Thursday, March 12, 2020

ह्योल्मो गुम्बामा मणि दुङ्ग्युर


ह्योल्मो गुम्बामा मणि दुङ्ग्युर
मानिसले शरीरबाट, वचनबाट र विचारबाट गरी तीन प्रकारको पाप गरिरहेका हुन्छन् यी सबैबाट उन्मुक्तिका लागि जपको संस्कृति निर्माण भएको हो।’
कार्तिक १२, २०७५सुनीता साखकर्मी
काठमाडौँ — कोही म्हाने घुमाउँदै थिए त कोही बोधिचित्त मालाका १०८ दानामा औंला खेलाउँदै । सबैले एकै स्वरमा मन्त्र जप्दै थिए– ओम मणि पद्मे हुँ 
राजधानीको तीनचुलेस्थित ह्योल्मो गुम्बामा एक सातादेखि यो क्रम जारी छ भित्र बाहिर सयौं वृद्धवृद्धा भर्खरका मानिसहरू देखिन्छन्, जो एउटै लयमा लोकेश्वरको मन्त्र जप्दै छन् सबैको एउटै ध्येय छ– ब्रम्हाण्डमा रहेका सम्पूर्ण प्राणीहरूको कल्याण तथा विश्वशान्ति
हरेक वर्ष उनीहरू यो जप गर्छन् बज्रयानी बौद्ध सम्प्रदायमा यसलाई मणि दुङ्ग्युर भनिन्छ ह्योल्मो गायिका तथा अभिनेत्री डोमा लामाका अनुसार मणि दुङ्ग्युर भनेको दस करोड पटक मन्त्र जप गर्नु हो उनी पनि बोधिचित्त माला जप्दै पंक्तिबद्ध थिइन् यो धर्तीमा विविध कारणले मरेका प्राणीहरूको आत्मशान्तिका लागि हरेक वर्ष मणि दुङ्ग्युर गर्ने प्रचलन छ
डोमा जस्तै हातमा बोधिचित्त लिएर ७६ वर्षीय मिङ्मा याङ्जेन पनि मन्त्र जप गर्दै थिइन् ‘दिनको २० हजार मात्रै जप गर्न सक्छु,’ उनले भनिन्, ‘बूढी भएर होला, धेरै जप गर्न सक्दिनँ, निद्राले सताउन थाल्छ।’ सानैदेखि आमाबाबुले जप गर्दै गरेको देखे पनि उनले मन्त्र जप्न थालेको चाहिँ एक दशक मात्रै हुँदै छ
ह्योल्मो गुम्बाका प्रमुख लामा गोसेरका अनुसार ह्योल्मो समाज सेवा केन्द्रको मणि दुङ्ग्युर जप व्यवस्थापन उपसमितिले कात्तिक २ देखि तीनचुलेमा जप कार्यक्रम थालेको हो उनका अनुसार अहिलेको जन्ममा नराम्रो भए पनि अर्काे जन्ममा राम्रो होस् भनेर कामनासहित जप गर्ने परम्परा बौद्ध सम्प्रदायमा छ

यो ह्योल्मो गुम्बामा भने १० वर्षदेखि मणि दुङ्ग्युर सुरु भएको हो ‘झन्डै सात करोड जप भइसकेको , १० करोड नपुगेसम्म निरन्तर जप गरिन्छ,’ उनले भने, ‘दैनिक दुई/तीन सयदेखि पाँच सय जनासम्मले जप गर्छन्।’ यो मन्त्र जप गर्नेहरूले दिनभरि आफैंले गन्ती गर्छन् अनि साँझ फर्किने बेला गुम्बामा आफ्नो संख्या टिपाउने गर्छन् अनि सबैको जोडेर कति हुन्छ त्यही अनुसार १० करोड पुर्‍याउने गरिन्छ
अभिनेत्री डोमाका अनुसार यस्तो मन्त्र जप व्यक्तिगत नभई सामाजिक हितका लागि गरिन्छ विशेष गरी मुलुकमा प्राकृतिक प्रकोप लगायतका विपत्ति नआऊन् भनेर पनि यस्तो मन्त्र जप्ने गरिन्छ उनले भनिन्, ‘एक जनाको फाइदाको लागि होइन यो देशका सम्पूर्ण प्राणीजगत्लाई दु: नहोस्, शान्ति होस् भनेर जप गर्न बसेको हुँ।’

उनी फुर्सद भएको बेला यहाँ आएर जप्छिन्, नत्र घरमै बसेर पनि जप्न सकिन्छ ‘यो जपेर मात्रै हुन्न आफूले जपेको संख्या गुम्बामा ल्याएर लामाबाट सिद्ध गरेपछि मात्रै मान्य हुन्छ,’ उनले सुनाइन्, ‘अनि मात्रै यसले राम्रो गर्छ।’
एकै जनाले १० करोड पटक यो मन्त्र जप गर्न भने नौ वर्ष लाग्ने गुम्बाका पूर्वअध्यक्ष केसाङ लामाले बताए उनले नौ वर्ष लगाएर गुरु रिम्पोछेको मन्त्र ‘ओम : हुँ बज्रगुरु पेमा सिद्धि हुँ’ १० करोड पटक जप गरे यसले गर्दा नकारात्मक शक्ति विघ्नबाधाबाट उम्किने विश्वास गरिन्छ ‘यसको लागि धेरै धैर्य चाहिन्छ,’ उनले भने, ‘यो निकै ठूलो साधना पनि हो।’
गुम्बाका अध्यक्ष ढापा दोर्जे लामा ह्योल्मोका अनुसार मानिसले जानीनजानी गरेका नराम्रा कामहरूबाट उन्मुक्तिका लागि यो जप गर्ने गरिन्छ ‘मानिसले शरीरबाट, वचनबाट र विचारबाट गरी तीन प्रकारको पाप गरिरहेका हुन्छन्,’ उनले भने, ‘यी सबैबाट उन्मुक्तिका लागि जपको संस्कृति निर्माण भएको हो।’
तर जतिसुकै जप गरे पनि पाँच थरीका अधर्म भने नाश नहुने विश्वास बज्रयान बौद्ध सम्प्रदायमा रहेको उनले जनाए जन्म दिने बाबुआमाको हत्या, आमाबाबु सरहका मूल गुरुको हत्या, भगवानको मन्दिर, चैत्य, गुम्बाहरू भत्काएको, भगवानको स्वरूपको किनबेचका पाप भने माफ नै नहुने अधर्मभित्र पर्छन् ‘यी पाप पखाल्न जति करोड मन्त्र जप गरे पनि हुन्न,’ उनले भने
प्रकाशित : कार्तिक १२, २०७५ ०८:३१

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...