Thursday, March 26, 2020

कहाँ हराए ती नाच ?


कहाँ हराए ती नाच ?

फाल्गुन २५, २०७६माधव अर्याल

(पाल्पा) — रैनादेवी छहरा गाउँपालिका–७ जुठापौवाका ८४ वर्षीय इन्द्रबहादुर खाम्चा मगर सानोछँदा मारुनी, सोरठी, झाम्रे, कडुवालगायत नाच खुबै नाच्थे अहिले कहींकतै मात्र भेटिन्छन् पोसाक पनि परिवर्तन हुँदै गएको ‘पहिला चाडपर्वमा, धान भित्र्याउने, लाहुरे घर फर्किंदा पनि नाच्ने चलन थियो,’ उनले भने, ‘अहिले यस्ता नाच कमै देखिन्छ।’ गाउँकै ज्येष्ठ नागरिक रुद्रबहादुर सारुसँग पनि पुराना नाचको सुन्दर सम्झनाहरू छन्

अचेल मेला, पर्व र उत्सवमा बाध्यकारी भए मात्र यस्ता नाच देख्न पाइने भएको छ ‘कतिपय युवा पुस्तालाई यी नाचबारे जानकारीसमेत छैन,’ उनले भने

 

मगर समुदायको हराउँदै गएको कला र संस्कृतिबारे हालै यहाँ बहस चल्यो नेपाल मगर संघ पाल्पा साहित्य समाजले गरेको ‘मगरको कला संस्कृति’ विषयक छलफलमा धेरैले पुरानो संस्कृति हराएको प्रति चिन्ता जनाए ‘मगर समुदायले जोगाएको नेपाली संस्कृति अहिले देशकै सम्पत्ति बनेको छ,’ मगर संस्कृतिका ज्ञाता एवं अध्येता डा. कुसुमाखर न्यौपानेले भने, ‘पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीत अध्ययन गर्ने विषय बनेको छ त्यसमा पनि मगरको कला संस्कृति नै पहिलो रोजाइ हुन्छ।’ मगरको घाँटो नाच, सालैजो, सोरठीजस्ता लोकसंगीत तथा लोक नाच निकै शक्तिशाली रहेको उनले बताए बागलुङका मगरले बचाएको गोपीचन लोकनाटक संसारकै उदाहरणीय रहेको समेत उनको दाबी उति बेलाका मगरहरूले नपढेका भए पनि नेपाली संस्कृतिको रक्षा यथार्थताको प्रतीक लोकगाथामा उतारेको उनको बुझाइ

 

मैले त पीएचडी मात्रै गरेको हुँ, खासमा त्यो भोगाइ र अनुभवले खारिएका मगर समुदायको अनुभवको हो,’ उनले भने, ‘गोपीचन लोकनाटक मगरकै कला र संस्कृतिको बेजोड प्रस्तुति हुन आउँछ।’ गोपीचनको विषयमा सोधखोज गर्दा अमेरिकाबाट उनले सम्मानसमेत पाए गोपीचनमा त्यसबेलामा राजा प्रजाबीचको सम्बन्धलाई समेटेको छ यो लोकगाथा अहिले नेपालका स्नातक स्नातकोत्तर तहका विद्यार्थीले पढ्नुपर्ने विषय बनेको ‘त्यसैले मैले भन्ने गरेको छु, मगरले बचाएको संस्कृति नेपालकै संस्कृति हो,’ उनले भने उनका अनुसार संगीतमा मगर शैली, बाजा, नाचहरू निकै फरक हुन्छन् मगर समुदायकै अध्येता डा. मुकुन्द शर्माले सांस्कृतिक हिसाबले अहिलेसम्म मगरहरूको खोजबिन नभएकोमा चिन्ता व्यक्त गरे मगरको सांस्कृतिक अध्ययन हुनु जरुरी ,’ उनले भने, ‘मेरो अध्ययनमा मगर नेपालमा सुरुदेखि नै बसोबास गर्ने जाति हुन्।’ चालचलन, भाषा, संस्कृति र रहनसहन मगरको अलग्गै छ अब मगरको कला संस्कृतिको इतिहास खोज्नुपर्ने बेला आएको उनले बताए

 

विदेशी लेखकहरूले अहिलेका ठकुरी पनि मगर रहेको प्रमाण पेस गरेको उनले सुनाए ‘छुट्टै ठाउँ पाएपछि राजा शाह भएको उनीहरू पछि ठकुरी बनेका हुन्,’ उनले भने मगरहरूको घाँटो नाचबाटै पछि गुरुङहरूले सिको गरेर घाँटु नामकरण गरिदिएको उनको दाबी छ इतिहासकार निर्मल श्रेष्ठले मगर भाषा, कला, संस्कृति र इतिहासको रक्षा गर्न जरुरी रहेको बताए ‘यसमा पहिला मगर समुदाय नै अघि सर्नुपर्ने हुन्छ,’ उनले भने, ‘आन्तरिक र बाह्य पर्यटक लोभ्याउन पनि मगर कला र संस्कृतिको रक्षा गर्नुपर्छ भन्ने बुझाउन सक्नुपर्छ।’

 

पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मीले मगर समुदाय कला, संस्कृतिमा धनी भए पनि यसलाई विस्तारै छाड्दै गएकामा चिन्ता व्यक्त गरे नेपाल मगर संघका जिल्ला अध्यक्ष तेजबहादुर घर्तीमगरले मगर कला संस्कृतिको धनी भईकन यसलाई जगेर्ना गर्नेतर्फ सबैको ध्यान नपुगेको बताए अगुवा मगर महिला प्रतीक्षा सिञ्जालीले महोत्सव, मेला, दिवसमा कला र संस्कृतिको कुरा गर्ने तर अन्य समयमा बिर्सिने बानीले पनि जगेर्ना हुन नसकेको बताइन्

पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंहले आफ्नै जातिबाट नै संरक्षणको पहल हुनुपर्नेमा जोड दिए राष्ट्रिय जनगणनाअनुसार पाल्पामा मगर समुदायको जनसंख्या ५२.२९ प्रतिशत जिल्लाको कुल जनसंख्या लाख ३६ हजार सय ८८ रहेको प्रकाशित : कान्तिपुर, फाल्गुन २५, २०७६ १०:२५

 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...