Friday, February 08, 2019

कुन्देलिङ गुम्बामा भृकुटी र चिनियाँ राजकुमारी


माघ २५, २०७५
लस्करै मूर्ति गौतम बुद्ध, आर्य अवलोकितेश्वर, रातो भैरव, महाँकाल अनि पद्मसम्भवको दायाँबायाँ पछिल्तिर भित्तामा भने भृकुटीदेखि तत्कालीन चिनियाँ राजकुमार वेनचेङसम्मका चित्र सजिएका छन् यो हो सिन्धुपाल्चोक लिसंखु (ह्रिस्याङ्गो) स्थित छ्योइफेल कुन्देलिङ गुम्बा
लिच्छविकालमै बनेको यो ऐतिहासिक गुम्बाका भित्तेचित्रले यति बेला भने नयाँ रंग पाएका छन्
सात वर्ष लगाएर दार्जिलिङका खाइबा (चित्रकार) हरूले यो पुरानो गुम्बाको भित्ता चिटिक्क पारेका हुन् गुम्बाका सचिव समेत रहेका लेखक बुद्ध योञ्जनका अनुसार दार्जिलिङका चर्चित भित्ते चित्रकार पासाङ घेलाको नेतृत्वमा चार कालिगडको मेहनतबाट कलाकृति तयार पारिएको हो
कथा छ घ्याङको
नेपाल सरकार, गुम्बा व्यवस्थान तथा बौद्ध दर्शन प्रवद्र्धन समितिको अनुसन्धानअनुसार यो गुम्बा एक हजार वर्ष पुरानो हो, जति बेला मल्लकाल सुरु भएकै थिएन त्यति बेला काठमाडौंपूर्वमा ठूला घ्याङ थिए लिसंखुको यो गुम्बासहित दोलखाको चरिघ्याङ, रामेछापका पोङदी र ढोङमे अनि काभ्रेका नाङरे र बाङथली यी अहिले पनि अस्तित्वमा छन् लिसंखुको गुम्बा भने तामाङ समुदायको योञ्जन थरको उत्पत्ति कथासँग पनि जोडिन्छ संगीतकार गोपाल योञ्जन, भाषाविद् अमृत योञ्जन, पूर्वराजदूत गणेश योञ्जनदेखि पहिलो कान्छा सगरमाथा आरोही शम्भु तामाङसम्मको लहरो यही थलोसँग जोडिन्छ

गुम्बाका सचिव बुद्ध योञ्जनका अनुसार, यो गुम्बा सुरुमा मास्तिर जंगलबीच थियो, प्राचीन काष्ठकला सहित १९९० ो भुइँचालोले केही असर गरेको यो गुम्बा तल भन्ज्याङमा सर्‍यो, ७३ वर्षअघि

‘तैपनि हजार वर्ष पुरानो मूर्तिकला, छ्योर्तेन र थाङका चित्र बचाउने कोसिस गरियो,’ उनले भने, ‘अहिले नयाँ भित्तेचित्र बनाइएका भए पनि स्केच चाहिँ हजार वर्ष पुरानै हो।’

डोल्मा र डोल्कर
दार्जिलिङका कालिगडले सात वर्ष लगाएर कोरेका भित्ते चित्रहरूमध्ये डोल्मा र डोल्करको कथा रोचक छ तामाङहरू भृकुटीलाई डोल्मा भन्छन् थाङका चित्रको भाषामा– हरिततारा बजारमा चलेको नाम चाहिँ ग्रीनतारा सातौं शताब्दीमा तिब्बतका राजा थिए स्रङचङ गम्पो

‘उनैसित बिहे भएर गएपछि थाङका चित्रहरूमा भृकुटीको महिमागान गरिन थाल्यो,’ थाङका चित्रकारसमेत रहेका बुद्धले भने, ‘यसको अर्को कारण तिब्बतमा बौद्ध दर्शन प्रचारप्रसार पनि हुन सक्छ।’

भृकुटीसित तामाङ समुदायको नाता चाहिँ के हुन सक्छ? डोल्माको नामबाट पुकारिने भएकाले पनि भृकुटीसित आफ्नो समुदायको खास सम्बन्ध हुन सक्ने अड्कल गर्छन् लिसंखुमै जन्मी हुर्केका पूर्वप्राज्ञ एवं चित्रकार निमा घ्याम्जो वल

