Thursday, February 07, 2019

हराए हिटी


हराए हिटी
कर्मचारी सञ्चयकोषले व्यापारिक प्रयोजनका लागि बहुउद्देश्यीय कम्प्लेक्स (मल) बनाएपछि नै त्यसको पछाडि रहेको सुन्धारामा पानी सुक्यो ।
माघ २४, २०७५शिल्पा कर्ण
काठमाडौँ — प्राचीन कान्तिपुर नगरीभित्रका थुप्रै टोलका नाममा ‘हिटी’ जोडिन्छ जस्तै मरुहिटी, गा:हिटी, ठहिटी, भोटाहिटी अदि नेपालभाषामा हिटी भन्नाले धारा भन्ने अर्थ लाग्छ धारा जोडिएका अन्य स्थान पनि छन्, राजधानीमा
जस्तै सुन्धारा, तीनधारा, गुर्जुधारा आदि तर अचेल ‘हिटी’ ‘धारा’ केवल नाममा सीमित बने ती स्थानका विशेषताका रूपमा रहेका पानीका मुहान कतै सुके, कतै छोपिए, कतै हराए 
काठमाडौं महानगरपालिका वडा नं. २० मा पानी नआए पनि चारवटा पुराना सार्वजनिक धारा छन् एउटामा थोरै पानी आउँछ, बाँकी तीनवटै सुकेका छन् उमेरले ५५ नाघिसकेका वडाध्यक्ष राजेन्द्र मानन्धरलाई कोहिटीमा ठूलो पानी आउने गरेको सम्झना  
विस्तारै कम हुँदै गयो, हुँदाहुँदा पुरियो नै ‘भग्नावशेष मात्र थियो, सबै मिलेर सरसफाइ र मर्मत सम्भार गर्‍यौं पानी अहिले पनि आउँदैन मूल कहाँ , थाहा छैन,’ वडाध्यक्ष मानन्धरले भने उनकै वडामा अर्को यस्तै धारा थियो पाकोमा रहेको उक्त ढुंगेधारा कहिले मन्दिरको स्वामित्वमा ल्याइयो, अहिले एक व्यक्ति त्यहीँको जमिनमुनिबाट पानी झिकेर बेचिरहेका छन् 
डेढ वर्षअघि जनप्रतिनिधिका रूपमा निर्वाचित भइआएपछि उनले ती व्यक्तिले सार्वजनिक जग्गा मिचेको ठहरसहित कारबाही गर्ने निर्णय गरे पुरानो ढुंगेधारासँगै ती व्यक्तिको घर थियो त्यो जग्गा आफ्नो घरको क्षेत्रभित्र पारेर पानी बेच्ने गरिरहेका थिए उनको व्यवसायलाई अनधिकृत भन्दै ट्यांकी, पाइपलगायतका सामग्री वडाले जफत गर्‍यो ‘तर उल्टै अब लुटपाटको मुद्दा लाग्यो अब मन्दिर, ढुंगेधारा सबै उनको घरभित्रै छ,’ मानन्धरले भने अर्को एक भीमसेनको सुन्धारा, अर्थात सुनको जलप लगाइएको धाराबाट पनि पानी आउन छोडिसकेको छ
वडा नं. १ मा तीनधारा भन्ने ठाउँ छ सेतो मच्छिन्द्रनाथको जात्राका क्रममा खटलाई तीनधारामा पनि लगिन्छ तर त्यहाँ पनि अब धारा भने छैन उमेरले ७५ पुग्न लागेका वडाध्यक्ष भरतलाल श्रेष्ठ भन्छन्, ‘महेन्द्र सालिक नजिक त्यहाँ तीनधारा पाठशालासँगै धारा पनि थियो अहिले फोहोर , सबैले त्यहीँ फोहोर फाल्ने भएर छोपिएको छ तर मूल नभएर होला, पानी रसाउँदैन।’ सोही वडामा अन्य दुईवटा पुराना ढुंगेधारा छन् नक्सालस्थित भाटभटेनी मन्दिर नजिकको धारामा मात्र पानी आउँछ, अन्यमा आउँदैन 
यहाँ चैतदेखि जेठसम्म सुक्छ तर फेरि वर्षात् सुरु हुनेबित्तिकैदेखि ठूलै पानी आउँछ।’ स्थानीय त्यहाँ नुहाउने, लुगा धुने गर्छन् त्यहाँको पानी खान मिल्ने मन्दिरका पुजारीले बताए उक्त वडाकै हात्तीसारमा पनि ढुंगेधारा भन्ने सुने पनि वडाका तर्फबाट केही गर्न सक्ने अवस्था नरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए उनले भने, ‘मान्छेको कम्पाउन्डभित्र पर्छ, त्यसलाई अब सार्वजनिक भन्नै मिल्दैन अरू ठाउँमा पनि छन्, तर धारा नै छैन।’ 
