Sunday, February 03, 2019

बज्र किलायको ग्रन्थ, क्रोधको मुकुण्डो



बज्र किलायको ग्रन्थ, क्रोधको मुकुण्डो
बौद्धमार्गीहरू ल्होछारको पूर्वसन्ध्यामा चारदिने शान्ति पूजा गर्छन्
काठमाडौँ — ग्यालिङको सुमधुर संगीत, बेला–बेला ढ्याङ्ग्रो र झ्याम्टाको लुकामारी सबैभन्दा पछिल्तिरचाहिँ नेपाली र विदेशी सर्वसाधारणहरू मन्त्र र बौद्ध संगीत सुन्दै ध्यानमग्न छन् अघिल्तर लस्करै भिक्षुहरू शान्ति मन्त्र पाठ गर्दै बौद्धगुरु क्याब्जे पाल्युल लाटुल रिन्पोछेलाई पछ्याइरहेका छन्
यहाँ सबै जना शान्ति खोज्दै आउनुभएको हो,’ पूजा समारोहका संयोजक खेन्पो कोन्चोग नोर्बु तामाङले सुस्तरी औंल्याए, ‘बौद्ध परम्पराको यो महत्त्वपूर्ण पूजा हो 
राजधानीको बौद्ध नयाँबस्तीस्थित छ्योर्तेन टासी तामाङ गुम्बाका आउँदो सोमबारसम्म पूजाको यो संगीत, मन्त्र र दृश्य जारी रहनेछ पहिलो दिन शुक्रबार आत्मशान्ति खोज्दै यो पूजामा ७० जना विदेशीहरू पनि सामेल भए खेन्पो कोन्चोगका अनुसार यो पूजा खासगरी दुइटा प्रकृतिको शान्तिका लागि गरिन्छ आत्मशान्ति बाह्य शान्ति मनभित्रको शान्ति बाह्य शान्तिसित अन्तर्निहित छ चारैतिर अशान्ति, हिंसा, तनाव, चिन्ता र महामारी फैलिरहेको बेला यस्तो पूजा दुइवटै शान्ति कामनाका लागि गरिन्छ यो प्राचीन पूजा विधि हो 
उपत्यकाको खडेरी र बज्र किलाय
खेन्पो कोन्चोगका अनुसार यो पूजासित आठौं शताब्दीको एउटा तान्त्रिक पुस्तकको सम्बन्ध छ भारतबाट गुरु पद्मसम्भव फर्पिङस्थित गुफामा महामुद्राको ध्यानमा थिए त्यति बेला काठमाडौं उपत्यकामा वर्षौंदेखि पानी नपरेर ठूलो अनिकाल महामारी चलिरहेको थियो 
एक दिन नेपाल राज्यको विशेष दूत आएर पद्मसम्भवलाई समस्याको निराकरणका लागि अनुरोध गरे।‘अनि पद्मसम्भवले भारतको नालन्दा विश्वविद्यालयबाट दोर्जे फुर्पा (बज्र किलाय) साधनाको तन्त्र ग्रन्ध झिकाउनुभयो,’ भारतबाटै बौद्ध दर्शनमा विद्यावारिधि (खेन्पो) गरेका कोन्चोगले भने, ‘किम्वदन्तीअनुसार उक्त पुस्तक नेपाल भित्रिनेबित्तिकै पानी पर्न थाल्यो त्यसपछि उपत्यकामा रोग, भोक र अनिकाल अन्त्य भएको मानिन्छ । त्यही बज्र किलायको पुस्तक साधना गरेर प्राप्त सिद्धिले तिब्बतमा हिशे छ्योग्यालले मृतात्मालाई जीवित बनाएको किंवदन्ती पनि पाइन्छ
धोक्पा अर्थात् क्रोध
त्यही ग्रन्थमा आधारित पूजा दुई प्रकृतिको गरिँदै आएको छ सुरुमा मान्छेको मनभित्रबाट क्रोध, काम, लोभ र मोह बाहिर निकाल्न ‘धोक्पा’ पूजा गरिन्छ धोक्पा खासमा एउटा मुकुण्डो हो, जसमा मूर्तिकारले क्रोधको भाव कोरेका हुन्छन् सुरुमा क्रोधको प्रतीक यही धोक्पालाई बत्ती, फूल, पानी र विशेषगरी कोदो चढाएर तीन दिनसम्म पूजा गरिन्छ 
तेस्रो दिन यसको अग्निदह गरिन्छ,’ पूजा आयोजक संस्था धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्र (थोइसाम गोङफेलिङ) का अध्यक्षसमेत रहेका खेन्पो कोन्चोगले भने, ‘यसपछि मानिसभित्रको क्रोध र तनाव बाहिर निस्किन्छ यसलाई नै बज्र किलाय पूजा भनिन्छ।’ 
उनका अनुसार मानिसभित्रको आन्तरिक क्लेश र दोष बाहिर निकालेर बुद्धत्व प्राप्तिको दिशातिर अग्रसर गराउन यो पूजाले सघाउँछ यो एक रूपान्तरण प्रक्रिया हो त्यसपछि चौथो दिन छेक्षोग क्षिलु (आमितायु पूजा) हुन्छ, योचाहिँ शान्ति पूजा हो यसका लागि पूजामा बसेका व्यक्तिको नङ, कपाल र कपडाको टुक्रा राखेर विधि गरिन्छ 
बौद्धमार्गीहरू यस्तो पूजा ल्होछारको सन्दर्भमा गर्छन् वर्षभरि मनमा खराब तत्त्व हाबीनहोस्, सुख र शान्ति प्राप्ति होस् भन्ने कामनासहित ‘पूजा सकेपछि ल्होछारको खुसियाली सुरु हुन्छ,’ बज्र किलायमा सामेल बौद्धका स्थानीय विनोद लामाले भने, ‘मनमा शान्ति छाउँछ सबैको मनमा शान्ति छाएबाह्य शान्ति पनि प्राप्ति हुन्छ।’
प्रकाशित : kantipur, माघ २०, २०७५ ०८:२३

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...