Thursday, February 14, 2019

नारायणहिटीमा नेकपाको रजाइँ


नारायणहिटीमा नेकपाको रजाइँ
फाल्गुन २, २०७५कान्तिपुर संवाददाता
काठमाडौँनारायणहिटी दरबार र अहिलेको दरबारमार्ग क्षेत्र सुरुमा प्रधान सेनापति शिवराम सिंह बस्न्यातका कान्छा छोरा मन्त्री धौकल सिंहको थियो
प्रधानमन्त्री रणोदीप सिंह राणालाई मारिएको दरबार उनैको थियो नारायणहिटी दरबारको पुरानो नाम ‘कीर्ति मन्दिर’ हो नारायण मन्दिर पनि धौकल सिंहले बनाएका थिए धौकल सिंहबाट मुख्तियार भीमसेन थापाले ो दरबार खोसे धौकल सिंह गढवाल क्षेत्रका युद्धमा मारिए भीमसेन थापाको पतनपछि राजाका नजिकका चौतारिया खलकले लिए, नारायणहिटी कोतपर्वमा चौतारिया मारेपछि जङ्गबहादुरका भाइ रणोदीप बसे, त्यस दरबारमा प्रधानमन्त्री रणोदीपले नै श्री लाई हनुमानढोका दरबारबाट नारायणहिटी सारेका हुन् रणोदीपलाई भितिजा वीरशमशेरले मारे प्रधानमन्त्री भएपछि धौकल सिंहले बनाको दरबार भत्काएर अर्कै दरबार बनए पछि त्यसलाई पनि राजा महेन्द्रले भत्काएर अर्कै दरबार बनाए लालदरबारमा पनि धौकलको अर्को घर थियो त्यसमा पछि धीरशमशेर राणा बसेका थिए

श्रीपाली बस्न्यात धौकल सिंहको नारायणहिटी दरबार र वरपरका जगा तत्कालीन सरकारले खोसेर लिएको प्रमाण छ सो जग्गा २०६३ सालपछि नेपाल ट्रस्टमा राखियो हाल दरबारमार्गबाट केसर महल जाने मोडको नेपाल ट्रस्ट कार्यालय रहेको स्थान मा ६–७ तले ठूलो भवन बन्दैछ यो गा नेपालीको हो किन सबैले थाहा नपाइकन पूर्वएमाले समर्थित मान्छेलाई भाडामा घर बनाउन दिएको हो? यस्तो महत्त्वपूर्ण स्थानमा नेपालको इज्जत बढाउने अरु कार्यका लागि यसको जग्गा उपयोग गर्न सकिन्थ्यो सार्वजनिक सूचना नदिइकन ओली सरकारले लुकाएर एउटा व्यक्तिलाई दिने निर्णय गर्नु घाती काम हो यो जग्गासँग हामी श्रीपाली बस्न्यात परिवार, वीरशमशेर राणाका परिवार र नेपालका राजाहरूको पनि अंश छ के नेकपाले जे पायो, त्यही गर्न मिल्छ? नेपाल ट्रस्टको जग्गा नेकपाको पेवा होइन यस्तो काम तुरुन्त बन्द गरियोस्
प्रेमसिंह बस्न्यात, बाँसबारी, काठमाडौं
प्रकाशित : फाल्गुन २, २०७५ ०९:३२

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...