खुसिबु बस्दै आएका पन्नारत्न महर्जनले वरपर थुप्रै ढुंगेधारा देखेर हुर्किए तर अहिले ती भेटिँदैनन् ७२ वर्षीय महर्जनका अनुसार उनले सुनेको थँहिटी, बँजाहिटी, निपुरहिटी लगायतका केहीमा पानी सुकिसक्यो, केही धारा नै हराइसके ‘क्षेत्रपाटीको पूर्वतिरको चोक जाने बाटोमा एउटा बौद्ध स्तूप ,’ महर्जन दाबी गर्छन्, ‘त्यो थँहिटीमाथि बनाइएको हो पहिले त्यहाँ पनि ढुंगेधारा थियो।’ 
मरुहिटीको उत्तरतिर बँजाहिटी छ महर्जनका अनुसार महाँकालको पछाडि अहिलेको ैनिक मञ्चतिर पनि पहिले हिटी थियो ‘भोटाहिटीमा सबवे खन्दा त्यहाँ पानी निस्किएको थियो पानीको स्रोत वा कुलोझैं संरचना भेटिएको थियो तर त्यो कुराको वास्ता भएन, निर्माण कार्य चलिरह्यो,’ महर्जनले भने पानीको जोहो पुर्खाले कसरी गर्थे भन्ने अध्ययन हुनुपर्ने नी बताउँछन् ‘केहीले तान्त्रिक विधिबाट राज पुरोहितले मात्र पानी ल्याउन सक्थे भन्थे हिटीमा पानी ल्याउन सबैले सक्दैनथे,’ महर्जनले भने
श्रेष्ठको भनाइमा कर्मचारी सञ्चयकोषले व्यापारिक प्रयोजनका लागि बहुउद्देश्यीय कम्प्लेक्स (मल) बनाएपछि नै त्यसको पछाडि रहेको सुन्धारामा पानी सुक्यो उनको अनुभवमा अव्यवस्थित संरचना निर्माणले गर्दा पानीका मूल सुकेका हुन् वडा नं. २० का अध्यक्ष मानन्धर पनि श्रेष्ठका कुरामा सहमत छन् उनी भन्छन्, ‘पहिले घर निकै कम हुन्थे, हरियाली बढी थियो अहिले हरियाली कतै छैन, जताततै कंक्रिट संरचना मात्र छन् पानीको स्रोत नै नभएपछि ढुंगेधारामा पानी नआउनु स्वाभाविक हो।’ 
संस्कृतिका अध्येता पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार उपत्यकाका ढुंगेधारा लिच्छविकालबाट अस्तित्वमा आए भने केही मध्यकालमा निर्माण भएका देखिन्छन् श्रेष्ठका अनुसार मूलको पानी प्रयोग गर्न, विशेषगरी खानेपानी उपलब्धताका लागि ढुंगेधारा प्रयोग हुन्थे मध्यकालीन सहरी समाजको अभिन्न अंगका रूपमा रहेका ढुंगेधाराले तत्कालीन सामाजिक, सांस्कृतिक परिवेशबारे बोल्छन् 
नेपाल मण्डलभित्र नभई नहुने संरचना थियो ढुंगेधारा सहरी शोभाका लागि मात्र नभई सामाजिक प्रतिष्ठा र गौरवका लागि पनि विभिन्न किसिमका ढुंगेधारा निर्माण गरिन्थे,’ श्रेष्ठले ढुंगेधाराको महत्त्वबारे भने, ‘दैनिक खानेपानीको आवश्यकता पूर्तिका लागि टोलटोलमा ढुंगेधारा निर्माण गरिएका हुन्थे चाडपर्व जात्रमा पनि फरक फरक ढुंगेधारा प्रयोग हुन्थ्यो
भक्तपुरस्थित ९ वटा पूर्वतर्फ फर्केका ढुंगेधाराको उदाहरण दिँदै उनले पानीको स्रोत मासिएकाले ढुंगेधारा मासिएको बताए भक्तपुरस्थित उक्त धारामा झन्डै ५० वर्षअघिसम्म जनैपूर्णिमाका दिन क्वाँटी खाएर, ९ जोर वस्त्र लगाएर स्नान गर्ने चलन थियो, श्रेष्ठले बाल्यकाल सम्झिए उनी भन्छन्, ‘अहिले न धारामा पानी छ, न वरपर नुहाउने मान्छे पानीसँगै मोक्ष प्राप्त गर्ने मान्छे संस्कृति पनि सुक्यो।’ 
यहाँका ढुंगेधारा सुक्नुको मुख्य कारण स्रोत सुक्नु भन्ने धारणा छ उनको उनले आफूले गरेको अध्ययनअनुसार त्यस्ता धाराका तीन स्रोत हुन्थे एउटा जमिनमुनिको पानी अर्को राजकुलो त्यसैगरी पोखरीका पानी पनि त्यस्ता धाराका स्रोत हुन्थे