गुम्बाको भित्तामा अन्य चित्रसँगै तत्कालीन चिनियाँ राजकुमारी वेनचेङको पनि चित्र छ बेइजिङको तत्कालीन ताङ वंशकी राजकुमारी वेनचेङलाई कान्छी रानीका रूपमा भित्र्याएका थिए राजा स्रङचङ गम्पोले थाङका चित्रको भाषामा उनलाई श्वेततारा (ह्वाइट तारा) भनिन्छ अर्को नाम हो डोल्कर चित्रकारहरू उनको शरीरमा सेतो रंग पोत्छन् डोल्माको शरीरमा भने हरियो पोत्छन् ‘तिब्बतीहरू भृकुटीलाई बेल्सा भन्छन् भने वेनचेङलाई ग्यासा,’ निमाले भने, ‘तामाङहरूले कोर्ने थाङकामा डोल्मा र बेल्साको चित्र अनिवार्य हुन्छ।’

बुद्धका अनुसार, बौद्ध परम्परामा भित्ते चित्रको महिमा ठूलो छ कुनै समय बौद्ध दर्शन प्रचारप्रसारका रूपमा जन्मिएको यस्तो प्रकृतिको भित्ते चित्र र थाङका कला गुफाकालीन ‘केभ आर्ट’ को परिमार्जित फर्म नै हो

‘हरेक गुम्बाको भित्तामा यस्ता चित्रहरू देख्न सकिन्छ,’ हालैको दिन साहित्यिक संस्था तामाङ डाजाङका तर्फबाट लेखक तथा कविहरूको टोलीलाई गुम्बामा निम्त्याएका बुद्धले भने, ‘इतिहास, सभ्यताको प्रतीक र संस्कृति बचाइराख्न यस्ता चित्रहरूले काम गरिरहेका छन्।’

तामाङ समुदाय आठौं शताब्दी (पद्मसम्भवको समय) मा बौद्धमार्गी बनेका हुन् त्यही भएर पनि गुम्बामा पद्मसम्भवको पनि चित्र छुट्दैन पद्मसम्भवको अर्को नाम गुरु रिन्पोछे हो यसबाहेक गुम्बा सजाउने क्रममा भित्तामा आर्य अवलोकितेश्वर, महाँकाल, बुद्ध जिवनीजस्ता चित्रहरूको पनि प्रयोग हुन्छ

‘बुद्ध जीवनी’ चित्रमा चाहिँ बुद्ध जन्मेदेखि ज्ञान प्राप्ति र महापरिनिर्वाणसम्मका घटनाक्रम चित्रकै माध्यमबाट देखाइन्छ बुद्धका अनुसार, लिसंखुको छ्योइफेल कुन्देलिङ गुम्बाको विशेषता के हो भने यो लिच्छविकालीन बौद्ध कला–परम्पराको निरन्तरता पनि हो कुराकानी क्रममा उनले लिब्छविकालीन छ्योर्तेन पनि देखाए ढलोट माध्यममा बनेको यस्तो
छ्योर्तेन आधुनिक गुम्बामा पाइँदैन

अनि मूर्ति बोल्छ
२०७२ को भूकम्पअघि नै यो लिच्छविकालीन गुम्बाको जनस्तरबाटै जीर्णोद्धार सुरु भएको थियो भूकम्पले गुम्बाको पछाडि भित्ता नराम्रोसँग भत्काइदियो त्यसलाई पनि उठाएर अहिले नयाँ भित्ते चित्रसहित गुम्बाको भित्री बाहिरी सजावट चिटिक्क पारिएको कान्छा सगरमाथा आरोही शम्भुका तामाङका अनुसार जीर्णोद्धार क्रममा ह्रिस्याङगो सेवा समाजको भूमिका पनि महत्त्वपूर्ण रह्यो

समाजमार्फत नै भारतीय दूतावासले अहिले गुम्बा परिसरमा लामाका लागि आवासीय भवन र शौचालय मात्रै हैन, गुम्बाको आँगनमै ढुंगा बिछ्याएर कलात्मक बनाइदिएको छ बौद्ध परम्परामा कुनै पनि सम्पदा या मूर्तिहरू निर्माण/पुनर्निर्माणपछि प्राणप्रतिष्ठा गर्ने (ह्राप्ने) लन छ अहिलेसम्म यी चित्र मूर्ति निर्जीव छन्, प्राण भरिएको छैन ‘केही महिनामै र्‍हाप्ने पूजा हुन्छ,’ बुद्धले भने, ‘त्यसपछि यी चित्र र मूर्ति जीवित भएको मानिनेछ अनि भगवान्जस्तै उनीहरू बोल्ने विश्वास गरिन्छ।’

प्रकाशित : kantipur, माघ २५, २०७५ ०९:२४

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...