Friday, February 01, 2019

‘पापिनी’ हरूको लगन


पापिनी’ हरूको लगन
माघ १८, २०७५हरि गौतम
रुकुम पश्चिम — तलीगाउँले केटी माग्न माथिगाउँ उक्लिए कुरो मिल्यो १५ दिनको तयारीपछि मंगलबार विवाह भयो तलबाट जन्ती माथि आए नाचगान गरे तर बेहुला–बेहुली दुवै केटी थिए 
मुसीकोट नगरपालिका–७ साँखका स्थानीयको यो शताब्दीयौंको परम्परा हो हरेक वर्ष माघ १५ मा यस्तो बिहे भएकै हुन्छ माथिगाउँ तलीगाउँले दुवै मिलेर परम्परा धान्छन् बेहुला–बेहुली छनोट हरेक वर्ष नदोहोरिने गरी आलोपालो गरिन्छ माघ देखि १५ सम्म चल्ने परम्परामा ‘कन्या’ हरूको विशेष भूमिका रहन्छ जसलाई ‘पापिनी’ भनिन्छ

दुवै गाउँबाट १५–१५ गरी ३० जना पापिनी छानिन्छन् पापिनीकै अगुवाइमा सिँगो गाउँ जन्ती लोकन्ती बन्छ

तलीगाउँकी १५ वर्षीया पिंकी मगर यस वर्ष पनि ‘पापिनी अगुवा’ बनिन् बेहुली माग्नेदेखि सम्पूर्ण जिम्मेवारी पिंकी उनैका साथी पापिनीहरूले लिए बेहुली घरतर्फको जिम्मा माथिगाउँकी २० वर्षीया तुलसा घर्तीले लिइन् उनैले बेहुली अन्माइन्

साँखमा बस्ती सुरु भएदेखिकै परम्परा मानिन्छ यो यसरी बिहे नाचगान नगरे गाउँमा महामारी निम्तिने किंवदन्ती पापिनी हुन तीन योग्यता चाहिन्छन्– जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने ‘पापी र पापिनी त पाप गर्नेहरू हुनुपर्ने हो, यहाँ फरक छ,’ वडाध्यक्ष हिमबहादुर पाण्डेले भने, ‘गाउँको चालचलन धान्ने कन्याहरू पापिनी हुनुपरेको छ।’ यी कन्यालाई पापिनी नै किन भनियो, कसैलाई थाहा छैन ‘पापिनीको अर्थ के हो, हामीलाई पनि थाहा छैन,’ पिंकीले भनिन्, ‘हरेक वर्ष कन्याहरूले पापिनीको काम गर्नुपर्छ।’

स्थानीय लालबहादुर महत मेलामा आउनेबाट दण्ड–जरिवाना संकलन गर्नेलाई पापिनी भन्ने गरिएको सुनेको बताउँछन् पापिनी अगुवाको निर्देशन पहलमा माघ देखि साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ हरेक रात तलीगाउँका पापिनी तल्लो र माथिगाउँका पापिनी माथ्लो डिलमा बस्छन्प्रकाशित : माघ १८, २०७५ ०७:४७


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...