Wednesday, February 06, 2019

वाम्बुले राई समुदायको 'खाउमो सिली'


वाम्बुले राई समुदायको 'खाउमो सिली'
ओखलढुंगा — वल्लो किरातअन्तर्गत ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुली आसपासमा वाम्बुले राई समुदायको बाक्लो बस्ती छ । उनीहरुको संस्कारअन्तर्गतको मुख्य कुल पूजाको रुपमा खाउमोलाई लिइन्छ 
माघ र फागुन महिनामा खाउमो गर्ने चलन छ । यतिखेर वाम्बुले बस्तीहरुमा प्रत्येक दिनजसो कुनै न कुनै घरमा खाउमो गरिएको भेटिन्छ ।


खाउमोमा नाच्ने नृत्यलाई ‘खाउमो सिली’ भनिन्छ । हेर्दा साकेलाजस्तै लागे पनि यो साकेला भन्दा केही फरक हुन्छ । झ्याम्टा बजाएर महिला र पुरुषको छुट्टाछुट्टै चालमा खाउमो नाचिन्छ ।


राँगा र सुँगुरलाई धनुवाणले हानेर बली चढाउने प्रचलन छ । खाउमो शुभ र अशुभ कार्य गरी दुई प्रकारको गरिन्छ । खाउमो पूजा एउटै घरमा तीन दिनसम्म गरेपछि मात्रै सकिन्छ ।


मानेभन्ज्याङ गाउँपालिका ५, क्वाक्ट्वाम्पु गाउँको एक घरमा मंगलबार गरिएको खाउमो र खाउमो सिलीका केही तस्बिरहरु ।
Kantipur


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...