चेलीलाई कोसेली
अटवारी पर्व
टीकापुर/बाँके — पश्चिम तराई दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायमा यति बेला
उल्लास छ । आइतबार दाजुभाइ व्रत मात्रै बसेनन्, उनीहरूले दिदीबहिनीलाई दिने अग्रासन (कोसेली)
पनि छुट्याए ।
सोमबार दिदीबहिनीले माइतबाट आउने दाजुभाइको माया भरिएको अग्रासन ग्रहण गर्नेछन् । थारू समुदायको महत्त्वपूर्ण पर्व ‘अटवारी’ को परम्परा यस्तै छ ।
टीकापुर नगरपालिका–१,
वनगाउँका बडघर जितबहादुर चौधरीका अनुसार,
खासगरी यो पर्वमा थारू समुदायले अग्निलाई देवता मानेर पूजा गर्ने
चलन छ । थारू राजा दंगीशरणका पक्षमा पाँच पाण्डवमध्येका भीमले
तावामा पकाउन राखेको रोटी नखाई लडेकाले यो चाडमा थरीथरीका रोटी पकाएर
अग्निदेवतालाई अर्पण गर्ने अनि खाने/खुवाउने चलन रहेको हो । यो पर्वमा दिनभरि व्रत बसेका थारू पुरुषले पकाएका थरीथरीका रोटी अनि दही र फलफूल लगायत अग्निदेवतालाई चढाइसकेपछि आफ्ना दिदीबहिनीका नाममा
अग्रासन (खानेकुराको कोसेली) छुट्याउँछन् ।
भोलिपल्ट बिहान भात पकाएर फेरि अग्निदेवतालाई चढाउने गरिन्छ । पकाएको खानासमेत अग्रासनका रूपमा छुट्याइसकेपछि चेलीलाई खुवाउने चलन छ । ‘सिद्रा (सुकाएका माछा), गेडागुडी र साग अनिवार्य हुनुपर्छ,’ बडघर चौधरीले भने, ‘तरकारी पाँच वा सात थरीको पकाउनुपर्ने मान्यता छ ।’दिदीबहिनीका लागि छुट्याएको अग्रासन लिएर दाजुभाइ भोलिपल्ट (सोमबार) चेलीबेटीलाई भेट्न जाने र दिदीबहिनीले पनि आफ्ना दाजुभाइलाई मीठोमसिनो खुवाएर पठाउने चलन छ । यो दिन विवाहिता दिदीबहिनीहरू आफ्ना दाजुभाइ आउने आशमा प्रतीक्षारत रहन्छन् । दाजुभाइ पनि चाँडोभन्दा चाँडो दिदीबहिनीका घरमा अग्रासन पुर्याउन आतुर रहन्छन् । यसले दाजुभाइ र दिदीबहिनीबीच स्नेह र आत्मीयता बढाउने गरेको छ ।
चौधरीका अनुसार, कृष्ण जन्माष्टमी मनाइसकेपछि दोस्रो आइतबारका दिन यो पर्व मनाउने चलन छ । किंवदन्ती अनुसार, पाँच पाण्डव र दाङका थारू राजा दंगीशरणबीच घनिष्ठ सम्बन्ध थियो । पाँच पाण्डव र द्रौपदी सबै जना सुर्खेतको काँक्रेविहारमा आएका बेला दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरेका थिए । यो खबर पाउनेबित्तिकै तावामा पकाउन राखेको रोटी छाडेर पानीसमेत नपिई भीम दंगीशरण राजाका पक्षमा लड्न हिँडेका थिए । शत्रुलाई हराएपछि विजयोत्सवका रूपमा थारू समुदायले अटवारी पर्व मनाएको थियो । त्यही धार्मिक मान्यतामा आधारित यो पर्व पश्चिम तराईका जिल्लामा भव्यसाथ मनाउने गरिन्छ । यो घटना आइतबार भएको विश्वास छ । त्यही दिनको सम्झनामा यो पर्व मनाउने चलन रहेको थारू अगुवा चौधरीले बताए ।

अटवारी पर्वका व्रतालुले रोटी पकाउँदा भीमका
नाममा एउटा ठूलो रोटी नफर्काई पकाउँछन् । र त्यो रोटी भीमका नाममा चढाउँछन् । त्यो रोटीलाई थारूहरू ‘भ्यावाँ’ भन्छन् । थारू राजा दंगीशरणका पक्षमा लडाइँ लडेर विजय प्राप्त
गरेको भनेर यो समुदायमा भीम निकै पूज्य मानिन्छन् । थारू संस्कृतिका जानकार सुशील चौधरीले भने,
‘अटवारीमा पाँच वा सात वर्ष नियमित व्रत बसेर
पूजा गरे मागेको पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।’ उनका अनुसार, यो पर्वको मौलिकता पछिल्लो समय हराउँदै गएको छ । केही ठाउँमा मनाउनै छाडिसके । कतै फरक तरिकाले मनाउने गरिन्छ ।
‘पहिले दर खाँदा माछा, गँगटा र सागसब्जी खाइन्थ्यो,’ सञ्चारकर्मी सबि थारूले भने, ‘तर, अहिले त्यो मौलिकता हराइसक्यो ।’ पहाडबाट बसाइँ सरेर आउनेहरूका कारण समाज मिश्रित भएकाले थारूहरू आफ्नोभन्दा अरू समुदायको चाडपर्वमा रमाउन थालेकाले मौलिकता हराएको उनले बताए । नयाँ पुस्तालाई यसको महत्त्वबारे जानकारी छैन ।

अटवारी पर्वको अवसरमा
रोटी पकाउँदै युवाहरू ।
पढाइ, जागिर, व्यवसाय वा अरू कुनै सिलसिलामा घरबाहिर हुँदा पनि अटवारी र यस्तै
अरू पर्व मनाउन पाउँदैनन् । ‘बच्चा नभएका र गरिबले व्रत बसेर माग्यो भने पूरा हुन्छ भन्ने
विश्वास छ,’ कोहलपुर–६, रझेनाका रामकिसन थारूले भने, ‘अहिले त त्यस्तो मान्यता हराइसक्यो !’
प्रकाशित : आश्विन
१, २०७५ ०८:२१