पानी व्यवस्थापनका लागि भक्तपुरको रानीपोखरी लगायतका पौराणिक पोखरीमा बढी भएको पानी निकासका लागि धारा हुन्थ्यो कलात्मक बुट्टा कुँदिएका यस्ता धाराले वर्षातमा पोखरीको पानीलाई निकास दिन्थे 
यस्ता पानीले लुगा धुनदेखि खेतमा सिँचाइसम्म हुन्थ्यो राजकुलोबाट धारासम्म ल्याइएको पानीलाई पनि धाराबाट ल्याई सर्वसाधारणले प्रयोग गर्थे राजधानीको भित्री भागमा भने विशेषगरी मूलको पानी ढुंगेधाराबाट आउँथे मूलको पानी ान्छेले खान प्रयोग गर्ने गरेको श्रेष्ठ बताउँछन् ‘पहिले पानी व्यक्तिगत हुँदैनथ्यो, सार्वजनिक हुन्थ्यो ढुंगेधाराको पानी सबैले उपभोग गर्न पाउँथे अहिले पो ट्यांकीको पानीमा व्यक्तिको स्वामित्व हुन्छ,’ श्रेष्ठले भने
जल तथा ऊर्जा आयोगका सह–सचिव माधव बेलबासे मध्यकालीन समयमा कान्तिपुर सहर र त्यसका लागि पानीको आपूर्तिको व्यवस्थालाई उत्कृष्ट नमुना भन्छन् योजनाबद्ध वैज्ञानिक पानी व्यवस्थापन प्रणालीलाई अहिले चरम सहरीकरणले बिगारेको उनको भनाइ
हामीले नयाँ सहर विकास गर्‍यौं तर अहिले पनि यो सहरलाई पर्याप्त पानीको व्यवस्था गर्न सकेका छैनौं,’ उनले थपे, ‘तर पहिले योजनाबद्ध सहरका रूपमा विकसित भएको स्थान हो यो सिँचाइ, खानेपानी र अन्य प्रयोजनका लागि कसरी, कहाँबाट पानीको व्यवस्था गर्ने भन्ने योजना बनाइएको थियो।’ अहिले कंक्रिट प्रयोगले जमिनले पानी सोस्न नसक्ने अवस्था भएकाले जमिनमुनिको पानी निकै कम भइसकेको छ सँगै प्रदूषण पनि निकै बढेको बेलबासे भन्छन्, ‘ती ढुंगेधारा पुनर्जीवित भए पनि पानी पहिले जत्तिको स्वच्छ हुँदैन।’ 
अहिले ती ढुंगेधारा संरक्षण अभावमा सहरीकरणका बीच हराइरेका छन् खुसिबुका महर्जन जनप्रतिनिधि आइसकेको अवस्थामा अब ती ढुंगेधारा ब्युँताउन ढिला गर्न नहुने धारणा राख्छन् उनी भन्छन्, ‘पहिले धारा वरपर खुला क्षेत्र हुन्थ्यो, हरियाली हुन्थ्यो फेरि पानी निकाल्न खोज्ने हो भने मुहान नै संरक्षण गर्नुपर्छ तर त्यो केवल स्थानीय सरकारले गर्ने होइन, केन्द्रीय सरकाले पनि भूमिका निर्वाह गर्नुपर्छ।’ 
दीर्घकालीन योजना ल्याएर यहाँको जनसंख्या कम गरेपछि मात्र अव्यवस्थित संरचना हटाउने र पानीको मूल खोज्ने गर्नुपर्छ, उनी सुझाव दिन्छन् रैथानेको अस्तित्वसँग जोडिएका ढुंगेधारा, हिटी मासिए, परम्परा र संस्कृति पनि मासिने उनको भनाइ छ
जलस्रोतविद् बेलबासे यस्ता हिटीलाई ‘स्मारक’ का रूपमा अथ्र्याउँछन् तर अब यस्ता हिटीलाई पुनर्जीवित गर्नु निकै कठिन हुने उनले बताए ‘यो मौलिकता हो, सहरको सुन्दरता हो पानीको उपलब्धतालाई पनि सहज बनाउनेछ केहीलाई अहिले पनि जीवन दिन सकिन्छ त्यसका लागि निकै अध्ययन जरुरी ,’ उनले भने त्यस्ता हिटीमा आउने पानीको स्रोत धेरैजसोमा राजकुलो हुन्थ्यो तर अहिले राजकुलो अस्तित्वमा छैन ‘असम्भव छैन, काम चाहिँ धेरै गर्नुपर्ने हुन्छ,’ उनले भने
 प्रकाशित : kantipur, माघ २४, २०७५ ०८:०७

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...