Monday, February 04, 2019

पोखरामा ल्होछार महोत्सव सुरु


पोखरामा ल्होछार महोत्सव सुरु

कान्तिपुर, माघ १९, २०७५, विना थापा
कास्की — मञ्जुश्री सम्वत् २८५५ औँ सोनाम ल्होसारको अवसरमा पोखराको प्रदर्शनी केन्द्रमा प्रथम ल्होसार महोत्सव सुरु भएको छ । झ्या ल्हो (चरा वर्ग) पूरा भएर  फाग ल्हो (बँदेल वर्ग) को सुरुवात भएको अवसरमा ल्होछार (नयाँ वर्ष) महोत्सवको आयोजना गरिएको हो 
आयोजक तामाङ घेदुङ संघ नालामुख पोखरा भए पनि केन्द्र, जिल्ला र सबै एकाइको सहकार्यमा पहिलो पटक महोत्सवको रूपमा मनाउन लागेको सङ्घका अध्यक्ष लगुराम तामाङले बताए । तामाङ समुदायको मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको तामाङले जानकारी दिए । 


जनजाति म्युजियम
, तामाङ संस्कृतिसँग सम्बन्धित स्टल र विभिन्न जनजातिको भेषभुषा झल्कने सामग्रीहरूको प्रदर्शन गरिने कार्यक्रम संयोजक अमन तामाङले जानकारी दिए । त्यसैगरि घरमा प्रयोग गरिने सामानको स्टल, बाल उद्यान, विभिन्न प्रकारका फुड स्टल समेत रहने तामाङले बताए । महोत्सवमा लोकदोहोरी, विद्यालय स्तरीय नृत्य, कमेडी नृत्य, गोल्डेन ढाकाटोपी सांस्कृतिक सामूहिक नृत्य लगायतका प्रतियोगिता रहेका छन् । कलाकारहरूको लोकदोहोरी, पप आधुनिक कन्सर्ट समेत रहने छन् । कार्यक्रमको उद्घाटन तामाङ घेदुङका केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले गरेका थिए । महोत्सव सुरु हुनु अघि पोखराको चिप्लेढुङगादेखि झाँकी सहित आफ्नै भेषभुषामा सजिएर निस्किएको र्‍यालीमा सहभागीहरू महेन्द्रपुल हुँदै नयाँबार महोत्सवस्थलमा पुगेका थिए । महोत्सव ९ दिनसम्म चल्नेछ । 



Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...