यसले मूर्तिहरू छिटो नष्ट भएका छन् मानिसले आस्थामा विवेक प्रयोग गरेनन् ढुंगाले पनि मानिसले जस्तै खान्छन् कि खाँदैनन्, सोच्नुपर्ने हो।’

मूर्ति छुनैपर्दैन
धौभडेलका अनुसार, पुर्खाले मूर्तिलाई छोएर पूजा गर्ने, दूध, घिउ, पानी, तेलले अभिषेक गर्ने, टीका लगाइदिने भनेर कतै उल्लेख गरेका छैनन् वास्तु लक्षणमा लेखिएअनुसार नै मूर्तिकारले मूर्ति बनाउँछन् र त्यसमा तान्त्रिकले प्राणप्रतिष्ठा गरिदिन्छन् मन्दिरहरूमा देवीदेवताका मूर्तिसामु मण्ड बनाइएको हुन्छ, पूजा गर्नलाई तान्त्रिक विधिअनुसार पूजा गरे पनि, सात्त्विक रूपमा पूजा गरे पनि मण्डलमै गर्ने हो

धर्म कमाइने वा पुण्य हुने भन्दै मूर्ति छुनैपर्ने धारणा विकास हुनु राम्रो होइन,’ धौभडेलले भने, ‘हिन्दुहरूले बुबाआमाको मुख हेर्ने दिन, भाइटीका, म्हपूजा र जन्मदिनमा मानिसलाई समेत पूजा गर्ने चलन छ मानिसलाई पूजा गर्दा भुइँमा मण्डल बनाएर वा केराको पातमा पाँच ठाउँमा पाँच थोप्लो टीका बनाएर पूजा गर्ने चलन छ हो, यसरी नै मूर्तिको पनि मण्डलमै पूजा गर्ने हो।’

यति मात्रै नभई कुनै ऐतिहासिक मन्दिरको सम्पदाको वरिपरि इतिहास झल्किने गरी कसले निर्माण गर्‍यो, के उद्देश्यले निर्माण गर्‍यो भन्ने जनाउ दिन राखिएको शिलापत्रलाई समेत मानिसले देवताका रूपमा पूजा गरेर अबिर दलिदिने गरेको उनले बताए ‘शिलापत्रमा घिउ, मह, सक्खर, तेल लगाइदिने गरेकाले इतिहासका विभिन्न पाटाहरू हराइरहेका छन्,’ उनले भने

 
अबिरबाटै खतरा
रसायनविद् रामचरित्र शाहका अनुसार, घर वा फर्निचरमा लगाउने रंग जस्तै पूजा गरिने अबिर पनि रसायनबाटै बन्ने गरेको छ विभिन्न रंगका अबिर बनाउन विभिन्न रसायन प्रयोग गर्नुपर्छ ती मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् नेपाल गुणस्तर तथा नापतौल विभाग र वातावरण मन्त्रालयले रंगमा लिडको प्रयोग ९० पीपीएमभन्दा बढी हुन नहुने स्पष्ट पारेको छ तर नेपालमा पाइने अधिकांश रंगमा अत्यधिक लिड (सिसा) मिसावट हुने गरेको छ

यस्ता लिड मानव स्वास्थ्यसँगै धातु वा भौतिक सामग्रीका लागि पनि हानिकारक छन्,’ रसायनविद् शाहले भने

संस्कृतिविद् धौभडेलका अनुसार, पहिले अबिर प्राकृतिक हुनथ्यो, चूनमा रंगरंगका फूल मिसाएर बनाइन्थ्यो ‘शरीरमा घाउचोट लाग्दा त्यस्तो अबिरले औषधिको पनि काम गथ्र्यो,’ उनले भने

पहल संरक्षणको
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले इतिहास, कला, विज्ञान, वास्तुकला वा स्थापत्यकलाको दृष्टिकोणले महत्त्व राख्ने एक सय वर्ष नाघेका मन्दिर, स्मारक, घर, देवालय, मठ, गुम्बा, विहार, स्तूप, हस्तलिखित वंशावली, ग्रन्थ, स्वर्णपत्र, ढुंगा, काठ, माटो, हाड, काँच, कपडा, धातु लगायतलाई प्राचीन स्मारक तथा पुरातात्त्विक वस्तुमा राखेको छ

यसको संरक्षणमा पुरातत्त्व विभाग वा स्थानीय निकाय लाग्नुपर्ने उल्लेख छ स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग), भक्तपुरका प्रमुख मोहनसिंह लामाका अनुसार, भक्तपुरको स्वर्णद्वार मर्मतका लागि विभागले केन्द्रमा पत्राचार गरेको छ

हाम्रो तहबाट कोसिस थालिरहेका छौं,’ उनले भने,‘तर मूर्ति पुन: राखिसकेपछि मानिसहरूले छुँदै पूजा गर्न थाले फेरि उस्तै हुन्छ इतिहास बचाउन सर्वसाधारण पनि जिम्मेवार हुनुपर्छ।’
प्रकाशित : kantipur, फाल्गुन १, २०७५ ०९:२५

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...